Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

यसरी महीला समुहले ११ लाख बढीकाे लसुन खेती सुरु गर्दै

घोराही। दाङको घोराही उपमहानगरपालिका–१६ मघैका महिलाले सामूहिक रुपमा लसुन र प्याजखेती थालेका छन् । उनीहरुले घोराही उपमहानगरपालिका– १६, १७ र ६ का विभिन्न स्थानमा १५ बिघाहा जग्गा भाडामा लिई लसुन तथा प्याजखेती गर्दै आएका छन् ।

मागलाई ध्यानमा राखी लसुन र प्याजखेती थालेको कोपिला कृषक समूह मघैका अध्यक्ष कैलाशी चौधरीले बताए। समूहको करीब १० लाख र साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजना (रिझम)को रु ११ लाख ५५ हजारमा लसुन र प्याजखेती थालिएको हो । टोलका २२ महिला आवद्ध सो समूहले लसुन र प्याज खेती गर्न दुई ट्याक्टर, एउटा पम्पसेट, डिजिटल काँटा एउटा, १० स्प्रे ट्याङ्की खरीद गरेको छ ।

यसअघि गरिएको च्याउ खेतीबाट मनग्य आम्दानी भएपछि लसुन खेतीमा लागेको समूहका कोषाध्यक्ष जानकी चौधरीले बताइन् । \'एक्लाएक्लै काम गर्दा व्यावसायिक रुपमा जान समस्या हुन्छ । रकम र समय बढी खर्च हुन्छ\', उनले भनिन् । समूहमा लागेपछि आफ्नो दैनिकी चलाउन सजिलो भएको उपाध्यक्ष आशा चौधरी बताउछिन् । समूहमा जम्मा गरिएको रकमले घरखर्च चलाउन सजिलो भएको छ ।

समूहमा लागेर च्याउ, लसुन र प्याज खेती मात्र होइन सामूहिक रुपमा धान काट्न, मसुरो छिन्ने तथा अन्य घरायसी काम समेत सामूहिक रुपमा गर्दै आएको उनीहरुले बताए । सो रकम समूहमा जम्मा गरिने र आवश्यक परेको समयमा सस्तो ब्याजदरमा ऋण लगानी गर्ने गरिएको चौधरीले बताइन् । महिलालाई सामूहिक रुपमा खेती गर्न सहयोग गरिएको साना कृषि आयस्तर परियोजनाका कार्यक्रम संयोजक रिप्रसाद शर्माले बताए । आयोजनाले हाल च्याउ, लसुन, मसुरो, माछापालनलगायत क्षेत्रमा रु ३३ करोड लगानी गरिएको छ । आयोजनाले समूहलाई ८० देखि ९० प्रतिशतसम्म, सहकारीलाई अधिकतम ६५ प्रतिशत तथा व्यक्तिलाई ५० देखी ६५ प्रतिशतसम्म अनुदान दिँदै आएको छ । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies