Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

हाकिमले पेश्की लिन थालेपछि कर्मचारी चकित

\"jajarkot_district\"जाजरकोट,  जाजरकोटका स्थानीय विकास अधिकारी दीर्घबहादुर पोखरेलले आफैले पेश्की लिएर सामान खरिद गर्न थालेपछि कर्मचारी चकित भएका छन । हाकिमले नियम बिपरित पेश्की लिएर काम गर्न लागेपछि कर्मचारी चकित भएका हुन । कार्यालयमा कार्यालय प्रमुखले पेश्की लिने प्राबधान नभए पनि स्थानीय विकास अधिकारी पोखेल भने पेश्की लिएर एकपछि अर्को काम गर्दै आएका छन । सामान खरिदमा आउने कमिसनका लागि उनले आफैले पेश्की लिने गरेको एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताए । ‘आजसम्म आएका कुनै हाकिमले पनि यस्तो गरेको उदाहरण छैन तर उहाँ त पेश्की लिएर सामान खरिदमा पुग्नु हुन्छ’, उनले भने । जाजरकोटमा पुगेदेखि बिबादस्पत काम गर्दै आएका पोखरेलले आर्थिक प्रशासन नियमावली २०६४ ले बर्जित गरेका काम गर्दै आएका छन । नियमावलीले खाता संचालकले पेश्की लिन नपाउने प्राबधान गरे पनि पोखरेलले अनियमित तरिकाले पेश्की लिएर काम गर्ने गरेका छन । जिविस अन्तर्गत स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमबाट १ लाख ८० हजार पेश्की लिएर आफ्नो प्रयोगका लागि मोटरसाइकल किनेका छन् । त्यस्तै नेपाल जलबायु परिवर्तन कार्यक्रमबाट पेश्की लिएर ८० हजारको औषधि खरिद गरेका छन् । जिल्लामा आउने बित्तिकै एक जना पत्रकार सहित अन्य ८ जनालाई गोप्यमा ७३ लाखको कोटेशन बाँडेका पोखरेलले ८३ लाख जनसहभागिताको रकम समेत जिल्ला परिषदबाट पारित नभएका योजनामा एकलौटी बाँडेका छन । यसको सामाचार खवरडवली डटकम लगायतका संचार माध्यममा आएपछि अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय सुर्खेतको टोलीले जिविसमा छापा मारेको थियो । अख्तियारको छापापछि कोटेशन प्रक्रिया रद्ध भएको छ । जनसहभागिताको बारेमा भने अनुसन्धान भइरहेको अख्तियारकाले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending