Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

बुद्धचोक सडक छेउमै शवगृह, दुर्गन्ध फैलिएर तनाव

परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित बजारको मुख्य भाग बुद्धचोक नजिकै सडक छेउमा रहेको शवगृहका कारण दुर्गन्ध फैलिएको छ ।

पुरानो भएकाले शवगृहमा शवको दुर्गन्ध कम गर्ने कुनै आधुनिक उपकरण छैन, जसले गर्दा लामो समयसम्म शव राख्दा त्यसको दुर्गन्धका कारण आसपासका बासिन्दालाई सास्ती भएको छ ।

दुर्गन्धका कारण सर्वसाधारण नाक छोपेर हिँड्नुपर्ने अवस्था छ भने स्थानीय सवारी चालक, यात्रुदेखि व्यवसायीसमेत दुर्गन्धको चपेटामा परेका छन् । गन्धकै कारण व्यवसायमा धक्का पुगेको र रोग फैलिन सक्ने स्थानीय व्यवसायीको गुनासो छ ।

इ–रिक्सा चालक भवानी खरेल भन्छन्, “अस्पतालको जग्गा धेरै छ तर शव राख्ने ठाउँ साँघुरो छ, यसलाई व्यवस्थित गर्नुपर्छ, बेवारिसे शव राख्ने स्थान छुट्टै हुनुपर्छ । बुद्धचोकमै शवगृह हुँदा चोक नै गन्हाउने गरेकाले चोकमा बस्न नसकिने, नाक छोपेर हिँड्नुपर्ने बाध्यता छ ।”

गन्धले गर्दा रिक्सा चालकलाई समस्या हुने गरेको तथा यात्रुलाई सेवा दिन पनि गाह्रो भइरहेको उनले बताए । अस्पतालले नगरवासीको समस्या बुझेर यसको छिटो व्यवस्थापन र बुद्धचोकभन्दा अन्यत्र सार्नुपर्ने उनको सुझाव छ ।

बेवारिसे शव सडेर गल्ने हुँदा गन्ध आउने गरेको अस्पताल नजिक मेडिकल सञ्चालन गरिरहेका औषधि व्यवसायी मधुसुधन चौधरीको गुनासो छ । यसको गन्धले बिरामी नै पर्ने गरेको तथा नाक थुनेर सेवा दिनुपरेको उनी बताउछन् ।

बेवारिसे शवलाई समयमा पहिचान गर्न प्रहरीले ढिलासुस्ती गर्नाले पनि शव धेरै दिन राख्दा गन्ध आउने गरेको उहाँको बुझाइ छ । नजिकै रहेको लामिछाने मःम रेष्टुरेण्टका सञ्चालक पवित्रा लामिछानेले शवगृहको गन्धले होटलमा आउने ग्राहक पनि फर्कने गरेको गुनासो गर्छन् ।

सकेसम्म शवघर बजारभन्दा टाढा सार्न स्थानीयवासीको माग छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेट डा अनन्त शर्माले शवगृहले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीदेखि सर्वसाधारण सबैलाई असर गरेको स्वीकार गर्दै वैज्ञानिक दृष्टिले पनि अहिले भएको शवगृहको स्थान उपयुक्त नभएको बताउछन् ।

खासगरी वेवारिसे शवको ७२ घण्टासम्म पनि अनुसन्धान चल्ने र प्रहरीको निगरानीमा हुने भएकाले अस्पताललाई समेत गाह्रो भएको अस्पताल प्रशासनको भनाइ छ । रामग्राम नगरपालिकाले पनि बेवारिसे शवको व्यवस्थापन समयमै नगर्दा बजार नै दुर्गन्ध हुने गरेको अस्पतालले जनाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies