बिबिसी । भारतको तमिलनाडुका एक सय ११ किसानले आगामी लोकसभा चुनाव २०१९ मा बनारस लोकसभा सिटबाट प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध चुनाव लड्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा वाराणसी र वडोदराबाट चुनाव लडेर दुबै स्थानबाट जीत हासिल गरेका थिए । यसपटकको चुनावमा पनि मोदीले बनारसबाटै चुनाव लड्ने भएका छन् ।
किसानका नेता पी. अय्याकन्नूले बीबीसीसँगको कुराकानीमा उनी बनारसका मानिसहरुलाई देखाउन चाहन्छन् कि देशका किसान कुन स्थितीमा आफ्नो जीवनयापन गरिरहेका छन् ।
यद्यपि उनले यदि बिजेपीले आफ्नो घोषणापत्रमा उनीहरुको मुद्दा समावेश गर्ने आश्वासन दिन्छन् भने आफ्नो निर्णयलाई उल्ट्याउने बताएका छन् ।
किसान किन गरिरहेका छन् विरोध ?
तमिलनाडुबाट बनारस आएर चुनाव लड्ने निर्णय गर्ने १११ किसानका दलका नेता पी. अय्याकन्नूले भने, ‘ म नेशनल साउथ इन्डियन रिवर इन्टर लिंकिंग फार्मर असोशिएसनका प्रदेश अध्यक्ष हुँ । हामी चार सय किसानले दिल्ली गएर १४० दिनसम्म खेतीसँग जोडिएका उत्पादनका लागि नाफायुक्त मूल्यको माग गर्दै विरोध प्रदर्शन गर्यौं ।’
‘हाम्रो मागमा किसानको ऋण मिनाहा गर्ने माग पनि समावेश थियो । सन् २०१४ को चुनावको क्रममा हाम्रा प्रधानमन्त्रीले यदि उनी प्रधानमन्त्री भए आफूले खेतीसँग जोडिएका उत्पादनको मूल्य दोब्बर गरिदिने आश्वासन दिएका थिए ।’
‘देशभरी किसानले ७५ हजार करोड भारुको ऋण लिएका छन् । तर सरकारले कर्पोरेट सेक्टरका चार लाख करोड भारु माफ गरेका छन् । तर उनीहरुले किसानको कुनै मद्दत गरिरहेका छैनन् ।’
‘हामीले यसै कारण दिल्लीमा १४० दिनसम्म विरोध प्रदर्शन गरेका थियौं । त्यसपछि हाम्रा अर्थमन्त्री राधाकृष्ण न हामीलाई पाँच पटक भेट्न आए र उनले हाम्रो मद्दत गर्ने बचन दिए । तर अहिलेसम्म हामीले कसैको मद्दत पाएका छैनौं । यस्तो अवस्थामा अब हामी वाराणसी गएर नाम लेखाउँछौं । हामीसँग पैसा छैन । त्यसकारण हामी बनारसको गल्लीमा गएर चुनावमा लड्ने खर्च हुने रकम पाउनका लागि भिख माग्नेछौं । ’
चुनाव जित्ने अपेक्षा ?
अय्याकन्नूलाई के मोदीविरुद्ध चुनाव लडेर जित्न सकिन्छ त भन्ने प्रश्नमा उनले आफूसँग कुनै राजनीतिक समर्थन नभएको जवाफ दिए ।
उनले भने, ‘हामीसँग कुनै राजनीतिक समर्थन छैन । तर हामी आफ्नो स्थिती बनारसको जनतालाई देखाउन चाहन्छौं । चुनावको क्रममा राजनीतिक दलका लागि किसान भारतको मेरुदण्ड हुन्छन् तर चुनावपछि राजनीतिक दल हामीसँग दासको जस्तो व्यवहार गर्छन् । यस्तोमा हामी भारतीय जनतालाई हामी को हौं र मोदी को हुन् भनेर देखाउन चाहन्छौं । किनभने उनले किसानलाई साथ दिइरहेका छैनन् । त्यसैले हामी उनको विरोध गरिरहेका छौं ।’
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: