Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

आङकाजीद्वारा प्रचण्डको हत्या गर्ने धम्की

\"ankaji_prachanda\"काठमाडौं, जातीयताको विषयमा कट्टरता देखाउँदै आएका आङकाजी शेर्पाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हत्या गर्ने चेतावनी दिएका छन् । ‘प्रचण्ड जीवित रहनु १३ हजार सहिदहरुको अपमान हो’ भन्ने शीर्षकमा फेसबुक स्टाटस हाल्दै शेर्पाले प्रचण्डलाई १३ हजार नेपालीको हत्यारा भन्दै प्रचण्ड जाने सार्वजनिक कार्यक्रममा प्रेसर कुकर बम र बन्दुकले उनको हत्या गर्ने योजना रहेको खुलासा गरेका हुन् । शेर्पा संघीय समाजवादी पार्टीका विदेश विभाग प्रमुख हुन् । पूर्व जनमुुक्ति सेनाहरुले प्रचण्डको हत्या गर्ने तयारी गरेको उनले खुलाएका छन् । ‘१३ हजार नेपाली जनताका हत्यारा प्रचण्ड उपस्थित बैठक तथा सभासमारोहमा पूर्व जनमुक्ती सेनाहरुले प्रेसर कुकर बम र बन्दुक लिएर जान सक्ने राजनीति विश्लेषण हाल चर्चामा रहेको छ’ उनले पोष्ट गरेको चार मध्ये पहिलो बुँदामा यस्तो खुलासा गरेका हुन् । संविधान निर्माणका लागि १६ बुँदे सहमतिप्रति लक्षित गर्दै शेर्पाले परिवर्तनका एजेण्डालाई पहिलो संविधानसभामा प्रधानमन्त्री र दोस्रो संविधानसभामा राष्ट्रपति पदसँग साटेर खाने दाउ गरेको भन्दै जनमुक्ति सेना र मधेसी युवाहरुले प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई मार्न प्रेसर कुकर बम र बन्दुक लिएर जाने राजनीतिक विश्लेषण भइरहेको भन्दै यस्तो स्टाटस लेखेका हुन् । उनले तीन दिन अघि फेसबुकमा यस्तो स्टाटस राखेका थिए । साथै, उनले बमसहितको प्रेसर कुकर, प्रचण्ड र गच्छदारको फोटो पनि पोस्ट गरेका छन् । गद्दार नेतालाई हत्या गरेर दण्डित गर्ने विश्व राजीतिक इतिहास नेपालमा पनि चााडै दोहोरिन सक्ने राजनीतिक विश्लेषकको दाबी भने पनि कुन विश्लेषकले दाबी गरेको भन्ने उनले खुलाएका छैनन् । स्टाटस आफैंले लेखेको जानकारी खबर डबलीलाई दिंदै शेर्पाले आफ्नो घर नजिक भएका केही पूर्व जनमुक्ति सेनाले हत्या गर्ने योजना बनाएको भन्दै अहिले ती नाम गोप्य राख्ने बताए । ‘आफैंलाई उठाएका मुद्दालाई  थाती राखेकोमा धेरैमा आक्रोस छ । हिजो बन्दुक बोकेर हिड्नेलाई आक्रोस छ । बाचेका माओवादीलाई आक्रोस छ’ शेर्पाले भने, ‘यस्तो योजना बनाउनेमा कतिले नाम गोप्य राख्न चाहेका छन् । पूर्व जनमुक्ति सेना भित्रै छन यस्ता मान्छे छन् । म बस्ने एरियामा थुप्रै आदिवासी जनजाति छन् । उनीहरुमा यस्तो आक्रोस छ । कसैको मुखबाट यस्तो यस्तो भनिदेओस् भन्ने चाहना उनहरुको भएको हुनाले मैले फेसबुकमा यस्तो स्टाटस हालेको हुँ ।’ प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले जनजाति आन्दोलनमा लागेका शेर्पाले फेसबुकमा यस्तो टिप्पणी गर्नु हावादारी र शोभनीय नभएको बताए । ‘जनजाति आन्दोलनमा लागेको राजनीतिक मान्छेले यस्तो कुरा भन्नु शेभनीय हुदैन । आङकाजीले यस्तो भन्नु दुर्भाग्यपूर्ण छ ।’ खड्काले भने, ‘यो हावादारी कुुरा हो ।’ पूर्व प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड र पूर्व उपप्रधान एवं गृहमन्त्री गच्छदारलाई ज्यान मार्ने धम्की एउटा पार्टीको जिम्मेवार नेताले दिएको तीन दिनसम्म पनि प्रहरीले कुनै कदम अगाडि बढाएको छैन । हेर्नुहोस् उनले फेसबुकमा पोष्ट गरेको पोष्टको स्क्रिनसर्ट \"aankaji\"
प्रचण्ड जीवित रहनु, १३ हजार सहिदको अपमान हो भन्दै उनले राखेका ४ बुँदा यस्ता छन्:
प्रचण्ड जीवित रहनु , १३ हजार शहिदको अपमान हो
  • १३ हजार नेपाली जनताका हत्यारा प्रचण्ड उपस्थित बैठक तथा सभासमारोहमा पूर्व जनमुक्ती सेनाहरुले प्रेसर कुकर बम र बन्दुक लिएर जान सक्ने राजनीति विश्लेषण हाल चर्चामा रहेको छ
  • सम्पूर्ण परिवर्तनका एजेण्डाहरुलाई र पहिलो संविधानसभामा प्रधामन्त्री पदसंग र दोस्रो सविधानसभामा राष्ट्रपति पदसंग साटेर खाने १३ हजार नेपाली जनतका हत्यारा २१औ शताब्दीका अति व्रहमाणवादी आत्मसर्मपणवादी धोकेबाज प्रचण्ड र गछेदार उपस्थित बैठक तथा सभासमारोहमा पूर्व जनमुक्ति सेना तथा मधेसी युवाहरुले प्रेसर कुकर बम र बन्दुक लिएर जाने दावी विश्लेषकहरुले गरेकाछन् ।
  • १३ हजार विर शहिदहरुको सपना अधुरो र अपुरो छाडेर प्रचण्डको मात्र सपना साकार पार्न १० बर्षे जनयुद्ध र २०६२÷६३ जन आन्दोलन भएको होईन ।
  • गद्धार नेताहरुलाई हत्या गरेर दण्डित गर्ने विश्व राजनीतिक इतिहांस नेपालमा पनि चाडै दोहोरिन सक्ने राजनीतिक विश्लेषकहरुको दावी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending