Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

हत्या अभियुक्तलाई दश वर्ष कारागार

सप्तरी । छोरीज्वाइँको हत्या आरोपित राजविराज नगरपािलका–९ मलेठका ५२ वर्षीय रामदयाल साहलाई अदालतले १० वर्ष कैदसजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले साहलाई मङ्गलबार १० वर्ष कैदसजायको फैसला गरेको हो । तिरहुत गाउँपालिका–१ त्रिकोल घर भई राजविराज नगरपालिका–५ स्वर्ण टोलमा डेरा गरी बस्ने २८ वर्षीय दीपेन्द्रकुमार मण्डलको हत्या आरोपमा उनका ससुरा रामदयाललाई १० वर्ष कैद सजायको फैसला भएको स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिए ।

हत्या आरोपमा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेकी मृतककी श्रीमती २३ वर्षीया अञ्जना साहलाई भने अदालतले सफाइ दिएको छ । जिल्ला अदालतको आदेशमा रामदयाल र उनकी छोरी अञ्जना गत असार २७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए ।

दीपेन्द्रलाई गत जेठ २९ गते राति हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले दुवै जनालाई पक्राउ गरी कर्तव्यज्यानको मुद्दा चलाएको थियो ।

बालकद्वारा आत्महत्या

राजविराजमा बुधबार एक बालकले आत्महत्या गरेका छन् । सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजरा घर भएका कुलानन्द यादवका छोरा १६ वर्षीय गौतम यादवले आत्महत्या गरेको स्थानीयवासीले बताए ।

राजविराज नगरपालिका–३ स्थित रोशन साहको घरमा कोठा बहाल लिई बस्ने गरेका यादवले कोठाको सिलिङ पङ्खामा कपडाको गम्छाको पासो लगाई झुण्डी आत्महत्या गरेका हुन् । नजीकैको ह्याप्पी ल्याण्ड सेकेण्डरी माविमा कक्षा नौमा अध्ययनरत यादवले एकोहोरा प्रेम असफल भएका कारण आत्महत्या गरेको उनका साथीहरुले बताएका छन् ।

शव फेला

कञ्चनरूप नगरपालिका–५ पिप्रा पूर्वमा एक महिलाको झुण्डिएको अवस्थामा शव फेला परेको छ । स्थानीय कुशेश्वर चौधरीकी श्रीमती २५ वर्षीया माला चौधरीको शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।

घर पछाडिको बारीमा रहेको आँपको रूखको हाँगामा आफँैले लगाएको साडीको पासो लगाई झुण्डी मृत्यु अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक प्रतीक विष्टले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending