Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

साढे तीन अर्बमा चरिकोट–जिरी सडक स्तरोन्नति हुने

काठमाडौँ । दोलखाको लामोसाँघु–जिरी सडकअन्तर्गत चरिकोट–जिरी खण्डको पनि स्तरोन्नति हुने भएको छ । एक्जिम बैंक अफ इन्डियाको सहुलियत ऋण लगानीमा स्तरोन्नति गर्न लागिएको हो । चरिकोटदेखि जिरीसम्मको सडक खण्डमा स्तरोन्नति गर्न एक्जिम बैंकले ३ अर्ब ७० करोड सहुलियत ऋण लगानी गरेको सडक विभागले जनाएको छ । चरिकोट–जिरी ५५ किलोमिटर सडक निर्माण प्रक्रिया अघि बढेको आयोजनाले जनाएको छ । आयोजना प्रमुख धर्मेन्द्रकुमार झाले पुसमा भारतीय कम्पनी उडहिल र नेपाली कम्पनी लामा कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिइएको बताए । २ अर्ब २८ करोडमा निर्माण सम्झौता भएको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - लामा कन्स्ट्रक्सनका प्रमुख जिपछिरिङ लामाले सडकको डिजाइन र सर्भेको काम भइरहेको बताए । ‘रूख कटानको अनुमति पाउनेबित्तिकै काम सुरु गर्छौं,’ उनले भने । लामोसाँघु–जिरी सडक ३५ वर्षअघि स्विस सरकारले निर्माण गरेको थियो । अहिले सडक विभागमार्फत सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखा सदरमुकाम चरिकोटसम्म दुई प्याकेजमा काम भइरहेको छ ।

पहिलो प्याकेजको प्रगति ७३ प्रतिशत
सडक विभागले छुट्टै आयोजनाको रूपमा भदौ ०७२ देखि पहिलो खण्डको काम थालेको थियो । पहिलो खण्डअन्तर्गत सिन्धुपाल्चोकको खाडीचौरदेखि मुढेबजारभन्दा केही तलसम्म २५ किलोमिटर सडक निर्माण भइरहेको छ । अहिलेसम्म ७३ प्रतिशत काम भएको आयोजना प्रमुख धर्मेन्द्रकुमार झाले बताए । यस खण्डमा १७ किलोमिटरमा ग्रेडिङ गरिएको छ । १० किमिमा ग्राभेल बिछ्याएर कालोपत्रेको तयारी भइरहेको आयोजना प्रमुख झाले बताए । भारतीय कम्पनी सिमाञ्चल र नेपाली कम्पनीद्वय गौरी पार्वती र सुनौला खिम्तीले स्तरोन्नतिको काम गरिरहेका छन् ।

दोस्रो प्याकेजको प्रगति ६० प्रतिशत
त्यस्तै, सिन्धुपाल्चोकको मुढेबजारदेखि दोलखाको चरिकोटसम्म ३० किलोमिटर सडक खण्डको प्रगति कम देखिएको छ । आयोजना प्रमुख झाका अनुसार, ६० प्रतिशत मात्रै काम भएको छ । यो खण्डको २५ किमिमा सबग्रेड र १० किमिमा ग्राभेल गरिएको छ । यो सडक खण्डको जिम्मा भारतीय कम्पनी सकिल हैदर र नेपाली कम्पनीद्वय सुनौला खिम्ती र शंकरमालीले पाएका थिए । दुवै प्याकेजमा चैतदेखि कालोपत्रे गरिने आयोजना प्रमुख झाले बताए । चैत दोस्रो साताबाट सुरु गरेर जेठ मसान्तसम्म कालोपत्रे सकिने उनको भनाइ छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE