Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

सीके राउतले गरे सहमति उल्लंघन, सहमति गरेलगत्तै स्वतन्त्र मधेसकै गतिविधिमा सक्रिय

जनकपुरधाम । अखण्ड र स्वाधीन नेपालसहित सरकारसँग ११ बुँदे सहमति गरी विखण्डनको बाटो त्यागेका डा. सीके राउत जनकपुर आउँदा ‘स्वतन्त्र मधेसको’ नारा घन्किएको छ। सरकार र राउतबीच शुक्रबार ११ बुँदे सहमति भएको थियो। राउतको स्वागतका लागि जनकपुर विमानस्थल पुगेका कार्यकर्ताले ‘फ्री मधेस’ लेखिएको झन्डा बोकेर हिन्दी भाषामा विखण्डनको नारा लगाएका थिए।

आजको अन्नपुर्ण पोष्टमा खबर छ । राउतले पृथक्तावादी आन्दोलनको बाटो छाडेर मूलधारको राजनीतिमा प्रवेश गरेको भनिए पनि उनका कार्यकर्ताले पुरानो नारा छाडेका छैनन्। मूलधारको राजनीतिमा प्रवेश गरेपछि आइतबार काठमाडौंबाट जनकपुर आएका राउतलाई स्वागत गर्न जनकपुर विमानस्थल पुगेका समर्थकले स्वतन्त्र मधेसको नारा लगाएका थिए। कार्यकर्ताहरू ‘नेपाली उपनिवेश मुर्दाबाद, मधेस देश लेके रहेंगे, स्वतन्त्र मधेस गठबन्धन जिन्दावाद’ लगायतका नारा लगाएका थिए।

राउतलाई सुरक्षा दिन उनका कार्यकर्ताले दस्ता खटाएका थिए। राउतको निजी सुरक्षा दस्तामा रहेका ८ कार्यकर्ता कालो ज्याकेट, टाउकोमा रातो फेटा, मुखमा कालो मास्क, आँखामा कालो चस्मा र स्वतन्त्र मधेस गठबन्धन लेखिएको झन्डा लिई विमानस्थलमा उभिएका थिए।

राउत विमानस्थलमा आउँदा उनको सुरक्षा गर्न र भीड व्यवस्थापन गर्न सुरक्षा गार्ड खटाइएको उनका समर्थकले बताए।

राउत विमानस्थलमा पुग्नुअगावै जिल्ला प्रहरी कार्यालय धनुषाबाट दुईजना सुरक्षा गार्ड भिआइपी कक्षमा पुगेका थिए। राउतलाई एकजना असई र एकजना प्रहरी जवान सुरक्षाका लागि प्रशासनबाट उपलब्ध गराइएको थियो। उनी विमानस्थलमा पुगेपछि सञ्चारकर्मीसँग कुराकानी गर्न समर्थकहरूले रोक लगाए। उनको तस्बिर खिच्ने प्रयास गर्दा कार्यकर्ताहरू सञ्चारकर्मीमाथि जाइलागेका थिए। राउतसँग प्रश्न गर्ने सञ्चारकर्मीलाई समर्थकले दुव्र्यवहार गरे। भिआइपी कक्षबाट राउतलाई उनको सुरक्षा दस्ताले घेरेर बाहिर निकालेको थियो। राउतले पनि सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन्।

उनी समर्थकसँगै लागेर विमानस्थलबाट निस्केर नगर परिक्रमा गर्दै घर पुगेका थिए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending