Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

चीन, भारत,कोरिया र माल्दिभ्सको संसदीय टोलीसँग सभामुखकाे शिष्टाचार भेट

दोहा । सभामुख कृष्णबहादुर महराले चीन, भारत, गणतन्त्र कोरिया र माल्दिभ्सको संसदीय टोलीसँग शिष्टाचार भेट गरेका छन् ।

अन्तर व्यवस्थापिका संघ (आइपियू)को १४० औं सभामा सहभागी हुन कतार आएका संसदीय प्रतिनिधि मण्डलसँग सभामुख महराले सभामुख महराले सोमबार र मंगलबार दोहास्थित होटल सेराटनमा छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेको हो ।

भेटवार्ताका क्रममा आ–आफ्नो देशको संसदीय अभ्यास, परम्परा र अनुभव एक अर्काबीच आदान प्रदान गरिएको थियो । साथै लोकतन्त्र, विश्व शान्ति र मानवअधिकारका लागि संसदको भूमिका कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल गरिएको थियो ।छुट्टाछुट्टै भएको भेटका क्रममा सभामुख महराले संसदीय प्रतिनिधिका नेतालाई नेपालको तर्फबाट गठन गरिएको संसदीय मैत्री संघको नामावली हस्तान्तरण गरेका थिए ।

सो अवसरमा गणतन्त्र कोरियाको प्रतिनिधि मण्डलका नेता चुन जुङ बाइले कोरिया–नेपाल संसदीय मैत्री गठन गरिसकेको जानकारी गराउँदै छिट्टै मैत्री संघका सदस्यहरुको नाम पठाउने बताए ।सो अवसरमा चीन र माल्दिभ्सको प्रतिनिधि मण्डलले छिट्टै संसदीय मैत्री संघ गर्ने तथा भारतले चुनावपछि गठन गर्ने जानकारी गराएको थियो ।

दुई पक्षीय शिष्टाचार भेटमा चीनको तर्फबाट राष्ट्रिय जनकंग्रेसका उपाध्यक्ष शेन यूयू नेतृत्वको टोली रहेको थियो भने भारतको तर्फबाट भारतीय संसदको माथिल्लो सदन राज्यसभाका उपसभापति हरिबंश सिंह नेतृत्वको टोली आएको थियो ।

त्यस्तै, गणतन्त्र कोरियाको प्रतिनिधि मण्डलको तर्फबाट राष्ट्रिय सभाका सदस्य चुन जुङ बाइ नेतृत्वको टोली र माल्दिभ्सको संसदीय प्रतिनिधि मण्डलको तर्फबाट सांसद तथा पूर्वमन्त्री अब्दुल बारी अब्दुल्लाको टोलीसँग भेटवार्ता गरिएको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending