काठमाडाैं । महिला हिंसाविरुद्ध अभियान चलिरहँदा बलात्कारका घटना करिब ५० प्रतिशतले वृद्धि भएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार औसत प्रहरीमा दैनिक ६ भन्दा धेरै बलात्कारका घटना दर्ता हुने गरेका छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - गत साउनदेखि पुस मसान्तसम्म एक हजार एक सय आठवटा बलात्कारसम्बन्धी उजुरी प्रहरीमा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षमा एक हजार चार सय ८० मुद्दा दर्ता भएका थिए । जसअनुसार अघिल्लो वर्षको तुलनामा बलात्कारका घटना करिब ५० प्रतिशतले वृद्धि भएका छन् । बलात्कारका घटनामा उजुरी दिने प्रवृत्ति बढेकाले संख्या थपिने प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी बताउँछन् ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार साउनमा २०५, भदौमा १९९, असोजमा १९८, कात्तिकमा १८७, मंसिरमा १५३ र पुसमा १६६ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन् । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएसँगै महिलामाथि हुने हिंसाविरुद्ध सरकार तथा अन्य निकायबाट अभियान चलिरहेको छ । तर, त्यसयता घटना झन्–झन् बढेका छन् ।
समग्र मुद्दामा सुधार
फौजदारी मुद्दामा अदालतबाट कसुर ठहर गत वर्षको तुलनामा सुधार भएको छ । महान्यायाधिवक्ताको कार्यालयअनुसार गत वर्ष ७१.५९ प्रतिशत मुद्दामा अदालतबाट कसुर ठहर भएको छ ।
गत वर्षको तुलनामा फौजदारी मुद्दामा प्रहरी र सरकारी वकिलको सफलता बढेको छ । अघिल्लो आर्थिक वर्षमा ६९.९७ प्रतिशत थियो । आर्थिक वर्ष ०७२/७३ मा भने ७४.५७ प्रतिशत पुगेको थियो । जसको तुलनामा पछिल्लो दुई वर्षमा सफलता घटेको छ । महान्यायाधिवक्ता कार्यालयले गत सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो प्रतिवेदन बुझाएको थियो, जसमा अपेक्षित रूपमा फौजदारी मुद्दामा सफलता प्राप्त गर्न नसकिएको उल्लेख छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: