Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

मेडिकल कलेज स्थापना हुने भएपछि बर्दिवासमा उत्साह

बर्दिवास। महोत्तरीको बर्दिबास नगरपालिकामा मेडिकल कलेज सञ्चालनको काम अघि बढेपछि स्थानीयवासीमा उत्साह छाएको छ ।

बर्दिवासमा कलेजको पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना गरिने तयारीसँगै स्थानीयवासीमा खुशी छाएको हो ।

“बर्दिवासमा मेडिकल कलेजको काम अघि बढेछ, यसअघि बर्दिवास–६ मा कृषि सङ्कायको स्नातकतहसम्म अध्ययन÷अध्यापन हुने प्राकृतिक स्रोत व्यवस्थापन कलेजको पठनपाठन शुरु भइसकेको छ”, महोत्तरी–१ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य शारदा थापाले भनिन्, “अब बर्दिवास मुलुककै शैक्षिक गन्तव्य बन्ने आश जाग्यो ।” बर्दिवास–३ मा पशुविज्ञान विषयको डिप्लोमा कलेज, बर्दिवास–११ मा डिप्लोमा इञ्जिनीयरिङ र बर्दिवास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पसमा भर्खरै स्नातकोत्तर तहको पठनपाठन शुरु भइसकेको थापाले बताइन् ।

बर्दिवासमा अहिले मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापनाको सबै तयारी पूरा भएको छ । यहाँ स्थापित हुने कार्यालय प्रमुखमा खटिएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव देवीप्रसाद सुवेदीले सञ्चारकर्मीसँग भने, “कार्यालय स्थापनाको सबै तयारी पूरा भएको छ, यो चैतभित्रै कार्यालय स्थापना भएर सञ्चालन भइसक्छ ।” आपूmलाई मन्त्रालयले कार्यालय प्रमुख बनाएर पठाएको र अहिले कार्यालयका लागि भाडाको भवन ठीक गरिसकिएको पनि सुवेदीले जानकारी दिए ।

पछिल्लोपटक सरकारले बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना गरेर काम अघि बढाएपछि नगरका आम बासिन्दा उत्साहित भएका छन् । आफ्नो नगरमा सञ्चालन हुने विभिन्न विषयका कलेजमा अब देशविदेशका विद्यार्थी उच्च शिक्षा पढ्न आउने र आफ्नो ठाउँ शिक्षासँग जोडिएर चिनिने बर्दिवास–१२ विजलपुराका बासिन्दा प्रतिमा कोइराला बताउछन् ।

सरकारले आर्थिक वर्ष २०७३÷७४ मा प्रदेशमा एउटा मेडिकल कलेज स्थापना गर्ने नीति बनाएअनुसार गत फागुन ३ गतेको मन्त्रिपरिषद् बैठकले कलेज स्थापनाका लागि कार्यालय खोल्ने सहमति दिएपछि अहिले काम अघि बढेको हो । सङ्घीय सरकारले चालू आर्थिक वर्ष २०७५÷७६ मा कलेज पूर्वाधार विकासका लागि रु ८७ लाख छुट्याइएको उपसचिव सुवेदीले बताए । यसबाहेक विश्वविद्यालय अनुदान कोषबाट बर्दिवास, सुर्खेत र बुटवलका लागि मेडिकल कलेजमा १०÷१० करोड रकम विनियोजन भएको सुवेदीले जानकारी दिए । सबै विधाको अध्ययन÷अध्यापन हुने बर्दिवास मेडिकल कलेजका लागि ३०० श्ययाको अस्पताल पनि निर्माण गरिने सुवेदीको भनाइ छ ।

कलेज स्थापनाका लागि बर्दिवास–४ मा भब्सी र अटाबे पुलबीच पूर्वपश्चिम राजमार्गको उत्तरपट्टि ७५ रोपनी जग्गाको सिफारिश भएको छ । सिफारिश जग्गा वनक्षेत्र परेकाले अहिले यसबारे अन्तिम निर्णय हुने प्रक्रियामा रहेको बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बताए । यसबाहेक मेडिकल कलेजका लागि बर्दिवास–२ मा जग्गाको थप व्यवस्था गरिने नगरप्रमुख कार्कीको भनाइ छ ।

बर्दिवास नगरक्षेत्रमा कृषि, पशुविज्ञान र इञ्जिनीयरिङ विषयमा स्नातक तहसम्मको र शिक्षाशास्त्र सङ्कायमा स्नातकोत्तरसम्मको पठनपाठन शुरु भइसकेको र चिकित्साशास्त्रको कलेज स्थापनाको काम अघि बढेपछि बर्दिवास सबैको शैक्षिक गन्तव्य बनेको बर्दिवास जनता बहुमुखी क्याम्पस बर्दिवास–१४ का प्राचार्य (क्याम्पस प्रमुख) तोपबहादुर ठकुरी बताउछन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending