काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा भाग लिने अधिकांश सांसदले आन्दोलनरत शिक्षकमाथि भएको प्रहरी हस्तक्षेपको विरोध गर्दै समस्या समाधानका लागि वार्ता गर्न सरकारलाई सुझाव दिएका छन् ।
बैठकमा पहिलो वक्ताका रूपमा नेकपाका खगराज अधिकारीले अस्थायी शिक्षकका रूपमा लामो समयसम्म शिक्षा विकासको लागि योगदान पु¥याएका शिक्षकलाई अलपत्र पार्न नहुने बताए । उनले भने, “अस्थायी र राहत शिक्षकको मागलाई सम्बोधन गरिनुपर्छ ।”
प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका बालकृष्ण खाँडले पेशागत हित र सुरक्षाका लागि आन्दोलनमा रहेका शिक्षकमाथि प्रहरीबाट लाठी प्रहार हुँदा सयाँैको सङ्ख्यामा शिक्षक घाइते भएको जनाउँदै उक्त घटनाप्रति विरोध जनाए । उनले भने, “शिक्षकमाथि भएको प्रहरी दमन निन्दनीय छ, म सरकारलाई चेतावनी दिन चाहन्छु, यस्ता घटना पुनः दोहोरिन नदिनुस्, उनीहरुसँग वार्ता गरेर समस्यालाई सम्बोधन गरियोस् ।
सांसद महेन्द्र राय यादवले लोकतन्त्रको मूल्य र मान्यताविपरीत शान्तिपूर्ण आन्दोलनमा सहभागी शिक्षकमाथि भएको प्रहरी दमनको घटनाप्रति दुःख व्यक्त गरे । उनले भने, “सरकारले घाइते शिक्षकको उपचार खर्च उपलब्ध गराओस्, प्रवेशिका परीक्षाको मुखमा ३८ हजार शिक्षक आन्दोलनमा रहँदा विद्यार्थीको पढाइ चौपट भएको छ, यस अवस्थालाई छिटो समाधान गर्न सरकारले आन्दोलनकारीको मागलाई सम्बोधन गरोस् ।
सांसद प्रमोद साहले सांसद रेशम चौधरीलाई राजनीतिक व्यक्तिका रूपमा नहेरी आपराधीक व्यक्तिका रूपमा लिएर १२ वर्ष कैद गर्ने अदालतको फैसलाप्रति असन्तुष्ट व्यक्त गर्दै अस्थायी शिक्षकलाई अप्ठेरोमा पार्ने काम नगर्न सरकारलाई सुझाव दिए । सांसद प्रदीपकुमार यादवले अधिकारको आन्दोलनमा रहेका शिक्षकलाई पञ्चायती शैलीमा घेरा हालेर भएको कुटपिट भएको जनाउँदै त्यस्तो व्यवहार नदेखाउन सरकारलाई चेतावनी दिए ।
सांसद सीतादेवी यादवले स्थानीय पूर्वाधार विकास कार्यक्रममा भएको राजनीतिक हस्तक्षेपको घटनाप्रति आपत्ति जनाए । सांसद दिलेन्द्रप्रसाद बडूले मेलम्ची खानेपानी आयोजना निर्माणमा भएको अनियमितता र ढिलाइबारे सदनलाई जानकारी गराउन माग गरे ।
सांसदद्वय उमाशङ्कर अरगरिया र नरबहादुर धामीले लाठी लगाएर होइन, वार्ताको माध्यमबाट शिक्षकका समस्या समाधान खोज्न सुझाव दिए । सांसद जिपछिरिङ लामाले आफनो हकहित र व्यावसाययिक सुरक्षाका लागि आन्दोलनमा रहेका शिक्षकलाई प्रहरी लगाएर कुट्ने काम रोक्न सरकारको ध्यानाकर्षण गराए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: