Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

भारतमा लोकसभाको निर्वाचन शुरु, आठ करोड ४० लाख नयाँ मतदाता

नयाँदिल्ली । भारतमा लोकसभाका लागि पहिलो चरणको निर्वाचन बिहीबार शुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) का तर्फबाट उम्मेदवार छन्।

भारतीय निर्वाचन आयोगका अनुसार, यस पटकका चुनावमा करिब ९० करोड मतदाताले मतदान गर्दैछन् । चुनाव सात चरणमा हुनेछ ।

जनमत सर्वेक्षणहरुले ६८ वर्षीय प्रधानमन्त्री मोदीप्रति धेरै मानिसले विश्वास देखाएका छन् । तर यस पटक नेहरु–गान्धी परिवारको छायाँमा रहेको पुरानो दल इन्डियन नेसनल कङ्ग्रेसले कडा चुनौती दिने सम्भावना पनि देखिएको छ ।

चुनावमा सम्भावित हिंसालाई मध्यनजर राखी सुरक्षा बललाई उच्च सतर्क अवस्थामा राखिएको छ । यसै साता माओवादी प्रभावित क्षेत्रमा शंकास्पद माओवादी विद्रोहीहरुले स्थानीय विधायक सहित पाँच जनाको हत्या गरेका छन् ।

अनलाइन मिडिया र सामाजिक सञ्जालमा चुनावलाई प्रभावित तुल्याउने गरी गलत जानकारी, नक्कली समाचार, ट्रोल्स प्रवाह भइरहेका छन् । खासगरी फेसबुक र ह्वाट्सआपमा गलत सन्देश प्रवाह हुनेक्रम जारी छ । विश्वमै सस्तो इन्टरनेट सेवा र स्मार्टफोनका कारण गलत समाचार सन्देश प्रवाह गर्न सहज भएको ठानिएको छ ।

भारतभर हजारौं दल र उम्मेदवार चुनावी मैदानमा छन् । भारतीय लोकसभाका ५४३ स्थानका लागि चुनाव हुँदैछ । आगामी मे १९ तारिखसम्म जारी रहने सात चरणको चुनावको अन्तिम नतिजा मे २३ मा सार्वजनिक हुनेछ ।

करिब एक अर्ब ३० करोड जनसंख्या रहेको भारतीय चुनावका लागि ११ लाख विद्युतीय मतदान मेसिनको व्यवस्था गरिएको छ ।

बिहीबारको पहिलो चरणको चुनावमा करिब १४ करोड २० लाखले मतदान गर्नेछन् । पहिलो चरणमा चीनसँग सीमा जोडिएको अरुणाचल प्रदेशदेखि असाम, उत्तर प्रदेश, जम्मु र काश्मिर तथा तेलाङ्गाना समेतका २२ राज्यका ९० स्थानका लागि चुनाव हुँदैछ ।

यस पटकको चुनावमा आठ करोड ४० लाख नयाँ मतदाता थपिएका छन् ।

प्रधानमन्त्री मोदीले बिहीबार बिहानै ट्वीट गरी मतदानमा सहभागी हुन आग्रह गरेका छन् । मोदी र उनको भारतीय जनता पार्टी (भाजपा)ले सन् २०१४ को चुनावमा भारी मतका साथ विजयी भएको थियो । भारतमा ३० वर्ष यता पहिलोपटक सन् २०१४ मा एउटै पार्टी भाजपालाई बहुमत प्राप्त भएको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies