Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

सिके राउतको रुपान्तरण : नागरिकता नहुनेलाई बैठकमा आउन प्रतिबन्ध

काठमाडौं । पृथकतावादी आन्दोलनलाई ११ बुँदे सहमतिबाट ल्याण्डिङ गरेका डा. सिके राउतले राष्ट्रिय परिषद् बैठक सुरु गरेका छन् । मधेशका विभिन्न २२ जिल्लाबाट बैठकमा आएका परिषद् सदस्यहरु बैठक हलमा प्रवेश गर्दा नागरिकता नदेखाई भित्र छिर्न नपाउने व्यवस्था गरिएको छ । बैठकको सुरक्षार्थ खटिएका एक स्वयंसेवकले भने, बैठकमा आउनेलाई नागरिकता अनिवार्य गरिएको छ । अन्यथा बैठक हलमा छिर्न नदिने निर्देशन छ ।

लाहान नगरपालिका–७ स्थित माड्वारी सेवा सदनमा ११ बजेबाट शुरु भएको बैठकका लागि स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउत बिहान ९ बजे जनकपुरबाट लहान पुगेका थिए । उनको प्रवेशसँगै कार्यक्रम स्थल माड्वारी सेवा सदनको सुरक्षा कडा पारिएको छ । मूल गेटबाटै सीकेका आन्तरिक सुरक्षा दस्ताले कार्यक्रमस्थलको सुरक्षा दिइरहेका छन् । नेपाल प्रहरी मूल गेट बाहिर सडकमा उभिएर बाहिरी सुरक्षा पहरा दिइरहेका छन् ।

यस्तै बैठक भित्र प्रवेश गरेका प्रहरीलाई समेत निकालिएको स्रोतले जनाएको छ । यद्यपि यो प्रकरणलाई प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादसँग जोडेर हेर्न थालिएको छ ।

भारतको अघोषित नाकाबन्दीको क्रममा प्रधानमन्त्री ओलीले कडा प्रतिक्रिया दिँदै आफ्नो छवि राष्ट्रवादी बनाएका थिए । प्रधानमन्त्री ओलीले भारतले नाकाबन्दी नहट्दासम्म भारत भ्रमण नगर्ने भन्दै सार्वजनिक रुपमै प्रतिक्रिया दिएका थिए ।

मधेशमा चलेको आन्दोलनलाई माखे साङ्लोदेखि मधेशी दललाईसम्म देख्ने जतिलाई आप्mनै देखेर बिहारलाई समेत नेपाल बनाउन पर्यो भन्न मिल्छ भन्दै प्रतिप्रश्न समेत गरेका थिए । निर्वाचनको मुखैमा परेकाले समेत प्रधानमन्त्री ओलीलाई धेरै नेपालीले सच्चा राष्ट्रवादी नेताको रुपमा अथ्र्याएका थिए ।

तर, विखण्डनकारी आन्दोलनको नेतृत्व गरेका डा. सिके राउतसँग सम्झौता गरेपछि भने उनको राष्ट्रवाद उदाङ्गिएको भन्दै टिप्पणी हुन थालेको छ । सिके राउतलाई राजनीतिक सम्झौताको नाममा गरिएको सहमतिका केही बुँदाहरु अस्पष्ट भएको भन्दै नेकपाकै नेताहरुले विरोध जनाएका थिए भने विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि अवस्था झनै गम्भीर बन्दै गएको कतिपयको टिप्पणी छ ।

यति मात्रै नभएर छुट्टै देशको माग गर्नेहरुको अन्तराष्ट्रिय संगठन युएनपिओमा समेत राउतले गरेको प्रस्तावले हलचल मच्चाएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE