Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

कलेजको लापरबाहीले विद्यार्थीको मृत्यु

काठमाडौँ  । राजधानीको थापाथलीस्थित द ब्रिटस कलेजमा अध्ययनरत सिरहा मिर्चैया–५ का १९ वर्षीय गौरव श्रेष्ठको मृत्यु कलेजको लापरबाहीका कारण भएको देखिएको प्रहरीले जनाएको छ । दुबईस्थित लमिर समुद्री किनारमा श्रेष्ठको मृत्यु भएको थियो । बिआइटी पहिलो सेमेस्टरमा अध्ययनरत श्रेष्ठ शैक्षिक भ्रमणका क्रममा २९ माघमा दुबई गएका थिए । उनीसँगै कलेजका अन्य २६ विद्यार्थी पनि गएका थिए । श्रेष्ठको समुद्रमा पौडी खेल्ने क्रममा २ फागुनमा मृत्यु भएको थियो । पौडी खेल्न समुद्र पुगेका विद्यार्थीलाई कलेजले आवश्यक नियन्त्रण गर्न नसक्दा श्रेष्ठको मृत्यु भएको प्रहरी दाबी छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - घटना अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले श्रेष्ठको मृत्युमा कलेजले लापरबाही गरेजस्तो देखिएको बताए । उनले भने, ‘श्रेष्ठको समुद्रमा डुबेर मृत्यु भएको देखिन्छ । पौडी खेल्न गएका विद्यार्थीलाई कलेजले जति गार्जेनसिप दिनुपर्ने थियो, त्यस्तो गरेजस्तो देखिन्न । भ्रमणमा लगेपछि विद्यार्थीको जिम्मेवारी सम्बन्धित कलेजले लिनुपर्छ , तर यो घटनामा कलेजले जति जिम्मेवारी लिनुपर्ने हो, त्यति लिएजस्तो देखिँदैन ।’

प्रहरीका अनुसार भ्रमणमा गएका विद्यार्थी दुबईस्थित होटेल द क्रिस्टल अपार्टमेन्टमा बसेका थिए । होटेलले नै व्यवस्था गरेको बस चढेर उनीहरू भ्रमणका लागि लमिर बिच पुगेका थिए । जसमध्ये केही विद्यार्थी समुद्रमा पौडी खेल्न निस्किए । जसमा मृतक श्रेष्ठ पनि थिए । उनी सहपाठी निशेष सुवेदीसँगै पौडी खेलिरहेका थिए । यही क्रममा सुवेदी श्रेष्ठको टाउजरलगायतका कपडा लिएर पार्क गरी राखेको बसमा फर्किए । बसमा अन्य विद्यार्थी र कलेजका कर्मचारी चढिसकेका थिए । तर, श्रेष्ठलाई नलिई बस होटेल फर्कियो । साँझसम्म पनि श्रेष्ठको खोजी भएन । यही क्रममा दुबई प्रहरीले कलेजका कर्मचारीलाई दुबईकै अल रसिद अस्पतालमा आउन अनुरोध गर्दै फोन ग¥यो । अस्पतालमा श्रेष्ठको शव भेटिएपछि कलेजका कर्मचारी झस्किए ।

मृतक श्रेष्ठका बुवा महेन्द्रले घटना सम्बन्धमा अनुसन्धान हुनुपर्ने बताए । उनले भने, ‘छोराको मृत्यु भइसक्यो । अब ऊ फर्केर आउने होइन । हाम्रो माग के मात्रै हो भने घटनाको छानबिन होस् । प्रतिवेदन जस्तो आए पनि हामी स्वीकार गर्छौं । कलेजको गल्ती भेटिए सार्वजनिक रूपमा माफी मागे पुग्छ । त्यसबाहेक केही अपेक्षा छैन ।’

जिद्दीका कारण श्रेष्ठको मृत्यु : कलेज
थापाथलीस्थित द ब्रिटस कलेजले भने श्रेष्ठको मृत्यु उनकै जिद्दीपनका कारण समुद्रमा डुबेर भएको जनाएको छ । प्रेस विज्ञप्ति जारी गर्दै कलेजले भनेको छ, ‘भ्रमण कलेजको तर्फबाट अनिवार्य नभई इच्छुक विद्यार्थीहरूका लागि मात्र थियो । स्वयं विद्यार्थी गौरव श्रेष्ठ पनि अभिभावकको लिखित स्वीकृतिमा उक्त भ्रमणमा सहभागी भएका थिए । नेपाल छोड्नुअघि र दुबई घुम्नुअगाडि समुद्रमा पौडी खेल्न सख्त मनाही गरिएको थियोे । तर, कलेजको निर्देशन र नियमलाई अवज्ञा गर्दै पौडी खेल्दा उनको दुःखद निधन हुन पुग्यो । दुबई प्रहरीको रिपोर्टअनुसार गौरवलाई पानीमुनि डुबेको देख्नेबित्तिकै पानीबाट निकालेर प्राथमिक उपचार र सिपिआर पनि दिइएको थियो ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE