Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

कुन जिल्लाको नेतृत्व कसलाई ? नेकपामा यसरी हुँदैछ जिम्मेवारी वाँडफाँड

काठमाडौं । नेकपाको एकता प्रक्रिया अन्तिम चरणमा आइपुगेको बताइएको छ । नेकपा उच्च स्रोतकाअनुसार ७७ वटै जिल्लाको नेतृत्व कुन समूहलाई दिने भन्नेबारे लगभग टुंगो लागिसकेको छ । तर, यसलाई अन्तिमरुप दिने बेलामा प्रचण्डको विदेश भ्रमणका कारण ठोस निर्णय हुन बाँकी रहेको जनाइएको छ ।

उच्च स्रोतकाअनुसार पूर्वएमाले समूहबाट करिब ४५ जिल्लामा नेतृत्व लिने र बाँकी ३२ जिल्लामा पूर्वमाओवादी समूहले नेतृत्व लिने गरी एकता प्रस्ताव अध्यक्ष केपी ओलीबाट सचिवालयमा आएको छ । तर, ओलीको प्रस्तावमा पूर्वएमालेकै माधव नेपाल समूहले समेत सहमति जनाइनसकेको स्रोतले बतायो ।

कसरी हुँदैछ बाँडफाँड ?

प्रदेश १ र ४ का केही जिल्लामा पूर्वएमाले र पूर्वमाओवादी दुबैको दाबी कायम रहेकाले टुंगो लाग्न बाँकी रहेको स्रोतले जनाएको छ । प्रदेश १ मा पूर्वमाओवादीले १४ मध्ये कम्तिमा ५ जिल्लाको नेतृत्व दाबी गरेको छ । पूर्वएमाले पक्षले ४ जिल्लाको नेतृत्व दिन सकिने बताइरहेको छ ।

ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, धनकुटा, मोरङ र भोजपुरमा एमालेको नेतृत्व कायम हुने सहमति भइसकेको छ । तर, संखुवासभा, सुनसरी, ओखलढुंगा, सोलुखुम्बु र उदयपुरका कारण विवाद छ ।

प्रदेश २ मा पूर्वएमाले र पूर्वमाओवादीले चार÷चार जिल्लाको नेतृत्व पाउने सहमति भए पनि कुन जिल्ला कसले पाउने भन्ने अन्तिम टुंगो अध्यक्ष र महासचिवले नै लगाउने प्रदेश इञ्चार्ज सत्यनारायण मण्डलले बताए ।

स्रोतकाअनुसार पूर्वएमालेले धनुषा, सर्लाही, बारा र पर्सा तथा पूर्वमाओवादीले सप्तरी, सिराहा, महोत्तरी र रौतहटको नेतृत्व पाउने सम्भावना छ ।

प्रदेश ३ मा यसअघि नै कार्यदलले जिल्लाको भागबण्डा टुंगो लगाइसकेको छ । जसअनुसार पूर्वएमालेले मकवानपुर, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, ललितपुर, काठमाडौं, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी र पेशागत जिल्ला कमिटीको नेतृत्व पाउने सहमति भएको छ ।

त्यस्तै पूर्वमाओवादीले चितवन, नुवाकोट, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक र युवा विद्यार्थी एवं मजदूर विशेष जिल्ला कमिटीको नेतृत्व पाउने सहमति भएको छ । यद्यपि काभ्रे र रसुवा साटफेर हुने सम्भावना छ ।

गण्डकी प्रदेशमा कार्यदलले सिफारिस गर्न नसकेकाले नेताहरु छलफलमै छन् । स्रोतकाअनुसार पूर्वएमालेले कास्की, तनहुँ, स्याङ्जा, पर्वत, म्याग्दी र मुस्ताङको नेतृत्व पाउनेबारे छलफल भइरहेको छ । पूर्वमाओवादीले लम्जुङ, मनाङ, बागलुङ र नवलपुरको नेतृत्व पाउने सम्भावना छ ।

प्रदेश ५ मा भने पूर्वएमालेभित्र तीब्र विवाद छ । यद्यपि पूर्वएमाले र पूर्वमाओवादीबीच जिल्ला बाँडफाँड भने भइसकेको छ । पूर्वएमालेले रुपन्देही, अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलबस्तु, प्युठान र दाङको नेतृत्व पाउने समझदारी भएको छ । पूर्वमाओवादीले परासी, बाँके, बर्दिया, रोल्पा र पूर्वी रुकुमको नेतृत्व पाउनेछ ।

त्यस्तै कर्णाली प्रदेशका १० जिल्लामध्ये एमाले र माओवादीले पाँच÷पाँच जिल्लाको नेतृत्व पाउने समझदारी भएको छ । तर, मुगु र कालीकोटका बारेमा छलफल भइरहेको छ ।

पूर्वएमालेले दैलेख, सुर्खेत, डोल्पा र जुम्लाको नेतृत्व पाउने सहमति भएको छ । त्यस्तै पूर्वमाओवादीले जाजरकोट, सल्यान, हुम्ला र पश्चिम रुकुमको नेतृत्व पाउने सहमति भएको छ ।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये एमालेले ५ वटा कैलाली, बैतडी, अछाम, बाजुरा र डोटीको नेतृत्व पाउने सहमति भएको छ । त्यस्तै पूर्वमाओवादीले कञ्चनपुर, डडेलधुरा, दार्चुला र बझाङको नेतृत्व पाउने समझदारी भएको छ ।

जिल्ला बाँडफाँड लगभग टुंगिएकाले अब केही व्यक्तिका नाम मात्रै टुंगो लगाउन बाँकी रहेको स्रोतले जनाएको छ । पार्टी एकीकरण भएको एक वर्ष पुग्न लाग्दा पनि तल्ला कमिटी एकीकरण नहुँदा कार्यकर्तामा निराशा छाएको छ ।

–लोकपाटीबाट

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: