Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

रङ्गशाला निर्माणमा महाखुत्रुके अभियान, अहिलेसम्म कति रकम जम्मा भयो ?

बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवासस्थित होटलहरूले महाखुत्रुके अभियान चलाएर चितवनमा निर्माण हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग जुटाउँदैछन् । रङ्गशाला निर्माणमा आमचासो बढाउन र निर्माणकार्यमा सबैलाई जोड्न महाखुत्रुके अभियान शुरु गरिएको नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ महोत्तरीले जनाएको हो । “बर्दिवासका सबैजसो होटलको काउण्टर नजिकै आकर्षक खुत्रुक्के राखिएका छन्”, महासङ्घ महोत्तरी समितिका सचिव तथा बर्दिवासस्थित होटल गौरीशङ्करका सञ्चालक नारायण घिमिरेले भने, “होटलमा खाना खान र बासका लागि आउने अतिथिको आँखा पर्नेगरी राखिएको आकर्षक खुत्रुके सबैको नजरमा पर्ने गरेको छ ।” अतिथिले खुत्रुकेबारे जिज्ञासा राखेपछि त्यसको उद्देश्य बताउनासाथ स्वेच्छाले केही रकम त्यसमा झार्ने गरेको सचिव घिमिरे बताउछन् । धुर्मुस–सुन्तली फाउण्डेशनले रङ्गशाला निर्माण गर्ने घोषणा गरेर प्रारम्भिक काम थालिएको बताएसँगै होटल तथा पर्यटन व्यवसायीले प्रदेश नं २ भरि नै महाखुत्रुके अभियान शुरु गरेका हुन् । “हामीले बर्दिवासमा चाहिँ खुत्रुके राखेर सहयोग सङ्कलन शुरु गरिसकेका छौँ”, नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ प्रदेश नं २ का अध्यक्ष तथा बर्दिवासस्थित होटल गौतमका सञ्चालक हिरालाल गौतमले भन्नुभयो, “प्रदेशका आठवटै जिल्लामा खुत्रुके धमाधम पठाइँदैछ, यो अभियानबाट अर्थसङ्कलनसँगै रङ्गशाला निर्माणबारे आमचासो बढाउने हाम्रो उद्देश्य हो ।” गत शनिबार एक समारोहबीच महाखुत्रुके अभियान शुरु गरिएको थियो । एक साताभित्रै प्रदेशभित्रका आठ जिल्लाका ५०० होटलमा खुत्रुके अभियान शुरु भइसक्ने महासङ्घ प्रदेश नं २ समितिले जनाएको छ । “रङ्गशाला बन्न करीब तीन अर्बको लागत अनुमान गरिएको रहेछ, यो रकम बढीभन्दा बढी नेपालीबाट सङ्कलन गरेर रङ्गशालामा अपनत्व बढाउने अभियानको मुख्य उद्देश्य हो”, अध्यक्ष गौतमले भने । “मुलुकका करीब तीन करोड नेपालीलाई भाग लगाउँदा रङ्गशाला निर्माणको कूल लागत जुटाउन एक नेपालीमा रु १०० पर्दोरहेछ” महासङ्घ प्रदेश नं २ समितिका वरिष्ठ सल्लाहकार एवं बर्दिवासकै होटल विनायकका सञ्चालक विष्णु खड्काले भने, “हामी यो रकम बढीभन्दा बढी नेपालीको सहयोगबाट जुटोस् भन्ने ध्येयका साथ अभियानमा जुटेका हौँ ।” माहखुत्रुके अभियानमा अहिले होटलमा आउने अतिथिले चासो बढाएको र स्वेच्छिक सहयोग गर्न थालेको बर्दिवासका होटल व्यवसायी बताउँछन् । आफ्नो होटलमा राखिएको खुत्रुके भरिँदै गएको होटल गौतमका प्रबन्धक राजकुमार दाहाल बताउछन्। नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ प्रदेश नं २ समितिले ताल्चा लगाएर होटल–होटलमा राखेको खुत्रुके प्रत्येक महीनाको मसान्तमा खोलेर धुर्मुस–सुन्तली फाउण्डेशनलाई बुझाइने जनाएको छ । महाखुत्रुके अभियान शुरु गरेकै दिन बर्दिवासका होटल तथा अन्य व्यवसायीले रु २२ लाख ४० हजार ५०० नगद फाउण्डेशनका अध्यक्ष हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस)लाई हस्तान्तरण गरेका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending