Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

कांग्रेसले भन्यो– राउतसँगको सम्झौताको साझा व्याख्या गर

काठमाडौँ । कांग्रेसले सिके राउतसँगको सम्झौताको साझा व्याख्या आउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई हत्या, हिंसा र चन्दा आतंकको बाटो त्याग्न पनि उसले आग्रह गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नेकपालाई शान्तिपूर्ण राजनीतिमा आउन अपिल गरेको हो । निषेधको मार्गबाट नभई वार्ताको माध्यमबाट नेकपालाई विश्वासमा लिन शासकीय योग्यता प्रस्तुत गर्न कांग्रेसले सरकारलाई पनि आग्रह गरेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - कांग्रेसले भनेको छ ‘निषेधको मार्गबाट होइन, वार्ताको माध्यमबाट नेकपालाई विश्वासमा लिन शासकीय योग्यता प्रस्तुत गर्न पनि सरकारलाई कांग्रेस बैठक आग्रह गर्दछ ।’ बैठकले सत्तारुढ र विद्रोही दुवै नेकपालाई नागरिकको जीवनप्रति गम्भीर बन्न सचेतसमेत गराएको छ । कांग्रेसले सिके राउतले संविधानभित्रबाट राजनीति गर्न खोज्नुलाई स्वागत गरे पनि समाधानको विधि अस्पष्ट भएको भन्दै सरकारको आलोचना गरेको छ । राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनसँग २४ फागुनमा सरकारले गरेको ११ बुँदे सम्झौताको बुँदा नं. २ को साझा व्याख्या नगरिनु आपत्तिजनक रहेको कांग्रेसको भनाइ छ ।

‘सम्झौताको दुई साता पुग्दासम्म ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’को साझा व्याख्या नगरिनु अत्यन्तै आपत्तिजनक छ,’ बैठकपछि कांग्रेस केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा छ । कांग्रेसले तराई–मधेसलगायत मुलुकको सबै भू–भागका आमनेपालीको भावना अविभाज्य नेपाल रहेको तथ्य पनि स्मरण गराएको छ ।

राष्ट्रिय संवेदनशीलताका विषयमा महत्वपूर्ण निर्णय गर्नुअघि र पछि पनि प्रमुख प्रतिपक्षलाई विश्वासमा लिने संसदीय लोकतन्त्रको परम्परा र संविधानको मर्मअनुरूपको अभ्यासलाई वर्तमान सरकारले लत्याएको आरोप कांग्रेसले लगाएको छ । त्यसबारे आपत्ति प्रकट गर्दै बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

निर्वाचन समितिमा अधिकारीको ह्याट्रिक
कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा राधेश्याम अधिकारीले ह्याट्रिक गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले उनलाई पार्टीले तेस्रोपटक निर्वाचन समितिको संयोजक बनाउने निर्णय लिएको हो । उनी यसअघि कांग्रेसको १२औँ महाधिवेशन र १३औँ महाधिवेशन गराउने निर्वाचन समितिको पनि संयोजक थिए । अधिकारी अहिले कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सांसद हुन् । ५ सदस्यीय समितिमा अधिवक्ताहरू गोपालकृष्ण घिमिरे, खम्मबहादुर खाती, सीताराम केसी र एकराज पोखरेल सदस्य छन् । नेपाल बार एसोसियसनको महासमितिमा समेत रहेका खाती र घिमिरे यसअघिको निर्वाचन समितिमा पनि सदस्य थिए । केसी र पोखरेल नयाँ हुन् ।

अनुशासन समितिलाई पूर्णता
बैठकले सोमबार पार्टी विधान– २०१७ (संशोधित र परिमार्जित) को धारा ३४ (७) बमोजिम गठन गरेको अनुशासन समितिलाई पनि पूर्णता दिएको छ । ५ सदस्यीय समितिमा दुईजना थपेर पूर्णता दिइएको हो । बैठकले उमाकान्त चौधरी र धनराज गुरुङलाई सदस्य बनाएको हो । सोमबारको बैठकले भीष्मराज आङ्देम्बेको अध्यक्षतामा समिति गठन गर्दै देवेन्द्रराज कँडेल र किशोरसिंह राठौरलाई सदस्य बनाएको थियो ।

नियमावली मस्यौदा समिति गठन
बैठकले पार्टीको विधान– २०१७ (संशोधित र परिमार्जित) को धारा २२ (६) अनुसार ‘पार्टी नियमावली’को मस्यौदा बनाउन केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा ५ सदस्यीय मस्यौदा समिति पनि गठन गरेको छ । समितिमा मीनबहादुर विश्वकर्मा, जीवन परियार, ईश्वरी न्यौपाने र प्रदीप पौडेल सदस्य छन् । समितिको संयोजक रहेका लेखक र पौडेल विधान मस्यौदा समितिका पनि सदस्य थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE