लमही । दाङको नाका क्षेत्रका प्रहरी चौकीमा भारतीय फोन नम्बरको प्रयोग भइरहेको छ ।
नेपालका कुनै पनि सीमको टावरले काम नगर्ने भएपछि दाङको नाका क्षेत्रका प्रहरी चौकीले भारतीय फोन नम्बर प्रयोग गरिरहेका हुन् । नाका क्षेत्रका हरेक गतिविधि भएमा भारतीय फोन नम्बरबाट जिल्ला प्रहरीलाई जानकारी दिने गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । “अझै पनि नाकामा नेपाली फोनले काम गर्दैन्, त्यसैले भारतीय नम्बर प्रयोग गर्नुपर्ने वाध्यता छ”, उनले भने, “यताबाट सम्पर्क गर्न खोज्दा भारतीय नम्बरमा फोन गर्नुपर्छ, त्यो पनि आवश्यक परेको बेला फोन लाग्दैन् ।”
पाण्डेका अनुसार प्रहरी चौकीका केही गतिविधि जिल्लामा जानकारी गराउनुपर्दा पनि भारतीय नम्बर वा एकघण्टा माथि डाँडामा पुगेर फोन गर्ने वाध्यता छ । “नेपाली सीमकार्ड मात्रै होइन्, प्रहरीले प्रयोग गर्ने सेटले पनि काम गर्दैन्”–उनले भने, “त्यसैले उताबाट केही जानकारी दिनुपरेमा एक÷डेढ घण्टा हिँडेर डाँडामै पुग्नुपर्छ, कि त भारतीय फोनबाट फोन गर्नुपर्छ ।”
जिल्लाबाट खबर गर्नुपर्दा भने समस्या हुने गरेको उनको भनाइ छ । अहिले सीमा प्रहरी चौकी खङ्ग्रा, भैसाही, कोइलाबास र अतिरिक्त प्रहरी पोष्ट सिरियानाका, डगमारा नाका र मुसिनाकाले भारतीय फोन नम्बर प्रयोग गर्दै आएको प्रहरी उपरीक्षक पाण्डेले बताए ।
भारतीय नम्बरले पनि राम्रोसँग काम नगर्दा अहिले त्यहाँका विभिन्न घटना टिपाउन ढिलाइ हुने गरेको उनले बताए । केही दिनअघि मात्रै नाकामा आगलागी भएको घटना पनि जिल्लामा ढिला गरि मात्रै सूचना आएको स्मरण गर्दै उहाँले फोनको अभावमा नाकामा भएका धेरै घटनाहरु ढिलामात्र जिल्लामा रिपोर्टिङ हुने गरेको छ ।
अर्कोतर्फ स्थानीयलाई पनि प्रहरीमा सम्पर्क गर्न कठिनाइ भएको छ । स्थानीयवासी अमृत खड्काले भने, “प्रहरीलाई आवश्यक परेको बेला फोन गर्दा लाग्दैन्, लागे पनि आवाज राम्रोसँग सुनिदैन ।” फोन सेवा प्रभावकारी नहुँदा प्रहरी र नागरिकबीचको दूरी बढेको उहाँले बताउनुभयो । त्यहाँका नागरिकले प्रहरीलाई फोन गर्नुपरेमा भारत जानुपर्ने बाध्यता रहेको स्थानीयवासी खड्काले बताए।
“नाका क्षेत्रमा गर्मीको समयमा बढी आगलागीका र वर्षाद्मा पहिरोको जोखिम हुन्छ”–उनले भने, “त्यस्तो समयमा फोन गर्न खोज्दा समयमा फोन लाग्दैन्, त्यसले झनै समस्या थपेको छ ।” सुरक्षा दिने निकायमा सञ्चार आदान–प्रदानको समस्या हुँदा नागरिकले सुरक्षाको अनुभूति गर्न नपाएको उनको भनाइ छ ।
नेपाल टेलिकम दूरसञ्चार कार्यालय तुलसीपुरले दाङको नाका क्षेत्रमा नेपाल टेलिकमको टावर निर्माणका लागि सर्वे भइरहेको जानकारी दिए । चालू आर्थिक वर्षमा दाङमा नौ वटा टेलिकमको टावर निर्माण भइरहेको भन्दै ती टावरले दाङका धेरै क्षेत्रलाई ओगट्नेसमेत उनले बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: