Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

उपराष्ट्रपतिज्यूसँग अमेरिकी राजदूतको शिष्टाचार भेट, के छलफल भयो ?

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि अमेरिकी राजदूत रेण्डी डब्लु बेरीले शिष्टाचार भेट गरेका छन् । बुधबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवन अमेरिकी राजदूत बेरीले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेको हो ।

भेटमा उपराष्ट्रपतिले नेपाल र अमेरिकाको सम्बन्ध प्रगाढ रहेको बताए । उनले दुई देशबीचको सम्बन्धलाई अझै घनिष्ठ बनाउनुपर्ने बताए ।उपराष्ट्रपतिले अमेरिकी राजदूतसँगको भेटमा नेपाल राजनीतिक स्थिरता हासिल गरेर विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको बताए । ‘अबको हाम्रो प्राथमिकता लोकतन्त्रको सुदृढीकरण, आर्थिक सामाजिक रुपान्तरण सहितको विकास र समृद्धि हो’, उनले भने, ‘नेपालको समृद्धिको यात्रामा अमेरिकाको साथ सहयोग रहनेमा विश्वस्त छौँ ।’

उपराष्ट्रपतिले नेपालले विश्वलाई शान्तिको सन्देश दिईरहेको बताउनुभयो । ‘हामीले नेपालको शान्ति प्रक्रियालाई आफ्नो मौलिकतामा निष्कर्षमा पु¥यायौँ । नेपालको शान्ति प्रक्रियाबाट विश्वले सिक्न सक्छ,’ उनले भने, ‘यो गौतम बुद्धको देशको सन्देश पनि हो ।’

उपराष्ट्रपतिले यसै महिनामा आयोजना हुने लगानी सम्मेलन र भ्रमण वर्ष २०२० लाई सफल पार्न अमेरिकाको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । ‘नेपालमा लगानीमैत्री वातावरण बनेको छ । राजनीतिक स्थायित्वसँगै कानून र नियमहरु लगानीमैत्री बनेका छन्,’ उनले भने, ‘लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ताहरु आऊन्, लगानी गरुन भन्ने हाम्रो आग्रह छ ।’
उपराष्ट्रपतिले नेपाल र अमेरिकाको सम्बन्धलाई थप प्रगाढ बनाउन उच्चस्तरीय भ्रमणको आवश्यक रहेको बताउनुभयो । उहाँले मिलिनियम च्यालेन्ज कोपरेशन (एमसीसी) संझौताबाट नेपालले धेरै लाभ लिने बताउदै धन्यवाद दिए ।

उपराष्ट्रपतिसँगको भेटमा अमेरिकी राजदूत बेरीले अमेरिका र नेपालको सम्बन्ध चासो, मुल्य र मान्यतामा आधारित रहेको बताउनुभयो । नेपालको सुरक्षा चासो र प्राथमिकता नै अमेरिकाको चासो र प्राथमिकता रहेको बताउँदै उनले नेपालले सार्वभौम र स्वतन्त्र रुपमा आफ्नो र विश्वको बारेमा निर्णय लिन सकोस भन्ने अमेरिकाको धारणा रहेको बताए ।

‘अमेरिका नेपालको लोकतन्त्र सुदृढ् भएको, जनताको आकांक्षाहरु पूरा भएको, राजनीतिक स्थायित्व हासिल भएको देख्न चाहन्छ,’ उनले भने, ‘नेपालले सार्वभौम रुपमा आफ्नो निर्णय गर्न सकोस्, स्वतन्त्र रुपमा विश्वमै आफ्नो निर्णय लिन सकोस् ।’

अमेरिकी राजदूत बेरीले नेपालमा लगानी गर्ने वातावरण बनेको बताए । ‘नेपालमा लगानी गर्ने वातावरण प्रभावकारी रुपमा बनेको छ,’ उनले भने, ‘यसको मिलिनियम च्यालेन्ज कोअपरेशन (एमसीसी) संझौता हुनु यसको प्रमाण हो ।’

राजदूत बेरीले नेपालको लगानी सम्मेलन र भ्रमण वर्ष २०२० सफल पार्न आफू र अमेरिकाको पूर्ण सहयोग रहने बताए । उनले दुई देशबीचको उच्चस्तरीय भ्रमणको खाँचो रहेको बताउनु हुँदै त्यसलाई प्राथमिकतामा राख्नुपर्ने बताए। ‘दुई देशबीच उच्चस्तरीय भ्रमण हुनुपर्दछ । दुई शिर्ष नेताको भेटले निर्णय लिन र कार्यान्वयन गर्न सहज हुन्छ,’ उनले भने, ‘धेरै वर्षपछि नेपालको तर्फबाट परराष्ट्रमन्त्रीले अमेरिकाको भ्रमण गरे । म आशा गर्छु, त्यो अन्तिम नहोस् ।’

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending