Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

आकाशमा कालो बादल देख्नेबितिकै तर्सिन्छन् हावाहुरीपीडित

वीरगञ्ज । इजहार मियाँ आकाशतिर हेर्छन्, आकाशमा कालो बादल लागेको छ र मेघगर्जनको सम्भावना देखेपछि फेरि कुनै अनिष्ट हुने सङ्केतले उनको जीउ सिरिङ्ग हुन्छन् र मनभित्र भय, त्रासका कारण शङ्काउपशङ्का उब्जन थाल्छ ।

‘आइतबार साँझ शुरुमा आकाशमा यस्तै कालो बादल लागेको थियो । केही समयको अन्तरालमा आएको विनाशकारी हावाहुरीले विनाशलिला देखाएर श्रीमती, बुहारी र दुई नातिको ज्यान लिएर गएपछि फेरि मौसममा परिर्वतन देख्दा आइतबारको कहालीलाग्दो रातले भयवित छु’, ६५ वर्षीय पीडित इजहार मियाँले आफ्नो पीडा पोखे ।

‘ठूलो आवाज र गर्जनसहित आएको सो दुईवटा चक्रवात आफ्नो घर अगाडि एकआपसमा जुधे । त्यसको अगाडि जेपर्यो त्यसलाई विनाश गर्दै अगाडि बढ्यो त्यो चक्रवात’, फेटा गाउँपालिका–६ पूरैनियाका लैस मियाँ आइतबार साँझको विनाशलिला सम्झदै भने, ‘त्यो चक्रवातमा आगो जस्तो देखिने उल्का जस्तो थियो’ । तीन सय मिटर जति चौडाइको चक्रवात घुम्ने क्रममा भलुही, भरवलीयामा दोहोरिएर आएपछि यसले ठूलो विनाश गरेर गयो ।

‘ठूलो आवाज र गर्जनसहित आएको सो दुईवटा चक्रवात आफ्नो घर अगाडि एकआपसमा जुधे । त्यसको अगाडि जेपर्यो त्यसलाई विनाश गर्दै अगाडि बढ्यो त्यो चक्रवात’, फेटा गाउँपालिका–६ पूरैनियाका लैस मियाँ आइतबार साँझको विनाशलिला सम्झदै भने, ‘त्यो चक्रवातमा आगो जस्तो देखिने उल्का जस्तो थियो’ । तीन सय मिटर जति चौडाइको चक्रवात घुम्ने क्रममा भलुही, भरवलीयामा दोहोरिएर आएपछि यसले ठूलो विनाश गरेर गयो ।

यो भयाङ्कर चक्रवातले पर्सा, बारा जिल्लाको खुटवा, जब्दी, भलुही, पूरैनिया, धर्मनगर, फुलवरिया, हर्दिया, तेलगाई, परशुरामपुर, धर्मपुरलगायतका ठाउँमा ब्यापक रुपमा धनजनको क्षति गरेको छ । अहिले कालो बादल लागेकाले आइतबार आएका अनिष्ट जस्तै फेरि त्यो अनिष्ट दोहोरीन्छकी भने डरले सताइरहेको छ पीडित फैजुलहक भन्छन्, ‘मैले आफ्नो श्रीमती मुस्तकीमा खातुनसहित बुहारी बिबिया खातुनलाई समेत गुमाएकाले मौसममा एकाएक खराबी आएपछि डरत्रास लागेको छ ।’

हुनत सङ्घीय सरकारले हावाहुरीबाट घरबार विहीनलाई ओत लाग्न पूरैनिया र भरवलीयामा नेपाली सेनामार्फत रात गुजार्नका लागि त्रिपाल बनाइदिएको छ, फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले भने, ‘बादल लागेको छ, मेघ गर्जिदैछन् यदि पानी प(र्यो भने गाउँनै डुबानमा परी पीडित थप पीडामा पर्ने देखिन्छन् ।’ उनले एकपटक पानी मात्र प(र्यो भने महिला, बालबालिका र ज्येष्ठ नागरिक सबैभन्दा बढी पीडित हुनेछ बताए । उनले भने, ‘आइतबार साँझ दुई तीन मिनेटका लागि आएको अलच्छिने बतासले ब्यापक धनजनको क्षति गरेको अवस्थामा फेरि यस्तो विपद् आयो भने पीडितलाई पीडा मात्र थपिने छ ।’

बनाएको घरले त वर्षा र हावाहुरीबाट जोगिन सकेन भने पीडितका लागि सेनाले बनाइ दिएको अस्थायी टहरा त्रिपालले फेरि आउने हावाहुरी र वर्षालाई कसरी रोकन सकिन्छ, आफ्नै घरको पिलरले किचिएर ज्यान गुमाएको बुबा हरिनारायणको किरियामा बसेका फेटा गाउँपालिका–१ भलुहीका राजेन्द्र दासको पीडा छ । घर आएका आफन्त त्रिपालमुनी आश्रय लिएका छन् तर मौसम बिग्रिदै गएकाले फेरि हावाहुरी आउँदा अनिष्ट हुने चिन्ताले उनीहरुलाई सताइरहेका छन् ।

बिहीबार बसेको सङ्घीय सरकारको मन्त्रिपरिषद्को बैठकले बारा पर्साको हावाहुरीबाट प्रभावितको घर सेनामार्फत बनाउने निर्णय गरेकाले वर्षायाम शुरु हुनुअघिनै पीडितका लागि घर बनाउनुपर्ने माग जनप्रतिनिधिहरुको छ ।

गरीबहरुका पनि आ–आफ्नै मीठो सपना हुन्छन् । यही सपना सङ्गालेर आफ्नै आङ्गनमा वैशाखतिर छोरीको विवाह गर्ने सपना लिएर बसेका कलैया उपमहानगरपालिका–१३ बलिरामपुरका वीरबहादुर साह कानुको त्यो सपना आइतबार साँझ आएका हावाहुरीले उडाएर लगेको छ । निर्धन उत्थान लघुवित्त संस्था कलैयाबाट रु दुई लाख ऋण लिएर छोरीको विवाहका लागि भनेर डेढ तोला सुनको टीका, नाकको फुली, नथिया राखेको थियो तर हावाहुरीसँगै घर भत्किँदा उनको सपना त्यही भग्नावशेषमा पुरिन गयो ।

घर भत्किएपछि को भग्नावशेषमा वीरबहादुरले माटो हटाएर खोजी रहेको खुशी अझसम्म भेटिएका छैनन् । हावाहुरीले भत्किएको घरको भग्नावशेषभित्र गरगहना खोजी रहेको अवस्थामा त्यहाँ पुगेका राससकर्मीसँग वीरबहादुरले भने, ‘खुला आकाशमुनि त्रिपालमा रात बिताइरहेका छौँ तर आकाशतिर हेर्दा कालो बादल छाएको छ । अलिअलि हावाहुरी पनि चलेको छ यदि बेगले हावाहुरी आयो र पानी प(र्यो भने खोजीरहेको खुशी भने भेटदिन होला ।’

त्यो विनाशकारी हावाहुरीबाट बारा पर्सा गरी २७ जनाको मृत्यु भएको, ६७६ जना घाइते भएको र एक हजार ८९५ घरमा क्षति पुगेको स्थानीय प्रसाशनले जनाएको छ । हावाहुरीबाट ज्यान गुमाएका तथा घरबारविहीन परिवारलाई चाँडै स्थायी बसोवासको व्यवस्था गर्नुपर्ने पीडितहरुको माग छ ।

जसरी पहाडमा आएको विनाशकारी भूकम्पले पु(याएको क्षति र पीडामा तराईले मलम लगाएका थिए, त्यसैगरी विपद्मा डुबेको बेला हावाहुरीबाट पीडितलाई ब्यापक राहत दिएर पहाडले मधेशमा मलम लगाउने काम गरिरहेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending