ललितपुर । ललितपुरस्थित एक विद्यालयमा रोबोटबाट पढाउन थालिएको छ । प्रयागपोखरीस्थित यशोधरा बौद्ध माध्यमिक विद्यालयमा शुक्रबारबाट रोबोटमार्फत पढाउन थालिएको हो । जापानको केडिडिआई फाउन्डेसन, साझा शिक्षा इ–पाटी तथा ललितपुर महानगरपालिकाको पहलमा नयाँ प्रयोग सुरु भएको हो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - साझा शिक्षा इ–पाटीका निर्देशक रवि कर्माचार्यका अनुसार रोबोट प्रविधिअन्तर्गत विद्यालयमा विद्यार्थीका सैद्धान्तिक ज्ञानका विषय कम्प्युटरमा प्रोग्रामिङ गरिएको हुन्छ । प्रोग्रामिङ गरिएको विषयका आधारमा विद्यार्थीले रोबोटलाई निर्देश गर्छन् । त्यस्ता निर्देशन रोबोटले पालना गर्छ । जसबाट विद्यार्थीले सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक ढंगबाट सिक्छन् ।
विद्यार्थीको क्षमता परिष्कृत गर्न रोबोट प्रयोगमा ल्याइएको विद्यालयले जनाएको छ । विद्यार्थीका समस्या समाधान, सिर्जनशीलता, तर्क गर्ने क्षमता विकासलगायत उद्देश्यका साथ रोबोट प्रविधि सुरु गरिएको ललितपुर महानगरपालिकाका आइसिटी फोकल पर्सन सत्यनारायण महर्जनले बताए ।
रोबोट प्रविधिमार्फत सिकाइको सुरुवातका लागि २७ फागुनबाट १ चैतसम्म शिक्षकहरूलाई ललितपुरमा तालिम दिइएको थियो । ललितपुर महानगरपालिकाको आयोजनामा सो तालिम ५ दिनसम्म सञ्चालन भएको थियो । तालिममा प्रयागपोखरीस्थित यशोधरा बौद्ध माध्यमिक विद्यालय, बालकुमारीस्थित हिन्दू विद्यापीठ र धापाखेलस्थित जलपा माध्यमिक विद्यालयका दुई–दुईजना शिक्षक सहभागी थिए ।
रोबोट प्रविधिबाट सिकाइ नेपालमै पहिलो
ललितपुर महानगरका आइसिटी फोकल पर्सन सत्यनारायण महर्जनका अनुसार रोबोट प्रविधि नेपालका विद्यालयमा पहिलोपटक प्रयोग भएको हो । आउँदो अर्थिक वर्षभित्र ललितपुरको प्रभात मावि प्यागल, हरिसिद्धि मावि, बाल विवेकानन्द मावि नटोल र श्रमिक बालविज्ञान विद्यालयमा रोबोट प्रविधि विस्तार गरिने भएको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: