वीरगञ्ज । निर्धन उत्थान लघुवित संस्था कलैयाबाट रु दुई लाख ऋण लिएर छोरीको विवाह गर्ने सपना बोकेका कलैया उपमहानगरपालिका–१३ बलीरामपुरका वीरबहादुर कानुको चैत १७ गते आएको हावाहुरीबाट त्यो सपना चकनाचुर भयो ।
कानुले लिएको ऋणबाट छोरीलाई बेहुली बनाउन डेढ तोला सुनको टीका, नाकको फुली, नथियाजस्ता गहना बनाएर राखेको घर हावाहुरीसँगै भत्किँदा उनको त्यो सपना त्यही भग्नावशेषमा पुरिन गयो । भत्किएको त्यो भग्नावशेषमा उनले माटो हटाएर छोरीको खुशी खोजिरहेको भए पनि अझसम्म त्यो खुशी भेटिन नसकेको भए पनि उनको आश भने जिउँदै छ ।
यस्तै पीडा भोगिरहेकी छिन्– ४५ वर्षीया रोजिना खातुनले । खातुनको पीडा पनि वीरबहादुरको भन्दा कम छैन । छोरी सबनमको टीकाटालोको तयारीमा जुटेकी खातुनको त्यो सपना पनि हावाहुरीसँगै उडेर गएको छ । बाराकै कलैया मधवनबाट बिहीबार केटा पक्ष आउने तय भएको थियो । सो टीकाटालो कार्यक्रममा आफन्त आउने क्रम जारी थियो । रोजिनाको खुशीको सीमा थिएन । तर एक्कासी आएको भीषण हावाहुरीले घर ढल्दा सबनम र उनकी बहिनी रुवीको त्यही ढलेको घरभित्र किचिएर ज्यान गएपछि रोजिनाको त्यो सपना पनि उडाएर लगेको छ ।
फेटा गाउँपालिकाको पुरैनियाका इजहार मियाँ आफ्ना सात जना परिवारसँग हाँसीखुशी जीवन गुजारा गर्दै आएका थिए । तर आइतबार साझ आएको दानवीय हावाहुरीले इजहार परिवारका चार जनालाई निल्न पुग्यो । हावाहुरी आएको बेला सातै जना घरमा सुरक्षित बसेका थिए । त्यही बेला अचानक घर भत्किँदा श्रीमती मीना खातुन, बुहारी सकिया, नातीहरु रुकसाल र समसारलाई सदाको लागि लिएर गएपछि अहिले इजहार शून्यमा टोलाइरहेका हुन्छन् ।
ठूलो आवाज र गर्जनसहित आएको सो दुई चक्रवात आफ्नो घर अगाडि एकापसमा जुधे । त्यसको अगाडि जे प¥यो त्यसलाई विनाश गर्दै अगाडि बढ्यो त्यो चक्रवात फेटा गाउँपालिका–६ पुरैनियाका लैस मियाँले त्यो साँझको विनाशलीला सम्झँदै भने– त्यो चक्रवातमा आगोजस्तो देखिने उल्का जस्तो थियो– ३०० मिटर जति चौडाइको चक्रवात घुम्ने क्रममा भलुही, भरवलीयामा दोहोरिएर आएपछि यसले ठूलो विनाश गरेर गयो ।
यो भयङ्कर चक्रवातले पर्सा, बारा जिल्लाको खुटवा, जव्दी, भलुही, पुरैनिया, धर्मनगर, फुलवरिया, हर्दिया, तेलगाई, परशुरामपुर, धर्मपुरलगायतका ठाउँमा व्यापक धनजनको क्षति गरेको छ ।
राहत वितरण
यसैगरी अर्चना बाबाधाम काठमाडौँले हावाहुरीजस्ता प्राकृतिक प्रकोपबाट प्रभावित बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं १ र ४ को वुनियाद तथा चैनपुरका २११ पीडित घरधुरीलाई करीब रु पाँच लाख मूल्य बराबरको राहत सामग्री वितरण गरेको छ ।
आदि जगत्गुरु ओमबाबाको नेतृत्वमा आएको राहत वितरण टोलीले सोमबार अबेर रातिसम्म हावाहुरी प्रभावित २११ परिवारलाई चामल, नुन, दाललगायतका खाद्य सामग्री वितरण गरेको छ ।
सो राहत वितरण कार्यमा वडाध्यक्ष मिश्रीलाल महतोलगायतका समाजसेवीले सहयोग गरेका थिए । जिल्ला प्रशासन कार्यालय बाराले राहत वितरण कार्यमा एकद्वार प्रणाली लागू गरेपछि अहिले व्यवस्थित रूपमा राहत वितरण भइरहेको जनप्रतिनिधिले बताएका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: