ललितपुर । ललितपुर महानगरपालिका, सानेपा वडा नं ३ धोबीघाटस्थित मेघा अस्पतालले नेपालभरका ज्येष्ठ नागरिक, अपाङ्गता भएका, एकल महिला, अनाथ, राष्ट्रिय खेलाडीलगायत मानसिक सन्तुलन गुमेका मानिसलाई उपचारमा ५० प्रतिशत छुट दिएको छ ।
एक वर्षअघिदेखि अस्पतालले सेवाको भावना जनाउने उद्देश्यका साथ त्यस्ता नागरिकलाई उपचारमा ५० प्रतिशत छुट दिँदै आएको हो । अस्पतालले जुनसुकै रोगका बिरामीलाई १० शय्याको निःशुल्क उपचार सुविधा दिँदै आएको अस्पतालका अध्यक्ष किशोरजङ्ग राणाले जानकारी दिए । “केही दिनअघि १७ जना अपाङ्गलाई सम्पूर्ण उपचार सुविधा दियौँ,” राणाले भने, “ १७ जना अपाङ्गमध्ये तीन जनालाई रु तीन लाख बराबरको खुट्टा हामीले सहयोग ग¥यौँ ।” एक वर्षको हाराहारीमा करीब १०० बिरामीले पूर्ण उपचार सुविधा पाएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । अस्पतालले औषधि खरीदमा पनि सबै नागरिकलाई १० प्रतिशत छुट दिएको छ ।
ज्येष्ठ नागरिकको परिचयपत्र प्राप्त व्यक्तिले अस्पतालमा पत्र पेश गरेपछि ५० प्रतिशत छुट दिइने अस्पतालका मेडिकल प्रमुख डा शिवकुमार साहले जानकारी दिए। “हामीले यही फागुन १० गते २४ जना ज्येष्ठ नागरिक, अपाङ्गता भएका, एकल महिला र अनाथलाई उपचारमा सम्पूर्ण निःशुल्क सुविधा दियौँ,” शाहले भने, “आफन्तलगायत सन्तान नभएका जो कोही आमाबुबाले हामीलाई सम्पर्क गर्नुभयो भने उहाँहरुलाई अस्पतालले निःशुल्क सुविधा दिने निर्णय गरेको छ ।”
हालसम्म अस्पतालबाट तीन एकल महिलाले उपचारमा पूर्ण पाएका छन् । राष्ट्रियस्तरका खेलाडी भने कोही पनि उपचार सेवा लिन उपस्थित नभएको बताइएको छ । केही दिनअघि नुवाकोटकी ११६ वर्षीया बाटुली लामिछानेलाई अस्पतालले पूर्ण उपचार सुविधा दिने घोषणा गरेको राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्यले जानकारी दिए । “सुस्त श्रवण क्षमताका व्यक्तिलाई अस्पतालले पूर्ण रुपमा निःशुल्क कानमा एयरफोन हाल्ने तथा हात नभएका व्यक्तिलाई हात हालिदिने निर्णय गरेको छ,” कर्माचार्यले भने, “यस अस्पतालले हालसम्म आँखाको उपचार सेवा दिन भने सकेको छ्रैन ।” पाँच वर्ष पहिले स्थापना भएको अस्पतालले अर्बुदरोग उपचारको आरम्भ गर्ने पनि बताइएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: