भक्तपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान सुरक्षा चुनौती र भविष्यमा समेत उत्पन्न हुन सक्ने विविध सुरक्षा खतराको सामना गर्न नेपाली सेना सक्षम भएको बताएका छन् ।
स्थानीय खरिपाटीस्थित नेपाली सेनाको सैनिक शिक्षालयमा आज भएको नेपाली सेनाका सिसं ५७ अधिकृत क्याडेट र सिसं ४७ पदिक हुद्दा क्याडेट तालीमको आयुक्त पद प्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले हाम्रो सेनालाई २१ आँै शताब्दीको आधुनिक सेनाका रुपमा विकास गर्दै लैजान जरुरी रहेकामा जोड दिए । उनले भने, “देश र जनताको सुरक्षा मामिलामा सम्भावित खतराको पूर्वानुमान गरी राष्ट्रिय चुनौतीको सही आँकलन गरेर जटिल सुरक्षा खतराबाट नेपाललाई सुरक्षित राख्न सक्ने नेतृत्व वर्गको आजको आवश्यकता छ ।”
प्रधानमन्त्री ओलीले नेपालको एकीकरण र नेपाली सेनासँगको सम्बन्ध अन्योन्याश्रित रहेको बताउँदै पृथ्वीनारायण शाहको नेतृत्वमा थालिएको र अनेकौँ नायकको नेतृत्वमा अघि बढाइएको राष्ट्रिय एकीकरण अभियानबाट नेपाली सेनाले खण्डित भूगोललाई एकीकृत गरी नेपाल निर्माण गरेको बताए ।
उनले राष्ट्रिय एकता र राष्ट्रिय हितको संरक्षण गर्ने कार्यमा नेपाली सेनाले विगतदेखि नै उल्लेखनीय कार्य गरेको स्पष्ट पार्दै भने, “नेपाली सेना सदैव संवैधानिक सरकारको मातहत र निर्देशनमा आफूलाई व्यावसायिक र मर्यादित सङ्गठनका रुपमा स्थापित गर्दै आएको छ । आफ्नो विशिष्ट साङ्गठनिक क्षमताका आधारमा देशभित्र विपद् व्यवस्थापन, राष्ट्र निर्माणका कार्य, नागरिक सैनिक सम्बन्ध विस्तार र राष्ट्रिय सङ्कटमा नेपाली जनताप्रति बफादार रही नेपाली सेनाले काम गर्दै आएको छ ।”
उनले नेपाली सेनाको सहायक सेनानी दर्जामा नियुक्त भएका आयुक्तमा कमाण्डरका रुपमा नयाँ जिम्मेवारी थपिएको र आफ्नो जिम्मेवारी सदैव सजग, सतर्क र कर्तव्यनिष्ठ भएर निर्वाह गर्ने विश्वास लिइएको बताए । नेपाली सेनाले पनि शुरु गरेको प्रविधिमा आधुनिकीकरणतर्फको पहलकदमीले प्रविधिमैत्री वातावरण बन्नेमा आफू विश्वस्त रहेको उनले बताए ।
प्रधानमन्त्री ओलीले नेपाली सेनाका सिसं ५७ अधिकृत क्याडेटतर्फ नौ महिला र केन्या तथा माल्दिभ्सका दुई सहित ६६ एवं सिसं ४७ पदिक हुद्दा क्याडेटतर्फ ११ जना गरी कूल ७७ क्याडेट तालीमका आयुक्तलाई बधाई ज्ञापन गरे ।
तालीममा प्रथम हुने सञ्जोग कार्की, जुनियरतर्फ धनहरि राई, उत्कृष्ट महिलातर्फ सङ्गीता अधिकारी र विदेशीतर्फ माल्दिभ्सका हिसान एरिसलाई प्रधानमन्त्री ओलीले पुरस्कार प्रदान गर्नुभयो । अहिलेसम्म नेपालले विभिन्न राष्ट्रका १३ विदेशीलाई यो तालीम प्रदान गरेको छ । कार्यक्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालालगायत उच्चपदस्थ अधिकारी एवं सुरक्षा निकायका उच्च तहका व्यक्तित्वको सहभागिता थियो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: