Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

सहकारी सञ्चालकको मनपरी : अध्यक्ष आफैं, ऋणी आफैं

काठमाडौं । सिभिल ग्रुपले प्रवर्द्धधन गरेको सिभिल सेभिङ एन्ड कोअपरेटिभले ९१ प्रतिशत कर्जा आफ्नै स्वामित्वका अन्य तीनवटा व्यवसायमा लगानी गरेको पाइएको छ। सहकारीको आर्थिक वर्ष २०७४/७५ को अन्तिम लेखा परीक्षण प्रतिवेदनअनुसार संस्थाले आठ अर्ब १३ करोड ६७ लाख रुपैयाँ कर्जामध्ये सिभिल होम्स प्रालि, सिभिल अपार्टमेन्ट प्रालि, सिभिल इस्टेट प्रालिमा गरी सात अर्ब ४३ करोड रुपैयाँ लगानी गरेको छ। यी तीनवटै कम्पनी सिभिल ग्रुपबाट प्रवर्द्धधित छन्।

आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - सहकारीमा २ हजार ६ सय ९० सदस्य बचतकर्ता छन्। सिभिल सेभिङ एन्ड कोअपरेटिभ सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले प्रवर्द्धधन गरेका हुन्। पेसाले इन्जिनियर तामाङ पछिल्लो समय रियलस्टेट व्यवसायमा छन्। उनी बैंकका प्रवर्द्धधक हुन् भने अघिल्लो संसद्मा सांसदसमेत थिए।

कुनै बेला कानुन बनाउने निकायमा रहेका तामाङले सिभिल सेभिङ एन्ड कोअपरेटिभमा भने नियामक निकायकै धज्जी उडाएका छन्। सहकारीले कुल पुँजीकोषको १० प्रतिशतभन्दा बढी कर्जा एकै व्यक्तिलाई दिन मिल्दैन। संस्थाको लेखा परीक्षण प्रतिवेदनले पनि यसलाई जोखिमका रूपमा औंल्याएको छ। कानुनले बर्जित गर्दागर्दै सहकारीले परिचालन गरेको कर्जा तामाङले प्रवर्द्धधन गरेका तीनवटा व्यवसायमा मात्र किन केन्द्रित भयो भन्ने प्रश्नमा संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठले सबै कर्जा एउटै व्यक्तिका नाममा प्रवाह नभएको दाबी गरे।

श्रेष्ठले सिभिल होम्स प्रालिको कर्जा तामाङ अध्यक्ष भएकै समयमा स्वीकृत भएको जानकारी दिए। उनले प्रालिले नियमित रूपमा ब्याज भुक्तानी गरिरहेकाले सहकारी सञ्चालनमा समस्या नरहेको बताए। तामाङ यसअघि दुई कार्यकाल सहकारीका अध्यक्ष भएका थिए।

सहकारीको नियमन फितलो हुँदा विगतमा पनि सेयर सदस्य तथा निक्षेपकर्ताको ठूलो पुँजी अपचलन भएको थियो। सात वर्षअघि १३० सहकारी संस्था समस्यामा परेपछि ती संस्थाका बचतकर्ताको ११ अर्ब रुपैयाँभन्दा बढी बचत डुबेको छ।

विगतमा सहकारी विभागबाट नियमन हुँदै आएका सहकारी संस्था नयाँ व्यवस्थाअनुसार स्थानीय सरकारले नियमन गर्ने व्यवस्था छ। तर स्थानीय सरकारमा संस्थागत क्षमता अभावका कारण संक्रमणकालीन अवधिमा सहकारी नियम हुन नसक्दा सुशासन फितलो हुँदै गएको नेपाल राष्ट बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्री बताउँछन्। ‘नियमन कमजोर भएकाले सहकारीका चल्तापुर्जा प्रवर्द्धधकले फाइदा उठाउन सहकारीमा लगानी गरेका हुन्,’ उनले भने।

सिभिलमा लगानीकर्ताले ३१ करोड २४ लाख रुपैयाँ सेयर लगानी गरेका छन्। सहकारीले निक्षेपकर्ताबाट सात अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। एउटै व्यक्तिलाई सहकारीको धेरै ऋण दिँदा लगानी केन्द्रीकरणले सहकारीको निक्षेप जोखिममा पर्ने सहकारी विभागका रजिस्ट्रार शिवकुमार कार्की बताउँछन्।

तामाङले सहकारीमा ऋण लिँदा धितोमा राखिएको सिभिल होम्स प्रालिको नाममा रहेको काठमाडौंमा ६ रोपनीमा बनेको संयुक्त लक्जरी आवास अन्य वित्तीय संस्थामा ऋण लिनसमेत धितोका रूपमा प्रयोग गरिएको छ। यसरी अन्य वित्तीय संस्थाले धितो लिँदा त्यस्ता संस्थाले सिभिल सेभिङ एन्ड कोअपरेटिभलाई १९ करोड ३५ लाख रुपैयाँ सुरक्षण दिएका छन्। एक ठाउँबाट ऋण लिँदा धितोमा प्रयोग गरिसकिएको धितो बन्धकी कसरी अन्य बैंक÷वित्तीय संस्थाले ऋण दिँदा स्वीकार गरे भने प्रश्न उब्जिएको छ। सहकारी ऐन, २०७४ मा सहकारी संस्थाहरूले ऋण कर्जा प्रवाह गर्दा धितो सुरक्षण राख्नुपर्ने व्यवस्था छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE