Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

१४ वटा खानेपानी उद्योगमा शिलबन्दी (नामसहित)

लहान । मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका सिरहा र सप्तरीका १४ वटा खानेपानी उद्योगमा शिलबन्दी गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले प्रशोधित पिउने पानी निर्देशिका २०७४ बमोजिमको मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका भन्दै ती उद्योगमा शिलबन्दी गरेको हो ।

पछिल्लो पटक मङ्गलबार सप्तरीको विभिन्न स्थानमा सञ्चालनमा रहेका पानी उद्योगमा सर्वपक्षीय अनुगमन गर्दा निर्देशिका विपरीत सञ्चालनमा रहेको पाइएकाले त्यस्ता उद्योगमा शिलबन्दी गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार शिलबन्दी गरिएका उद्योगहरुमा राजविराजस्थित ओम फुड्स एण्ड वेभेरेजेज इण्डष्ट्रिज, नेपाल वेभेरेजेज, सप्तरी कञ्चनरुप नगरपालिका– २ स्थित वैधनाथ जल उद्योग, कञ्चनरुप नगरपालिकाको ठेलियाँस्थित शिवशङ्कर फुड एण्ड बेभेरेजेज इण्डष्ट्रिज रहेका छन् ।

यसैगरी सप्तरी शम्भुनाथ नगरपालिकास्थित वीरेन्द्र एण्ड सन्स फुड वेभेरेजेज इण्डष्ट्रिज र एसएच एण्ड सन्स पानी उद्योग खोक्सरलाई पनि शिलबन्दी गरिएको छ । यसअघि गत पुस महीनामा मापदण्ड विपरीत सञ्चालनमा रहेका लहान नगरपालिकास्थित फ्रेड इन्टरनेशनल वाटर उद्योग, गोलबजार नगरपालिका– ७ चोहर्वास्थित इन्दिरा जल, आनन्द जल, गोलबजार नगरपालिका– ६ स्थित कमलामाई पानी उद्योग र सीता हेल्दी कुलिङवाटर इण्डष्ट्रिज, लहान नगरपालिका–१ स्थित सीता मिनरल वाटर फैक्र्टी, लहान नगरपालिका–७ स्थित ढलकोट माता मिनरल वाटर उद्योग र कर्जन्हा नगरपालिका– १० स्थित मिथिला पानी प्रशोधन उद्योगमा शिलबन्दी गरेको प्रमुख सिंहले बताए । मापदण्ड नपुगेको र न्यूनतम सरसफाइ समेत नपाइकाले ती उद्योगमा सिलबन्दी गरी पानीको उत्पादन बन्द गराइएको उनले बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending