लमही । नेपाल संस्कृत विश्वविद्यालयको कार्यकारी परिषद्ले पूर्णता पाउन नसक्दा काम अघि बढन सकेको छैन् । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसहित विश्वविद्यालयका २० सदस्य सहभागी रहेको विश्वविद्यालयको ७१औँ सभाले उपकुलपतिले नियुक्त गरेका कार्यपरिषद्का सदस्यलाई अनुमोदन नगरी टुङ्गिएको विश्वविद्यालयका प्रशासक डा हिमलाल पन्थीले बताए ।
सभामा उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले कार्यकारी परिषद्मा नियुक्ति गरेका दुई जनाको नाम सभामा सिफारिश गरे पनि कोइरालाले नियुक्ति गरेका दुवैलाई सभाले अनुमोदन नगरेको उनले बताए । “उपकुलपतिले सभामा दुई जनाको नाम सिफारिश गरेका थिए ”, उनले भने, “तर दुवैको नाम सभाले अनुमोदन गरेन ।”
विश्वविद्यालय कार्यकारी परिषद् पाँच सदस्यीय हुन्छ । जसमा उपकुलपति (अध्यक्ष), कुलसचिव (सदस्यसचिव), शिक्षाध्यक्ष (सदस्य) हुने प्रावधान छ । त्यसबाहेक प्राचार्यको तर्फबाट एक र शिक्षकमध्येबाट एक गरी दुईलाई नियुक्ति गरी सभामा अनुमोदनका लागि सिफारिश गरिन्छ ।
कामकाज ठप्प
कार्यकारी परिषद्ले पूर्णता नपाउँदा विश्वविद्यालयका गतिविधि ठप्प हुने गरेका छन् । विभिन्न परिस्थितिमा आपत्कालीन निर्णय गरेर काम गर्ने अधिकार, रु एक लाखभन्दा बढीका कारोवारहरु गर्नुपर्ने अवस्थामा कार्यकारी परिषद्ले निर्णय गर्नुपर्ने भए पनि कार्यकारी परिषद्ले नै पूर्णता नपाउँदा यी कामहरु ठप्प हुने गरेको डा पन्थीले बताए । परिषद्ले पूर्णता नपाउँदा विश्वविद्यालयका नीतिगत निर्णयसमेत हुनसकेका छैनन् ।
सभाले गरेका निर्णय र निर्देशन कार्यान्वयन गर्ने, सभामा प्रस्तुत हुने कार्यक्रम, बजेट, प्रगति विवरण, लेखापरीक्षण प्रतिवेदन र अन्य प्रस्ताव तयार गर्ने, विश्वविद्यालयलाई प्राप्त दान–दातव्य ग्रहण गर्ने, विश्वविद्यालयको कोष र चलअचल सम्पत्तिको संरक्षण गर्ने र सभाको नीति तथा निर्देशनभित्र रहि आवश्यकतानुसार बेचबिखन गर्ने, विश्वविद्यालयअन्तर्गत सञ्चालित कार्यहरूको रेखदेख गर्ने, विश्वविद्यालयसम्बन्धी नियमहरूको मस्यौदा तयार गर्ने र सभामा पेश गर्ने, विश्वविद्यालयका शिक्षक तथा कर्मचारी एवं विद्यापीठका प्राचार्यहरूको नियुक्ति गर्ने, शैक्षिक तथा प्रशासनिक कामका लागि आवश्यक शिक्षक तथा कर्मचारीको दरबन्दी तोक्ने अधिकार कार्यकारी परिषद्ले प्राप्त गर्छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: