Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

मापदण्ड विपरीतको नापी कार्यालय भवन

भद्रपुर । झापाको नापी कार्यालयको नयाँ भवनको निर्माण सम्पन्न भएको वर्षदिन बित्दासमेत कार्यालय सर्न सकेको छैन । विसं २०७४ को पुसमै निर्माण सम्पन्न भए पनि मापदण्ड विपरीत भवन निर्माण भएका कारण नापी कार्यालय सर्न नसकेको हो । विसं २०७२ भदौ २० गते शाह इञ्जिनीयरिङ कन्सट्रक्सन ललितपुरले २०७३ साल पुस १९ गते निर्माण सम्पन्न हुने गरी नापी कार्यालयको भवन ठेक्कामा लिएको थियो ।

सोही अवधिमा निर्माण कार्य सम्पन्न नगरेको कम्पनीले दोस्रोपटक विसं २०७४ पुस मसान्तमा सक्ने गरी म्याद थप गरेको थियो । रु दुई करोड ३२ लाख ८९ हजार ८३१ मा सम्झौता भएको नापी कार्यालयको भवनको ठेकेदार कम्पनीले एक करोड ७५ लाख १७ हजार ७७५ भुक्तानी लिइसकेको नापी कार्यालयका प्रमुख डिल्लीराज भण्डारीले बताए ।

कार्यालयले पटकपटक सडक डिभिजन कार्यालय इलामलाई पत्र लेखी नौ पटकको बिल चेकजाँचका लागि अनुरोध गरेको कार्यालयको तथ्याङ्कमा देखिएको छ । सोही बिल फस्र्योट गर्नु अघि डिभिजन कार्यालयका इञ्जिनीयर देवेस चौधरी र सुदीप पौडेलले प्रतिवेदन नै तयार पारी मापदण्डअनुसारको जस्ताको मोटाइ, अल्मोनियमको झ्याल ढोका, परापेट रेडिङ, विद्युत्को स्वीच नभएकाले सच्याउन अनुरोध गर्दै बिल सदर नहुने व्यवहोराका पत्र नापी कार्यालयलाई लेखेको थियो ।

नापी कार्यालयले पटकपटक ठेकेदार कम्पनीलाई पत्र लेखेर इञ्जिनीयरले दिएको सुझावअनुसार कार्य गर्न अनुरोध गरे पनि हर हिसाब फस्र्यौट नगरेको बहानाबाजी गरेर कम्पनीले भवन जिम्मा नदिँदा समस्या भएको प्रमुख भण्डारीले बताए। उहाँले पछिल्लोपटक पत्रमा डिभिजन कार्यालय इलामले भद्रपुरमा रहेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनासँग समन्वय गरी निर्माणधीन भवनको कार्य अघि बढाउन पत्राचार गरेको बताए ।

“सघन सहरी विकास तथा भवन निर्माण आयोजनाले समेत असहयोग गरेको कारण जीर्ण भवनमा बसेर काम गरिरहनुपरेको छ ।”, उहाँले भन्नुभयो, “पटकपटक पत्र पठाएर बिल चेकजाँच गरेर फिर्ता गर्न तागेता गरे पनि बेवास्ता गरेको कारण ठेकेदारलाई भुक्तानी दिन सकेनौँ ।

बजेटसमेत गत वर्ष फ्रिज भएर गयो । उसले भवन नै हामीलाई हस्तान्तरण गरेको छैन । यता ठेकेदार कम्पनीका प्रमुख सञ्जीव शाहले भवन सम्झौताअनुसार नै बनिसकेको दाबी गर्दै भन्नुभयो, “बिल पेश गरेको एक वर्ष भयो भुक्तानी भएको छैन, हामीले पाउन रु ६० लाख छ भुक्तानी हुने बित्तिकै नापीलाई भवन जिम्मा लगाउँछौँ ।”

कम्पनी प्रमुख साहले सहरी विकास तथा भवन निर्माणको कार्यालयकै आँगनमा रहेको उक्त भवनको कुनै पनि काम तोकिएभन्दा बाहिर नगरेको बताउनुभयो । सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख विदुर खड्काले अहिलेसम्म नापी कार्यालय र ठेकेदार दुवै पक्षले आफूलाई लिखित मौखिक कुनै जानकारी नगरेको बताए ।

उनले भने, “आगनमै कार्यालय छ हामीलाई मापदण्डअनुसार छ छैन हेरिदिनु प¥यो भनेर कोही आउनु भएको छैन आउनु भए तत्काल निरीक्षण गर्न तयार छौँ ।” उहाँले नापी कार्यालय आफैँले अग्रसर भएर सो काम गर्नुपर्ने बताउँदै भने, “हामीबाट गर्ने काममा ढिलाइ हुने छैन ।”

ठेकेदार कम्पनीका प्रमुख सञ्जीव साहलाई फोनमार्फत र पत्रमार्फत नै कार्यालय खोलेर देखाउन अनुरोध गरिसकेको नापीका प्रमुख भण्डारीको दाबी छ । उहाँले ठेकेदार कम्पनीलाई भुक्तानी गर्न यस आर्थिक वर्षमा बजेटसमेत नभएको बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending