Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

अनुहार चाउरिए पनि ७५ वर्षीया दम्पती निरन्तर पर्यटकको सेवामा

सोलुखुम्बु। अनुहार चाउरिए पनि सोलुखुम्बुको लिखुपिके गाउँपालिका– १ की ७५ वर्षीया डोल्मा शेर्पा र श्रीमान् ६५ वर्षीय झङ्बु फूर्तिका साथ सखारै उठेर राति अबेरसम्म पर्यटकको सेवामा जुट्नुहुन्छ । आगन्तुकलाई खाना, नास्ता, चिया बनाएर खुवाउनु अनि गीतसङ्गितमा मौलिक बाजा बजाएर मनोरञ्जन दिनु उहाँहरुको दैनिकी बनेको छ ।

उहाँहरु समुद्र सतहबाट चार हजार मिटरको उचाइमा रहेको पर्यटकीय क्षेत्र पिके वेसक्याम्पमा विगत १० वर्षदेखि होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । पहिले बटुवाको पीडा देखेर पिके पिक होटल एण्ड लज शुरु गरिएको डोल्माले बताउनुभयो । व्यावसायिक हुँदै आएको सो पेशा र ज्यानले सकुञ्जेर नछाड्ने उहाँहरुको अठोट छ ।

झङ्वुले भन्नुभयो, ठूलो समूहले आफैँ कुक लिएर आउछन्, नभए हामी बुढाबुढीले नै बनाएर खुवाउँछौँ, अहिलेसम्म सकेका छौँ । छोरा नभएकाले होटल व्यवसायलाई नसक्ने भएपछि छोरीपट्टीका नातीलाई जिम्मा दिने सोच उहाँहरुको छ । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकासँगै जोडिएको र ओखल्ढुङ्गा आवतजावत गर्ने पर्यटकको आकर्षक गन्तव्य बन्न पुगेको छ पिके वेसक्याम्स । यहाँबाट आठ हजारमाथिका छ हिमाल देख्न सकिने भएकाले दृष्यावलोकनका लागि समूहगत रुपमा पर्यटक पुग्छन् ।

“शुरुमा होटल खोल्दा केही थिएन, फाट्टफट्ट बटुवा हुन्थे, अहिले बाहिरभित्रका पर्यटक पनि पदयात्रामा आउने गरेका छन्, त्यही हो वर्षमा रु एक, दुई लाख कमाइ हुन्छ,” झङ्बुले भन्नुभयो । यहाँ पर्यटक आउन थालेको तीन वर्षभएको उहाँले बताउनुभयो । “हिमाल देखेपछि त्यसै खुशी, मौसम बिग्रियो भने मन दुखाउँदै जान्छन्,” उहाँले पर्यटकको अनुभव सुनाउनुभयो । यहाँ सादाखाना विदेशीलाई रु ४०० र नेपालीलाई रु २०० छ । सुतेको एक विदेशीलार्ई रु २०० र नेपालीलाई रु १०० छ । कोठा नै दिँदा एक्लै आएका पर्यटकलाई घाटा लाग्ने भएकाले व्यक्ति हिसाब गरेर पैसा लिने गरिएको छ ।

होटलको पाँच कोठामा दैनिक १८ जना सुत्न सक्छन् । तिब्बतीयन रोटी, पान केक, चिया, लोकल मदिरा, छ्याङ, दालभात र ढिँडो यहाँको विशेषता हो । मुख्यगरी यहाँ बेलाबेलामा हिउँ पर्ने, जाडो बढी हुने भएकाले पिठो भूटेर बनाइएको चिया र नून चिया हरेक पर्यटकले मन पराउँछन् । आलु, मैदा, तरकारी, मासु मिसाएर बनाइने शेर्पाको मौलिक खाना स्याक्पासमेत पर्यटकको रोजाइँमा पर्छ ।

झोङ्बुले शुरुमा चौरीपालन गर्नुभएको थियो । तर पानी, हिउँ पर्दा बाहिर हिँड्नुपर्ने दुःख सम्झेर होटल व्यवसाय थालेको बताउनुभयो । लाली गुराँसका लागि प्रख्यात सो क्षेत्र, पिके डाँडासहित शेर्पा र बुद्धिष्ट संस्कृतिमा पर्यटक रमाउन सक्छन् । ओखलढुङ्गाका ट्रेकिङ गाइड तेण्डु शेर्पा छोटो पदयात्राको अवधिमा राम्रो भ्यू९दृष्य० देख्न सकिने अर्गानिक पर्यटकक्षेत्र भएको बताउनुहुन्छ ।

अर्का गाइड छेपाल शेर्पाले पिके देम्बा ट्रेल बनेकाले पर्यटकसहज रुपमा पुग्नसक्ने भएका जानकारी दिनुभयो । तामाङ सेलो, शेर्वु नाच, सेप्रो नाच तथा जनजातीको संस्कृति हेर्नका लागि यहाँ पर्यटक पुग्छन् । झङबुले पाहुनालाई शेर्पाको मौलिक बाजा टुङ्ना बजाएर हरेक साँझ सङिगतमय पार्नुहुन्छ । चाउरिएको अनुहारमा १६ वर्षे जोश निकालेर टुङ्नाको धुनमा गीत सुन्न पाउँदा थकान मेटिने आन्तरिक पर्यटक रिक्की कर्माचार्यले बताउनुभयो । ललितपुरबाट जानुभएका सुमिध शाक्यले यहाँबाट देखिने सुन्दरतासँगै बुढाबुढीको स्वागतसत्कार तथा टुङ्नाको तालमा झुम्नुको आनन्दनै बेग्ले रहेको अनुभव सुनाउनुभयो ।

गतवर्ष मात्रै सरकारको आकर्षक पर्यटकीय गन्तव्य सूचीमा परेकाले पिके डाँडाको पर्यटन प्रवद्र्धन अभियान थालिएको ओखलढुङ्गा पर्यटन विकास समितिका अध्यक्ष ङिवाङ्ङिमा शेर्पाले बताउनुभयो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending