काठमाडौं, २३ चैत । बारा र पर्सान आएको विनासकारी हावाहुरी पीडित परिवारलाई कलाकार तथा विदेशमा बेचिएका चेलिबेटी उद्धारकर्ताहरूले राहत वितरण गरेका छन् । गत चैत १७ गते राति आएको विनाशकारी हावाहुरीबाट प्रभावित भएका घर परिवारलाई विदेशी भूमिलाई कर्मभूमि बनाएका नेपाली कलाकारहरुले सहयोग स्वरुप रहात रकम वितरण गरेका हुन् । ललितपुर इमाडोल घर भई हङकङ्मा बस्दै आएका समाजसेवी व्यक्तित्व उमा राईको नेतृत्व र पहलमा त्यहाँ रहेका नेपालीहरुले रु. १ लाख ४६ हजार ५ सय ४५ रकम सहयोग गरेका छन् ।
यस्तै दोलखा घर भई हाल अमेरिका बोस्टनमा कर्मथलो बनाएका समाजसेवी कृष्ण महतको नेतृत्व तथा सक्रिय पहलमा १ लाख ११ हजार ८ सय २६ र बेल्जियम बस्दै आएका अर्जुन तिवारी दाम्पतीको तर्फबाट ३५ हजार गरी २ लाख ९३ हजार बराबरको रहात सहयोग गरेका पैदान भएको छ । सामाजिक अभियन्ताको व्यानर बनाइ दैविक प्रकोप आँधीहुरी बिपतमा परेका तराईका दुई जिल्ला बारा र पर्सामा विदेशमा बेचिएका चेलीहरुको उद्धारकर्ता, समाजसेवी तथा कलाकारहरुसहित पूर्व पर्यटन राज्यमन्त्रि तथा हाल प्रदेश २ सभा सदस्य ज्वाला कुमारी शाहाको उपस्थितिमा साढ़े ३ लाख बराबरको राहात वितरण गरिएको गायक नवीन खड़काले बताए ।
विदेशमा बेचिएका चेलिहरूको सक्रिय उद्धारकर्ता सामाजिक अभियान्ता तथा कलाकार नविन खड्का, विदेशमा बेचिएका चेलिबेटि उद्दारकर्ता धावा ठोकर, कृति गोले, कलाकार तथा मोडल सामाजिक अभियन्ता बेलयात नागरीक फिलिप्स बचाउ अभियानका अभियान्त दिपक डोटेल र समजसेवी दिर्घमान तामाङले उक्त रकम बराबरको सामाग्री बाराको देउताल गाउँपालिका, रङपुरुवा, हर्दिया, पर्सारामपुर, फुलबारी र प्रहरी चौकिलाई गरी जम्मा १ हजार ५९ घर धुरीलाई झुल तथा म्याट वितरण गरिएको सामाजिक अभियन्ता धावा ठोकरले जानकारी दिए ।
विपदमा परेका तराईवासीको दुख पिडालाई हङ्कङ्, अमेरिका, बेल्जियम र कुवेत लगायत प्रवासी भूमिबाट टुलुटुलु बसेर हेर्न नसकिएको समाजसेवी कृष्ण महतले बताए । उनले भने, ‘त्यो दर्दनाक देशको अवस्था हेरेर हामी प्रदेशी भुमिमा त्यतिकै टुलुटुलु हेरेर बस्न सकेनौं र रहात रकम जुटाउन लागिपरेका थियाैं, केहि रकम जुटाएर पठाएका छौं ।’
यस्तै हङकङ बस्दै आएकी समाजसेवी उमा राईले नेपाल र नेपालीलाई दुख्दा आफूलाई दुख्ने गरेको बताइन् । नेपालीको दुःखमा मलम लगाउने आफुहरुको पनि दायित्व भएको उनको भनाइ छ । यस्तै देशको तराईमा परेको यो विपद्मा निम्त्याएको जनधनको क्षतिप्रति निक्कै मर्माहत भएको र आफुले सक्दो सहयोग गरेको अर्जुनबाबु तिवारीले बताए ।
यस्तै राहत अभियानमा राहत वितरण गर्दै माननीय पूर्व पर्यटन राज्यमन्त्री तथा सांसद ज्वाला कुमारी शाहाले विदेशी भूमिमा रहेर जन्मूमिलाई परेको विपद्मा सहयोग गर्न सबैलाई अपिल गरेकी छन् । राहात वितरण कार्यक्रम २०, २१ र २२ गते अर्थात तीन दिन सञ्चालन गरिएको समाजसेवी दिपक डोटेलले जानकारी दिए । विभिन्न देश तथा विदेशबाट गरी जम्मा ३ लाख २१ हजार ६ सय ७ उठेको समाजसेवी तथा गायक नविन खड्काले जानकारी दिए । जसमा २ लाख ९७ हजार ५ सय ४० राहत वितरणमा खर्च भएको र बाँकी बचत रहेको २४ हजार ६७ रकम आफुहरुसँग सुरक्षित रहेको खड्काले जानकारी दिए ।
वचत रहेको बाँकी रकम कहाँ के गर्ने भन्ने बारे हङकङ्मा रहेकी उमा राई, अमेरिका बस्ने कृष्ण महत, बेल्जियम बस्ने अर्जुन तिवारी र लगायत सम्पूर्ण सहयोगीहरुसंग छलफल गरेर निर्णय गर्ने विदेशमा बेचिएका चेलिबेटी उद्धारकर्ता राहत वितरण अभियान सदस्य कृति गोलेले जानकारी दिइन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...


प्रतिकृया लेख्नुहोस्: