Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

माओवादी कार्यकर्ता भन्छन्, ‘आङ्काजी भतुवा कुकुर हो’

\"Fullscreenकाठमाडौं,  एमाओवादी अध्यक्ष प्रचण्डको ज्यानमार्ने धम्कि दिएपछि जनजाति नेता आङ्काजी शेर्पा विरुद्ध एमाओवादी नेता कार्यकर्ता खनिएका छन् । उनलाई कार्वाहीको माग गर्दै सामाजिक सञ्जाल फेसबुक तथा टुईटरमा तिब्र आलोचना भइरहेको छ  । एमाओवादी स्थायीसमिति सदस्य विश्वभक्त दुलाल आहुतिले शेर्पालाई सिआइएद्धारा परिचालित मान्छेको संज्ञा दिएका छन् ।  उनले सामाजिक सञ्जाल फेसबुकमा नै ‘मिस्टर आङ्काजी सिआइएको एजेन्ट हो ?’ भन्दै प्रश्न गरेका छन् । त्यस्तै गरि एमाओवादी राज्य समिति सदस्य तथा किसान नेता नहेन्द्र खड्काले शेर्पालाई भतुवा कुकुरको संज्ञा दिएका छन् । ‘प्रचण्ड एउटा विचार हो, एउटा दर्शन हो । ऊ आफैमा एउटा संघर्ष हो । ऊ नेता होइन, बरु नेतृत्व हो ।’ खड्काले आफ्नो पार्टी अध्यक्ष प्रचण्डको बचाउ गर्दै लेखेका छन्, ‘ऊ आंगकाजी जस्तो भतुवा कुकुर होइन, जे मन लाग्यो त्यही बोल्ने, जे मन लाग्यो त्यही गर्ने ।’ एमाओवादीकै कार्यकर्ता जनक वर्तौलाले शेर्पाको आँखा निकालीदिने धम्की दिएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत नै उनले लेखेका छन् ‘हाम्राा आदर्णीय नेतालाई छु न त के टेडा आँखाले हेरिस् भने आँखा निकालिदिन्छु ।’\"Fullscreen प्रचण्डकै पुत्र प्रकाश दहालले सामाजिक सञ्जालमा यस अघि नै शेर्पाको अभिव्यक्तिको विरोध गदै आफ्नै बाबु प्रचण्डको बचाउ गरेका थिए ।  त्यस्तै गरि यस अघि नै एमाओवादी केन्द्रिय सदस्य तथा प्रचण्डका स्वकीय सचिव चुडामडि खड्काले शेर्पाको भनाईलाई हावादारी भन्दै टिप्पणी गरेका थिए । यता गृहमन्त्रालयले भिआइपीलाई सुरक्षा चुनौती दिएको भन्दै शेर्पाको खोजी गर्ने जनाएको छ । यस अघि शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा एमाओवादी अध्यक्ष प्रचण्डलाई ज्यान मार्ने धम्की दिँदै स्ट्याटस लेखेका थिए । उनको स्ट्याटसपछि विभिन्न निकायबाट उनको विरोध हुँदै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending