Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

बोइङ ७३७ म्याक्सका ३७१ विमान ग्राउन्डेड

न्युयोर्क । जहाज निर्माता कम्पनी बोइङले ७३७ म्याक्स परिवारका संसारभरका सबै जहाज ‘ग्राउन्डेड’ गरेको छ। एक वर्षमा एकै खालका दुई घातक हवाई दुर्घटनापछि विभिन्न देशले यो जहाज उडानमा प्रतिबन्ध लगाएका थिए। राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विदेश निर्देशनमार्फत अमेरिकामा पनि उडान रोकेपछि कम्पनी जहाज थन्क्याउन बाध्य भएको हो।

यसबाट संसारभरिका दर्जनौं एयरलाइन्सका तीन सय ७१ विमान ग्राउन्डेड भएका छन्। अमेरिकी कम्पनी बोइङले आफ्ना जहाजको गुणस्तर उत्कृष्ट भएको दाबी भने छाडेको छैन।

राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘तत्काल यी सबै जहाज नउडाउन निर्देशन दिन्छु। सबै विमानचालक र विमान कम्पनीलाई यो सूचित गरिएको छ कि अमेरिकी नागरिकको सुरक्षा हाम्रो सर्वोच्च चासो हो र विमान कम्पनीहरू हामीसँग सहमत छन्।’ अमेरिकाकै अमेरिकन, युनाइटेड, साउथवेस्ट एयरलाइन्सलगायतले यो मोडलका जहाज प्रयोग गर्दै आएका छन्।

गत अक्टोबरमा इन्डोनेसियाली एयरलाइन्स लायन एयर र आइतबार भएको इथियोपियन एयर दुर्घटनापछि यो मोडलको जहाजको उडान सुरक्षाप्रति विश्वभर चासो बढेको हो।

दुवै जहाजको दुर्घटनाअघि पाइलटले उडेको केही समयमा उडानमा प्राविधिक समस्या देखिएको र पुनः उडान भरेकै विमानस्थलमा फर्कन चाहेको बताएका थिए। दुवै दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ। यद्यपि दुवैमा समानता रहेकाले जहाजको उडान सुरक्षाप्रति नै प्रश्न उठेको हो। जहाजले उचाइ लिने क्रममा केही प्राविधिक जटिलता आएको हुनसक्ने अनुमान छ।

जहाज निर्माता बोइङले पनि लायन एयरको नागरिक उड्डयन नियामक निकायको सहयोगमा अनुसन्धान गरिरहेको छ। इथियोपियन एयरको दुर्घटनालगत्तै पनि बोइङको टोली दुर्घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरिसकिएको छ।

बोइङको वेबसाइटमा उपलब्ध जानकारीअनुसार विभिन्न ७० व्यावसायिक एयरलाइन्सले ७३७ म्याक्स परिवारका जहाज प्रयोग गर्दै आएका छन्। बोइङले ७३७ म्याक्स परिवारको पहिलो जहाजको उत्पादन २०१५ अगस्टमा गरेको हो। यो जहाज बोइङ ७३७ नेक्स्ट जेनेरेसन जहाजको प्रतिस्थापन हो। बोइङ ७३७ म्याक्स ८ जहाजको पहिलो परीक्षण उडान सन् २०१६ को जनवरी २९ मा गरिएको थियो।

बोइङ ७३७ म्याक्स मोडलका जहाज अधिकतम सिट, लम्बाइ र विंगस्प्यान संख्याअनुसार म्याक्स ७, ८, ९ र १० मोडलमा उपलब्ध छन्। बोइङका अनुसार यो जहाज सफल परीक्षण उडान भएसँगै छोटो अवधिमै सय व्यावसायिक एयरलाइन्सले चार हजार सात सय संख्यामा माग गरेका छन्। उडान ट्राफिक ट्र्याक गर्ने साइट फ्लाइट राडार २४ का अनुसार विश्वभर बिहीबार बोइङ ७३७ म्याक्स परिवारका ६३ विमान उडान तालिकामा थिए।

बुधबार यो संख्या १११ थियो भने सोमबार एक हजार दुई सय ५७ उडान तालिकामा थिए। आइतबार इथियोपियको राजधानी अद्दिसअबाबाबाट केन्याको नैरोबीका लागि उडेलगत्तै दुर्घटना भएपछि चीनले यो मोडलका जहाज उडाउन प्रतिबन्ध गरेको थियो। चीन बोइङको व्यावसायिक जहाजको ठूलो बजार हो। अन्य देशले पनि क्रमशः प्रतिबन्धित गर्दै लगेपछि अमेरिका आफैंले उडाउन रोकेको हो।

इन्डोनेसियाको सोएकार्नो हत्ता विमानस्थलमा बोइङ ७३७ म्याक्स ८ विमानको विस्तृत प्राविधिक अनुगमन गरिँदै । इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ म्याक्स विमान गत अक्टोबरमा उड्नासाथ दुर्घटना भएको थियो । इथियोपियन एयरको सोही परिवारको विमान त्यही प्रकृतिको दुर्घटनामा परेपछि विभिन्न मुलुकले यसको उडान रोकेका थिए । अन्ततः निर्माता कम्पनी आफैंले ग्राउन्डेड गर्न सबै एरलाइन्सलाई सूचित गरेको छ । रासस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE