Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

अहिलेसम्म कम्प्युटर नदेखि कम्प्युटर विषयको परीक्षा दिदैँ

सल्यान । कुमाख गाउँपालिका–७ जिमालीस्थित बिर्केनेटी आधारभूत विद्यालयको कक्षा ८ का विद्यार्थी मीनराज चलाउनेले अहिलेसम्म कम्प्युटर देखेका छैनन् । तर, उनले दुईपटक कम्प्युटर विषयको वार्षिक परीक्षा दिइसकेका छन् । ‘खै ! कम्प्युटर कस्तो हुन्छ देखेको छैन,’ मीनराजले भने, ‘कम्प्युटर नदेखे पनि पास हुनलाई परीक्षा त दिनैपर्‍यो नि !’

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - उनले कक्षा ६ र ७ को वार्षिक परीक्षामा कम्प्युटर विषयको परीक्षा दिएका हुन् । अझ त्रैमासिक र अर्धवार्षिक परीक्षा त कक्षा ८ मा पनि दिइसके । तीन वर्षदेखि कम्प्युटर विषय पढ्दै पनि आएका छन् । ‘एक सय पूर्णांकको छ, नपढी भयो त ?,’ उनले प्रश्न गरे ।

उनी मात्रै होइनन्, बिर्केनेटी आधारभूत विद्यालयका कक्षा ६ देखि ८ सम्मका सबै विद्यार्थी कम्प्युटर नदेखेरै कम्प्युटर विषय पढ्छन् । त्रैमासिक, अर्धवार्षिक र वार्षिक परीक्षा दिन्छन् र पास पनि हुन्छन् ।

शिक्षकले पनि कालोपाटीमा कम्प्युटरको चित्र कोर्छन् । यस्तो उस्तो हुन्छ भनेर पढाउँछन् । कक्षामा कम्प्युटर त शिक्षकले पनि छुन पाउँदैनन् । किनकि, यो विद्यालयमा कम्प्युटर नै छैन । कम्प्युटर नभएकाले समस्या भएको विद्यालयका प्रधानाध्यापक डिल्लीबहादुर बुढाथोकीले बताए । ‘०७० देखि यसरी नै पढाइरहेका छौँ,’ प्रधानाध्यापक बुढाथोकीले भने ।

सरकारले कक्षा ६ देखि ८ सम्म एक सय पूर्णांकको मातृभाषा वा स्थानीय विषय वा संस्कृत वा अन्य विषय राख्न सकिने गरी साप्ताहिक रूपमा पाँच पाठ्यभार छुट्याएको छ । यो विद्यालयले ऐच्छिक विषयका रूपमा एक सय पूर्णांकको कम्प्युटर विषय पढाउने गरेको हो । तर, कम्प्युटर नहुँदा विद्यार्थीले पुस्तक पढेकै भरमा कम्प्युटर विषयको परीक्षा दिने गरेका छन् ।

जिल्लाभरि नै उस्तै
यो विद्यालय मात्रै होइन, अन्य विद्यालयको हालत पनि उस्तै छ । सल्यानमा कक्षा ६ देखि ८ सम्म पढाइ हुने डेढ सय विद्यालय छन् । त्योभन्दा माथि पढाइ हुने एक सय विद्यालय छन् । माध्यमिक विद्यालयहरूमा त कम्प्युटर छन्, तर आधारभूत विद्यालयले कम्प्युटरविना नै पठनपाठन गरिरहेका छन् ।

दार्मास्थित जनजागृत आधारभूत विद्यालयका प्रधानाध्यापक कमल चन्दले कम्प्युटरविना नै पठनपाठन भइरहेको बताए । । ‘विद्यालयमा कम्प्युटर र बिजुली पनि छैन । पुस्तककै भरमा कम्प्युटर शिक्षा पढाउने गरिएको छ,’ प्रधानाध्यापक चन्दले भने । प्रायः जिल्लाका सबै आधारभूत विद्यालयको अवस्था आफ्नो जस्तै रहेको उनको भनाइ छ ।

प्रयोगात्मक पनि चित्रकै भरमा
पाठ्यक्रमअनुसार एक सय पूर्णांकको कम्प्युटर विषयमा ५० पूर्णांकको सैद्धान्तिक र ५० पूर्णांकको प्रयोगात्मक परीक्षा हुन्छ । प्रयोगात्मक परीक्षा पनि कम्प्युटरका चित्र हेरेरै हुने गरेको छ । शिक्षकले प्रश्न सोधेर त्यसको परीक्षा लिने गरेका छन् ।

यस्तो बाध्यता भएको जनजागृत आधारभूत विद्यालयका प्रधानाध्यापक चन्दको भनाइ छ । विद्यालयमै कम्प्युटर नभएकाले यस्तो भएको उनी बताउँछन् । ‘कम्प्युटर नदेखेरै विद्यार्थीले प्रयोगात्मक परीक्षा दिनुपर्ने बाध्यता छ,’ उनले भने ।

विकल्प नहुँदा कम्प्युटरको पढाइ
सहरका विद्यालयले विद्यार्थीलाई आकर्षिक गर्न र परम्परागतभन्दा फरक विषय हुने भएकाले कम्प्युटरको पढाइ गर्न थालेका छन् । तर, यहाँका आधारभूत विद्यालयले भने विकल्प नहुँदा कम्प्युटरको पढाइ गर्नुपरेको बताएका छन् ।

जिल्लाभरि नै मातृभाषाको पाठ्यक्रम नहुँदा कम्प्युटर पढाउनुपरेको प्रधानाध्यापक चन्दको भनाइ छ । ‘मातृभाषा, स्थानीय विषय तथा संस्कृत विषयको पाठ्यपुस्तक तयार गरिएको छैन, त्यसैले यही पढाउनुपरेको छ,’ उनले भने ।

अहिले आधारभूत तह शिक्षासम्बन्धी सबै जिम्मेवारी स्थानीय सरकारलाई दिइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका प्रमुख लीलाधर बबालले स्थानीय तहले नै पाठ्यपुस्तक तयार गर्नुपर्ने बताए । ‘स्थानीय तहहरूले अगुवाइ गरेर स्थानीय विषयको पाठ्यक्रम तय गरेर लागू गर्नुपर्छ,’ उनले भने ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies