काठमाडौँ । जलवायु परिवर्तनका कारण मुलुकमा तापक्रम बढ्दै गएको छ । नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह–२०७५ का अवसरमा मङ्गलबार सञ्चारकर्मीसँग गरिएको छलफलमा वक्ताहरुले जलवायु परिवर्तन मुलुकको गम्भीर समस्याको रूपमा देखिँदै गएको बताएका हुन् ।
जल तथा ऊर्जा आयोगका सहसचिव डा ऋषिराम शर्माले पानी धेरै पर्नु वा धेरै खडेरी पर्नु जलवायु परिवर्तनको मुख्य लक्षण भएको बताए । “जलवायु परिवर्तनका कारण प्रतिवर्ष ०।०५६ सेल्सियस तापक्रम बढ्दै गएको छ”, उनले भने । जलवायु परिवर्तनका कारण हिमतालहरुमा पानीको सतह बढ्दो क्रममा रहेको उनको भनाइ थियो ।
स्मल अर्थ नेपालका अनुसन्धानकर्ता पियुष दाहालले तापक्रम बढ्नु र सुक्खा क्षेत्र बढ्नु जलवायु परिवर्तनको कारण भएको बताए । “जलवायु परिवर्तनका कारण पछिल्लो समय मुलुकमा वर्षा कम हुँदै गएको छ”, उनले भने ।
नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहका संयोजक महेन्द्रबहादुर गुरुङले राज्यको सचेतना बढाउन, चुनौतीको बारेमा छलफल गर्न, सरकारी तथा गैरसरकारी निकायसँग समन्वय र सहकार्य गर्न सप्ताह मनाइएको जानकारी दिए ।
नेपाल वातावरण पत्रकार समाजका अध्यक्ष सुवोध गौतमले नेपाली सञ्चारमाध्यममा वातावरण प्रदूषण र जलवायु परिवर्तनका बारेमा कलम चलाउने पत्रकार कमी रहेको उल्लेख गर्नुभयो । उनले नेपाली सञ्चारमाध्यममा राजनीतिक मुद्दाले प्राथमिकता पाएको वर्तमान अवस्थामा वातावरणका मुद्दालाई राजनीतिसँग जोडेर लेख्न पत्रकारलाई सुझावसमेत दिए ।
वरिष्ठ पत्रकार विकास थापाले जलस्रोतको बारेमा नेपाली सञ्चारमाध्यममा धेरै मुद्दा उठाउन सकिने उल्लेख गरे । सरकारले विश्व पानी दिवस तथा विश्व मौसम दिवसका अवसरमा यही चैत ३ गतेदेखि नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह–२०७५ अन्तर्गत विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: