बलेवा। सङ्घीयता कार्यान्वयनमा आएसँगै बागलुङमा जग्गा खरीद–बिक्रीको कारोवारमा कमी आएको छ । बितेका वर्षमा भन्दा यो आर्थिक वर्षको पहिलो छ महीनामा जग्गा खरीद–बिक्रीको कारोवार कम भएको पाइएको हो ।
मालपोत कार्यालय बागलुङका अनुसार गत वर्ष फागुनको दोस्रो सातासम्म एक हजार ६२१ जग्गाका कारोवार कार्यालयमा दर्ता भएका थिए । यो वर्ष सोही समयावधिमा ९४७ मात्रै कारोवार भएको कार्यालयले जनाएको छ । “जग्गाको कारोवार हुँदा खरीद–बिक्रीको विषयमा जानकारी गराउन र नामसारीका लागि सेवाग्राही कार्यालयमा आउँथे,” मालपोत अधिकृत विष्णुप्रसाद शर्माले भने, “यो वर्ष निकै कम रजिष्ट्रेशन भएका छन्, जसको अर्थ कारोवार घटेको भन्न सकिन्छ ।”
बागलुङमा बजार विस्तार भइरहेका सुगम ठाउँमा जग्गा खरीद गर्ने र दुर्गम गाउँका पाखा बिक्री हुने गरेका थिए । “सङ्घीयता कार्यान्वयनसँगै गाउँ–गाउँमा पुगेका सेवासुविधाका कारण सुगम भनिएका ठाउँको जग्गाको माग कम भएकाले कारोवार घटेको हुनसक्छ”, शर्माले भने, “पछिल्लो समय कार्यालयमा आउने सेवाग्राही अरूको भन्दा जग्गा कारोवार नै कम हुने गरेका छन् ।”
पहाडी जिल्ला भएकाले बागलुङ समथर जमीनको खोजीमा मधेशतिर बसाइँ सर्नेको क्रम बढेकाले पनि जग्गाको कारोवारमा कमी आएको हो । “यस वर्ष मात्रै झण्डै २५ घरपरिवार हाम्रो वडाबाट बसाइँ सरेर गए,” बागलुङ नगरपालिका–११ रायडाँडाका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले भने, “यहाँको जग्गा बिक्री भएको छैन, मधेशको जग्गा खरीद–बिक्रीको हामीकहाँ जानकारी हुने कुरा भएन, त्यसैले जग्गाको कारोवार कम देखिएको हो ।” वैदेशिक रोजगारीमा जाने युवाले मधेशको जग्गामा लगानी बढी गरेका कारण जिल्लामा जग्गाको कारोवारमा कमी आएको गौतमको भनाइ थियो ।
मधेशमा घेडेरी किनेर घर बनाउनेले पहाडको जग्गा बिक्री गर्न नचाहने र आफ्नो जन्मथलोको जग्गा जोगाई राख्ने गरेका कारण पनि कारोवारमा कमी आएको हुनसक्ने गौतमले औँल्याए। बसाइँसराइ गरेर जानेहरुले वडास्तरबाट सिफारिस पाउने भएकाले जिल्लामा के कति बसाइँ सरेर गए वा अन्य ठाउँका जग्गामा लगानी भइरहेको छ भन्ने विषयमा तथ्याङ्क पाउन कठिन छ ।
नेपाल सरकारले एउटै जग्गाको कित्ताका वर्षमा एक पटकभन्दा धेरै गर्न नपाउने व्यवस्था गरेका कारणले पनि जग्गाको कारोवारमा कमी आएको मालपोत कार्यालयले जनाएको छ । मालपोत कार्यालयमा जग्गाको कारोवारमा कमी आएसँगै कामको चापसमेत कम भएको कार्यालयले जनाएको छ ।
जग्गाको कारोवारका काम कम आउन थालेको मालपोत कार्यालयमा धितो तथा रोक्काका काम भने बढ्दै गएका छन् । जिल्लाका विभिन्न ठाउँमा स्थापना भइरहेका बैंक तथा वित्तीय संस्थाका कारण धितो र रोक्काका काम धेरै हुने गरेका छन् । दैनिक १० देखि १५ वटासम्म धितो, रोक्का र फुकुवाका काम आउने गरेको कार्यालय प्रमुख शर्माले जानकारी दिनुभयो । तीस देखि ३५ जनासम्मले कार्यालयबाट दैनिक सेवा लिने गरेकामा धितो रोक्का र फुकुवाका कामको चाप बढिरहेको उनले बताए । सहकारी संस्था, बैंक तथा अन्य लघुवित्तीय कारोवार गर्ने संस्थाले कर्जा लगानी गर्दा यस्ता काम लिएर कार्यालय आउने गरेका छन् । अदालतले दिलाउने अंश, बैंक तथा वित्तीय संस्थाले गर्ने लिलामीका कामसमेत कार्यालयमा निकै कम मात्रामा आउने गरेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: