Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

जँचाउनुस्, मिर्गौला जोगाउनुस्

काठमाडौं । काम, काम, काम ! जति व्यस्त भए पनि समयसमयमा मिर्गाैला जँचाउन नबिर्सनु होला। किनकि मिर्गौला खराब भएको कुनै लक्षण देखिँदैन। ज्यान स्वस्थ देखिँदादेखिँदै खराब हुन सक्छ। जब लक्षण देखिन्छ, कामै नलाग्ने भइसकेको हुन्छ।

आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - विशेषज्ञहरू भन्छन्– तीन लाख नेपालीलाई आफ्नो मिर्गौला बिग्रेको थाहै छैन। तर नआत्तिनुहोस् ! अति सानो परीक्षणले बिग्रन थालेको थाहा हुन्छ। रोकथामको सजिलो उपाय नै बेलाबेलामा जँचाउनु हो। ‘जब मिर्गौला बिग्रन्छ, तबमात्र स्याँ–स्याँ गर्दै अस्पताल आउने चलन छ’, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ ऋषिकुमार काफ्लेले भने, ‘वर्षमा एकपटक जँचाए मिर्गौला स्वस्थ राख्न सकिन्छ।’

त्रिवि शिक्षण अस्पतालमा गत वर्ष झन्डै पाँच सय बिरामी मिर्गौला बिग्रेपछि जँचाउन पुगे। जसमध्ये ठूलो संख्याले डायलासिस गराइरहेका छन्। वरिष्ठ मिर्गौला रोग विशेषज्ञ दिव्यासिंह शाहका अनुसार शिक्षण अस्पतालमा पाँच सय ५० जनाको मिर्गौला प्रत्यारोपण गरिएकोे छ।

‘लक्षण नदेखिए पनि सचेत भएर जँचाउने प्रवृत्ति छैन। अप्ठेरो भइसकेपछि मात्र हतारिँदै जँचाउने चलन धेरैमा छ’, उनले भनिन्। खुट्टा सुन्निन थाल्यो, बिहान उठ्दा आँखाको डिल सुन्निएको छ भने सजग हुनुपर्छ। ‘पिसाब धमिलो आउन थाल्यो र राति सुतिसकेपछि पनि पटकपटक पिसाब फेर्नुपर्छ भने तुरुन्तै मिर्गौला जँचाउनुपर्छ’, उनको सुझाव छ।

मुटुले पम्प गर्ने २० प्रतिशत रगत मिर्गौलामा आउँछ। एक सय ७० ग्राम वजन हुने मिर्गौलाले १७ सय लिटर रगत शुद्धीकरण गर्छ। मिर्गौला बिग्रेको अवस्थामा रगत शुद्ध गर्ने कार्यमा अवरोध पुग्छ। मिर्गौलाको अवस्थाबारे थाहा पाउन रगतमा क्रियटिनिन र पिसाबमा एल्बुमिनको मात्रा परीक्षण गर्न सकिन्छ।

मिर्गौलाको काम पिसाब बनाउने, रगत शुद्धीकरण गर्ने, शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सघाउने हो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांकलाई आधार मान्ने हो भने कुल जनसंख्याको १० प्रतिशतमा मिर्गौलाको खराबी हुने गरेको छ। यही तथ्यांक आधार मान्दा ३० लाख नेपाली मिर्गौलाका बिरामी भएको डा. काफ्ले बताउँछन्। मुलुकभरका अस्पतालमा ४५ सयभन्दा बढी व्यक्ति डायलासिस गरिरहेका छन्। मुलुकका विभिन्न अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको संख्या १३ सय नाघेको छ।

शिक्षण अस्पतालका मिर्गौला प्रत्यारोपण सर्जन डा. उत्तम शर्मा स्वस्थ खानपान गर्ने र नियमित व्यायाम गर्ने हो भने मिर्गौला जोगाउन सकिने बताउँछन्। ‘फलफूल एवं आवश्यक मात्रामा पानी पिउनुपर्छ। नियमित जँचाउन बिर्सनु भएन’, डा. शर्माले भने।

आनीबानी र खानपानका साथै जीवनशैली स्वस्थकर नहुँदा मिर्गौला बिग्रनेको संख्या बढेको छ। ‘उच्च रक्तचाप र मधुमेहका बिरामी जोखिममा पर्छन्। दुखाइ हुनेबित्तिकै पेन किलर सेवन गर्ने व्यक्तिको मिर्गौला एकदम छिटो बिग्रन्छ’, डा. काफ्लेले भने।

प्रधानमन्त्री केपी ओलीकी निजी चिकित्सकसमेत रहेकी डा. शाहले डायलासिस तथा प्रत्यारोपणमा भन्दा सरकारले रोकथाम र उपचारमा ध्यान दिनुपर्ने बताइन्। ‘मिर्गौला बिग्रिसकेपछि उपचारमा ध्यान दिनुको साटो सरकारले रोगै लाग्न नदिन जनचेतना फैलाउने र रोकथामका उपायमा ध्यान दिनु पर्छ’, उनले भनिन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending