रुपन्देही। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले सिके राउत र सरकारबीचको सहमतिले नेपाल शान्ति र समृृद्धिको बाटोमा अगाडि बढेको सन्देश दिएको बताएका छन् ।
सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था बुटवलको तेस्रो अधिवेशनको आज उद्घाटन गर्दै उहाँले सहमतिले नेपाललाई विखण्डनको चाहना राख्नेलाई कडा चोट दिएको बताए । “राउत र सरकारबीचको सहमतिले नेपाललाई टुक्रयाउन चाहनेलाई करारी चोट दिएको छ”, उनलले भने, “अब नेपाललाई विखण्डन गर्ने सपना कसैले नदेखे हुन्छ । ”
महासचिव पौडेलले नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न अभिवाज्य राष्ट्र भएकाले यसको रक्षा गर्नु सबैको कर्तव्य भएको बताए । उनले भने, “राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्देश्य प्राप्तिका निम्ति शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट अघि बढन सहमत छु भनेर राउतले हस्ताक्षर गरेका छन् ।”
‘छुटै मधेश’ हुनुपर्ने भन्दै पृथकतावादी गतिविधि गरिरहेका राउतसँग सरकारले चरणबद्ध वार्ता गरेर सहमतिमा ल्याएको जानकारी दिए । “नेपाल एउटै राज्य हो, यसलाई खण्डित गर्ने कुरा कदापि सफल हुदैन”, उनले भने,“सबैले नेपाली जनताको सार्वभौम अधिकारको सम्मान गर्नुपर्छ ।”
कार्यक्रममा प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेशमा केन्द्रीय सरकारले शुरु गरेका योजना पूरा गर्न बजेट समस्या रहेकाले पहल गरिदिन महासचिव पौडेललाई आग्रह गरे ।
प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले केन्द्रीय सरकारका कारण भूमिनीति अल्मलिएकाले तत्काल कार्यान्यवन गर्न जरुरी रहेको धारणा राखे । सुन्दरनगर खानेपानी उपभाक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष वीरमान लामा र वरिष्ठ सल्लाहकार बलराम न्यौपानेले सुन्दरनगरवासीको सुकुम्वासी समस्या साझा भएकाले यसको छिटो समाधानका लागि पहल गरिदिन महासचिव पौडेललाई अनुरोध गरे ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: