Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

मंगलबारकाे राशिफल

काठमाडाैं । वि.सं.२०७५ साल चैत्र ०५ गते । मंगलबार । ईश्वी सन् २०१९ मार्च १९ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । फाल्गुन शुक्ल पक्ष । तिथि त्रयोदशी,१४ घडी ५५ पला,दिउसो १२ बजेर १० मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र मघा,२८ घडी १४ पला,बेलुकी ०५ बजेर ३० मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग धृति,२४ घडि ०९ पला,दिउसो ०३ बजेर ५२ मिनेट उप्रान्त शूल । करण तैतिल,दिउँसो १२ बजेर १० मिनेट उप्रान्त गर,बेलुकी १० बजेर ५८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा काल योग । चन्द्रराशि सिंह ।

काठमाडौंमा सूर्योदय ०६ बजेर १२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १४ मिनेट । दिनमान ३० घडी ०५ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आकस्मिक धन तथा सम्पति लाभ हुने समय रहेकोछ । शेयर बजार तथा चिठ्ठाको व्यावसाय फस्टाएर जानेछ भने व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन सम्पति कमाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने आत्मिय मित्रको साथ रहने हुनाले महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपाईको काममा सहयोग हुने हुदा मन प्रशन्न रहनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलव्धिमुलक कामहरु गर्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको जनताको काम गर्न सक्दामात्र मान सम्मान ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । खोज तथा अनुशन्धानमा उपलब्धिमुलक नतिजा नआएपनि आगामि दिनहरुमा काम गर्न सहज हुनेछ । आमा तथा आमा सरहका मानिस सँग टाडिएर देश परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाथ लिन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) दाजुभाई तथा छिमेकिबाट तपाईले शुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुँदा मन प्रशन्न हुनेछ । छोटो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानि गर्न आट आउनेछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाडता बढेर जानेछ । पढाई लेखाई प्रगतिकै बाटोमा अगाडि बढ्ने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समयले साथ दिने हुनालेथोरै लगानिबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ भने दैनिकि सुधार भएर जानेछ । व्यापारमा लगानि गरि मनग्गे लाभ लिन सकिनेछ । आफन्त तथा सहयोगिको साथ पाईने हुनालेजस्तोसुकै परिस्थितिहरुको पनि सामना गर्न सहज बाताबरण बनेर जानेछ । पढाई लेखाईमा थोरै समय दिदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राम्रा तथा सामाजिक काम गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होईनेछ । थोरै स्रोत साधन प्रयोग गरि असिमित आवस्यक्ता हरु पुरा गर्न सकिनेछ । प्रेम प्रशङमा रमाउँन चाहानेहरुका लागि दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरि समय व्यातित गर्न सकिनेछ । पढाईमा प्रगति हुँने तथा नतिजा तपाई आफ्नै पोल्टोमा पर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) परिवार तथा आफन्त सँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशि सामानको व्यापार फस्टाएर जानेछ । वन्द व्यापारमा प्रशस्त समय लगानि गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा लगानि बढाई प्रशस्त आम्दानि गर्न सकिनेछ भने आम्दानिका स्रोतहरु पहिल्याई जीवन स्तर उकास्न सकिनेछ । पढाई लेखाईमा राम्रो प्रगति गरि नाम कमाउन सकिनेछ भने शिक्षा क्षेत्रको लगानिबाट भनेजस्तो आम्दानि हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन मार्फन नयाँ काम गर्न सकिनेछ । दाजुभाईको सहयोग हुने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउँने ग्रहयोग रहेकोछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ भने नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरि हुने योग रहेकोछ । बुवा तथा आफन्तबाट सहयोग पाईने हुनाले महत्वपुर्ण कामहरु समयमानै फत्ते गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिनेछ भने यात्राका क्रममा महत्वपुर्ण व्याक्तिहरु सँग भेटघाट हुनेछ । व्यापार व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने तपाईको काममा आफन्त तथा शुभचिन्तकहरुको सहयोग रहनेछ । माया प्रेमको गाठो कसिलो भएर जाने तथा जीवन साथिको सहयोगले राम्रा कामहरु सम्पादन हुनेछन् । प्रतिष्ठित काम गरि समाजमा नाम कमाउन सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नसोचेका ठाउँमा रुपैया पैसा खर्च हुँने सम्भावना रहेको हुनालेआर्थिक कारोबार गर्दा ख्याल गर्नुहोला । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटावको अवस्था सिर्जना नहोला भन्न सकिन्न । व्यापार व्यावसायमा नाफा कमाउँन दिनभर जसो समय दिनुपर्नेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लागनि भने फस्टाएर जानेछ । स्वास्थ्यको ख्याल गर्नुहोला उपाचार खर्च बढ्ने योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा नाँफा कमाउँन बढिनै संघर्ष गर्नुपर्ला । यात्रा गर्दा ख्याल गर्नुहोला झन्झटिलो तथा कष्टपुर्ण हुँनसक्छ । स्वास्थ्य सम्बन्धि समस्याले सताउँने हुँदा उपचार खर्च बढ्न सक्छ । बिदा तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेहुँदा मनमा असान्तिले गतिलो डेरा जमाउँनेछ । पारिवारिक सम्बन्ध तथा पति पत्निबिचको सम्बन्धमा केहि खल्लो अनुभुति भएको महशुष हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई हराउँदै नतिजा तपाई आफ्नै पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुँनेछन् भने तपाईको खैरो खन्नेहरु आफै साईड लाग्नेछन् । बिवादित बिषयहरुको निर्णय तपाई आफ्नै पक्षमा आउँने हुनालेखुसिले उचाई नाघ्नेछ । पुराना सापटि तथा लेनदेनका मुद्दाहरु सल्टाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ । माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेकोछ ।

तपाईको दिन शुभ रहोस् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE