Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

सामाजिक सुरक्षा योजनाः रोजगारदाताको सहभागिता निराशाजनक

काठमाडौ । आर्थिक तथा सामाजिक रुपमा जोखिममा रहेका नागरिकलाई सामाजिक न्यायको प्रत्याभूति गराउन भन्दै सरकारले घोषणा गरेको सामाजिक सुरक्षा योजनाप्रति रोजगारदाताको सहभागिता निराशाजनक रहेको छ ।

सामाजिक सुरक्षा योजना कार्यान्वयनमा विभिन्न नीतिगत अस्पष्टता देखिएको भन्दै व्यवसायीले योजना कार्यान्वयनका लागि आवश्यक ठानिएको रोजगारदाता सूचीकरण प्रक्रियामै अलमल गर्दै आएका छन् । सरकारले योजना सार्वजनिक गरेको झण्डै चार महीना पुग्न लागे पनि उक्त कोषमा सूचीकरण भएका रोजगारदाताको सङ्ख्या असाध्यै न्यून देखिएको छ । सरकारले गत मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो ।

सरकारले समयसीमा तोकेरै रोजगारदातालाई कोषमा सूचीकृत हुन आह्वान गरे पनि रोजगारदाताको सहभागिता उत्साहजनक हुन सकेको छैन । गत फागुन २७ गतेसम्म कोषमा कूल दुई हजार १३० रोजगारदातामा मात्र सूचीकरण भएका छन् । प्रदेश नं १ का ९०, प्रदेश नं २ का ५०, प्रदेश नं ३ का एक हजार ६२९ ९काठमाडौँ उपत्यका एक हजार ४७२०, गण्डकी प्रदेश ४१, प्रदेश नं ५ का ३७, कर्णाली प्रदेशका सात, सुदूरपश्चिम प्रदेशका १४ र प्रदेश नखुलेका २६२ रोजगारदाता सूचीकृत भएका कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले जानकारी दिनुभयो ।

गत वैशाखमा केन्द्रीय तथ्याङ्क विभागले गरेको राष्ट्रिय आर्थिक गणनामा मुलुकभर नौ लाख २२ हजार ४४५ वटा विभिन्न प्रकारका उद्योग, व्यवसाय, सङ्घसंस्था र प्रतिष्ठान सञ्चालनमा रहेका देखिएको थियो ।

त्यस्तै योगदानकर्ताको सहभागितासमेत अत्यन्त न्यून देखिएको छ । कोषका अनुसार यसअवधिमा एक हजार ७७६ योगदानकर्तामात्र सूचीकृत भएका छन् । आर्थिक गणनामा समेटिएका उद्योग, प्रतिष्ठानमा २० लाख ४४ हजार ९८९ पुरुष र १३ लाख ६३ हजार ७५७ महिला गरी कूल ३४ लाख आठ हजार ७४६ जनशक्ति क्रियाशील रहेको पाइएको थियो ।

कोषमा उत्पादनमूलक उद्योग, होटल, रिसोर्ट तथा ट्राभल एजेन्सी, गैरसरकारी संस्था, सहकारी, सुरक्षाकर्मी आपूर्तिकर्ता, थोक तथा खुद्रा बिक्रेता, कुरियार सेवा, परामर्श सेवा प्रदान गर्ने संस्था, केबल तथा इन्टरनेट सेवा प्रदायक, बैंक तथा इन्स्योरेन्स, अस्पताल र सञ्चार माध्यम सूचीकृत भएका छन् ।

उद्योगी व्यवसायीको साझा संस्था नेपाल उद्योग वाणिज्य महासङ्घले कार्यक्रमको सम्बन्धमा नीतिगत अस्पष्टता रहेकाले रोजगारदाताको सहभागिता उत्साहजनक नभएको जनाएको छ । सामाजिक सुरक्षा, बीमा र बचत योजनालाई एकै किसिमले बुझ्ने गरिएकाले यसका विषयमा व्यापक अस्पष्टता रहेको महासङ्घका अध्यक्ष भवानी राणाले बताउनुभयो ।
कर्मचारी सञ्चयकोष जस्तो सामाजिक सुरक्षा कोषमा आफ्नो बचत रकमबाट पेश्की पाउने व्यवस्था नदेखिएकाले श्रमिकलाई सामाजिक सुुरक्षा कार्यक्रममा सहभागिताका लागि लैजान अप्ठ्यारो भएको महासङ्घले जनाएको छ । अध्यक्ष राणाले रोजगारदाता र श्रमिकबाट आउने प्रश्नको स्पष्ट जवाफ सरकारले दिन नसक्दा सूचीकरण प्रक्रियाले गति लिन नसकेको स्वीकार गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्ल रोजगारदाताको सहभागिता बढाउन सरकारले उद्यमी व्यवसायीलाई प्रेरित गर्नुपर्ने बताउनुहुन्छ । उहाँले आयकर छुट दिएर भए पनि व्यवसायीलाई योजनाप्रति आकर्षित गर्न सरकारलाई सुझाव दिनुभयो ।

कोषका कार्यकारी निर्देशक अधिकारीले कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका नीतिगत अस्पष्टता समाधान गर्न सरोकारवालासँग छलफल शुरु गरिएको बताउनुभयो । उहाँले नीतिगत र व्यवहारिक विषयलाई व्यवस्थित बनाउन विभिन्न कार्यदल गठन गरेर अगाडि बढिएको बताउनुभयो ।

कोषले लगानी कार्यविधि तयारी समिति, कोषसँग सम्बन्धित नीतिगत र कानूनी व्यवस्था पुनरावलोकन समिति, सामाजिक सुरक्षा योजना सञ्चालानार्थ बैंक र अस्पतालको सेवा लिनेसम्बन्धी कार्यविधि तयारी समिति गठन गरेको छ ।

कोषले केही दिनअघि उद्योगी, व्यवसायीसँग योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको नीतिगत व्यवहारिक पक्षमाथि छलफल गरेको थियो । छलफलमा सहभागीले सो योजनाको कार्यान्वयनमा देखिएको नीतिगत अस्पष्टता तत्काल अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE