Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

भ्रष्टाचारविरुद्ध निगरानी संस्था गठन

लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्लाको सार्वजनिक निकायमा हुने अनियमिततालाई निगरानी गर्न सिरहामा भ्रष्टाचार बिरुद्धको निगरानी संस्था गठन गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका प्रमुख सहसचिव शिवराम न्यौपानेको उपस्थितिमा सदरमुकाम सिरहामा सम्पन्न सर्वपक्षीय भेलाले सिरहाबाट प्रकाशित हुँदै आएको अपन दैनिकका प्रधानसम्पादक अनिरुद्ध ठाकुरको अध्यक्षतामा भ्रष्टाचार विरुद्धको निगरानी संस्था गठन गरेको हो ।

गठित संस्थाको उपाध्यक्षमा मानवअधिकारकर्मी श्यामकुमारी साह, सचिवमा उपभोक्ता मञ्चका रमानन्द गुप्ता, सहसचिवमा पत्रकार सुरेन्द्र कुमार कामती र कोषाध्यक्षमा प्रमोदकुमार पौड्याललाई चयन गरेको छ ।

यस्तै सदस्यहरुमा रामभरोसी महतो, किरण राय, दीपेन्द्र अधिकारी, देवकुमारी महरा, तारणीप्रसाद यादव र नवराज लामालाई चयन गरिएको छ । सुशासन कायम गर्न, भ्रष्टाचारविरुद्ध नागरिकलाई सचेत बनाउन, सदाचार अपनाउन र विभिन्न समुदायसँग सहकार्य गरी अघि बढ्न सके मात्र भ्रष्टाचार रोक्न सक्ने भएकाले जिल्ला जिल्लामा भ्रष्टाचार विरुद्धको निगरानी संस्था गठन गर्न लागिएको आयोग बर्दिवास कार्यालयका प्रमुख सहसचिव न्यौपानेले बताए ।

भेलामा प्रजिअ रुद्रप्रसाद पण्डित, उपसचिव पुरुषोत्तम ढकाललगायत जिल्लास्थित नागरिक समाज, प्राध्यापक, शिक्षक, सञ्चारकर्मी, अधिकारकर्मी लगायतको उपस्थिति थियो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE