Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

जनयुद्ध शब्द राखेपछि प्रतिवेदन छाप्न ओली अनिच्छुक, नेपाल समानान्तर कमिटि बनाउने तयारीमा

काठमाडौं । नेकपाको राजनीतिक प्रतिवेदनमा ‘जनयुद्ध’ शब्द परेपछि नेकपाका अध्यक्ष केपी शर्मा ओली पार्टीको प्रतिवेनदन प्रकाशित गर्न अनिच्छुक देखिएका छन् ।

स्रोतका अनुसार नेकपाको सचिवालय र स्थायी समितिले पारित गरेको प्रतिवेदनमा एकता अघिको नेकपा माओवादीले गरेको १० वर्ष लामो जनयुद्दबारे चर्चा गरिएको छ । प्रतिवेदनमा ‘२००७ सालदेखिका विभिन्न सशस्त्र र शान्तिपूर्ण संघर्ष, झापा विद्रोह, माओवादी जनयुद्ध, उत्पीडित समुदायले चलाएका विभिन्न आन्दोलनले सामन्तवादविरोधी पुँजीवादी जनवादी क्रान्ति अर्थात् लोकतान्त्रिक क्रान्तिलाई मूलतः कम्युनिस्ट तथा वामपन्थी शक्तिहरुको नेतृत्वमा पूर्णता दिने वस्तुगत र आत्मगत आधार तयार गयो।’ भनिएको छ ।

नेकपाका नेताहरु माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले लेखेको प्रतिवेदन पारित भएपनि आफुसँगै राखेका ओलीले प्रकाशन गर्ने कुरामा आनाकानी गरिरहेका छन् ।

यतिमात्रै होइन ओलीले आफ्नो मन्तव्यमा आजसम्म जनयुद्ध शब्दको उच्चारणमात्रै होइन त्यो आन्दोलनको योगदानबारे समेत बोलेका छैनन् । उनले मौखिकरुपमा भनेको कुरा उदृत गर्दै सुखानी घटनाको सन्दर्भमा एक अनाइनमा प्रकाशित आलेखमा उनले हालको पार्टीको बिचार ‘जनताको बहुदलिय जनवाद’ हो समेत भनेका छन् । जवकी नेकपाको केन्द्रिय समिति तथा पारित राजनीतिक प्रतिवेदनमा तात्कालिन एमालेले मान्दै आएको ‘जनताको बहुदलिय जनवाद’ र माओवादीले मान्दै आएको ‘२१ औं शताव्दीमा जनवादको विकासबारे’ दस्तावेजका राम्रा कुराहरुलाई समेटेर ‘जनताको जनवाद’ सिदान्त हुने भनिएको छ ।

सचिवलाय बैठकले प्रकाशित गर्ने निर्णय समेत गरिसकेको प्रतिवेदन ओलीले अड्काईरहेको र उनि अनिच्छुक रहेको चर्चा नेकपाभित्र चल्ने गरेको छ ।

जनयुद्दबारे के छ प्रतिवेदनमा ?

२००७ सालदेखिका विभिन्न सशस्त्र र शान्तिपूर्ण संघर्ष, झापा विद्रोह, माओवादी जनयुद्ध, उत्पीडित समुदायले चलाएका विभिन्न आन्दोलनले सामन्तवादविरोधी पुँजीवादी जनवादी क्रान्ति अर्थात् लोकतान्त्रिक क्रान्तिलाई मूलतः कम्युनिस्ट तथा वामपन्थी शक्तिहरुको नेतृत्वमा पूर्णता दिने वस्तुगत र आत्मगत आधार तयार ग¥यो।

एकातिर नेकपा ९एमाले० को नेतृत्वमा सञ्चालित शान्तिपूर्ण र वैधानिक संघर्षले कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्यो भने अर्कोतिर तत्कालिन नेकपा (माओवादी)को नेतृत्वमा सञ्चालित जनयुद्धले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र विभिन्न सांस्कृतिक समुदायका जनतामा राजनीतिक चेतना र जागरण ल्याउन तथा संगठित र आन्दोलित गर्न महत्वपूर्ण भूमिका खेल्यो।

यसरी प्रतिक्रियावादी सामन्ती राज्यव्यवस्थालाई कमजोर पार्दै, लोकतन्त्रको स्थापना र पूँजीको विकास गर्दै, समाजवाद तर्फ उन्मुख हुने अवस्था सिर्जना गर्नुका साथै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको आधार तयार भयो। शान्तिपूर्ण जनआन्दोलनमा रहेका नेकपा (एमाले) लगायतका सात राजनीतिक दल र जनयुद्धको नेतृत्व गरिरहेको तत्कालीन नेकपा (माओवादी) का बीचमा भएको १२ बुँदे समझदारीको आधारमा आ–आफ्नो ठाउँबाट दुवै शक्तिबाट सञ्चालित जनआन्दोलनले २००७ साल यताका सबै संघर्षको सञ्चित असरका रुपमा सामन्ती निरंकुश राजतन्त्रको अन्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न निर्णायक भूमिका खेल्यो।

यसप्रकार नेपाली पूँजीवादी जनवादी क्रान्ति प्रक्रिया र सारतत्व दुवै हिसाबले मौलिक रहेको छ। संसदीय र गैरसंसदीय संघर्ष, माओवादी जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, शान्तिप्रक्रिया, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको मौलिक एवं विशिष्ट प्रक्रियाबाट नेपाली पुँजीवादी जनवादी क्रान्ति आधारभूत रुपले सम्पन्न भएको छ।

नेपाल समानान्तर कमिटि बनाउने तयारीमा
यसैगरी नेकपाभित्र विगतका २ दलबिच जिल्ला समितिहरुबिचको भागवण्डा मिलेपनि ओली र वरिष्ठ नेता माधव नेपाल समुहबिच बाँडफाँड मिलेको छैन ।

निश्चित मापदण्डको आधारमा मात्रै नेतृत्व सिफारिश गनुपर्ने अडान राख्दै आएको नेपाल पक्षका लागी जम्मा २ जिल्ला (सिन्धुपाल्चोक र दोलखा)को मात्रै नेतृत्व दिने भनेर ओली पक्षले भनेपछिट उनले समानान्तर कमिटिको तयारी थालेको स्रोत बताउँछ ।

नेपाल समुह यसअघि जो जहाँ थियो उही पदमा नेतृत्व टुग्याउँनुपर्ने पक्षमा छ । नेपाल पक्षका एक नेताले खबरडबलीसँग भने, –‘यसअघि जो जुन जिम्मेवारीमा छ उसैलाई जिम्मा दिउँ, कमिटि वा पदाधिकारीमै नभएको मान्छेलाई जिल्लाको नेतृत्वमा ल्याउने ओलीको तयारी मान्न सकिन्न । अध्यक्ष ओली एकलौटी गर्ने पक्षमा गए हामी समानान्तर कमिटि बनाउँछौं ।’

उनका अनुसार यो विषयमा अर्का अध्यक्ष प्रचण्ड मिलाउनुपर्ने पक्षमा भएपनि पछिल्लो समय मौन रहेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE