गलेश्वर । यही चैत १७ गते साँझको हावाहुरीबाट सबैभन्दा बढी प्रभावित भएको बाराको फेटा गाउँपालिका–१ भलुहिभर्वोलियमा छ दिनसम्म निरन्तर रूपमा उद्धार र राहत कार्यमा खटेर शनिबार अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेल फर्किएका छन् ।
विपत्ति र विनाशविरुद्ध लड्न नै जन्मिएका हुन् कि जस्तो लाग्ने म्याग्दीका युवा पौडेल विसं २०७२ को विनाशकारी महाभूकम्पदेखि देशका विभिन्न जिल्लामा भएका प्राकृतिक प्रकोप र विपत्तिका बेला सम्बन्धित ठाउँमा नै पुगेर उद्धारकार्यमा जुट्ने गरेका छन् ।
स्वयंसेवीका रुपमा स्वतःस्फूर्त विपत्ति परेको ठाउँमा पुग्ने २५ वर्षीय पौडेल आफ्नो व्यक्तिगत सुखसयललाई समेत छाडेर अरुको पीडामा मल्हम लगाउने कार्यमा निरन्तर जुटिरहेका छन् । भूकम्प गएको पर्सिपल्ट गोरखाको आरुघाट पुगेर उद्धार र राहत वितरणमा जुटेका पौडेल त्यसपछि निरन्तर रुपमा ३० भन्दा बढी ठाउँमा पुगेर स्वयंसेवी कार्य गर्दै आएका छन् ।
पछिल्लो समय हावाहुरीबाट आक्रान्त भएको भलुहिभर्वोलियमा पौडेलको नेतृत्वमा १५ विद्यार्थी सम्मिलित एक समूहले छ दिनसम्म लगातार पीडितको उद्धार, राहत र अन्य व्यस्थापकीय काम गरेर फर्किएको छ ।
\'पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ
आँधी आए तराईमा पहाडले छेक्नुपर्छ ।
हैन भने देशभक्ति छैन हाम्रो छातीभित्र
माटोलाई चोट लाग्दा मुटुहरु दुख्नुपर्छ ।\'
गीतकार दिनेश अधिकारीको शब्द र गायक स्वरुपराज आचार्यको स्वरमा रहेको यो गीतले भने जस्तै तराईमा आएको हावाहुरीबाट प्रताडित भएका पीडितहरुको उद्धार र राहतका लागि पहाडबाट गएका एक युवाको नेतृत्वमा प्रशस्तै मानवीय, व्यवस्थापकीय र आर्थिक सहयोगका काम भएका फेटा–१ वडाध्यक्ष जयप्रकाश दासले बताए ।
हावाहुरी प्रभावित बालबालिकालाई राहत सामग्री बाँड्नुका साथै थोरै मात्रामा भए पनि प्रभावित क्षेत्रका बालबालिकामा परेको त्रास कम गर्न र उनीहरुलाई पुरानै अवस्थामा फर्काउन शैक्षिक लगायत खेलकूद सामग्री वितरण गरेको पौडेलले जानकारी दिए । पीडितका लागि शौचालय, टेन्ट निर्माण गर्नुका साथै खाली खुट्टा भएका बालबालिकालाई चप्पल र नाङ्गो आङ भएकालाई आफूले सक्दो पैसा खर्च गरेरै भए पनि कपडा किनिदिएको उनले बताए ।
पौडेलले म्याग्दीमा जुटाएको करीब रु १ लाखको राहत सामग्रीसमेत वितरण गरेका छन् । छ दिनसम्म श्रमदान गरेर शौचालय र टहरा निर्माण गरिदिएपछि पौडेलको टोली शनिबार फेटाबाट फर्किएको हो । नेपाली सेनासँग सहकार्य गरेर पौडेल नेतृत्वको टोलीले फोहर व्यवस्थापन, महामारी फैलिन नदिने उपायलगायतका अन्य धेरै जनचेतनामूलक काम पनि गरेको थियो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: