जनकपुर । राप्रपा अध्यक्ष कमल थापाले खुलेआम राष्ट्र विखण्डनको गतिविधि हुनु दुर्भाग्यपूर्ण बताएका छन् । पार्टीद्वारा सञ्चालित मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्दै जनकपुर पुगेका अध्यक्ष थापाले रामजानकी मन्दिरमा धार्मिक अनुष्ठान गर्ने क्रममा सडकमै आयोजित पत्रकार सम्मेलनमा पवित्र भूमि जनकपुरमा विखण्डनको क्रियाकलाप भएकोमा दुस्ख समेत व्यक्त गरेका छन् ।
म यहि भूमिबाट प्रधानमन्त्री केपी ओलीलाइ अनुरोध गर्दछु कि नेपालमा पहिलोपटक राष्ट्र विखण्डनको पक्षमा विभिन्न गतिविधि भएका छन्, यसलाई नदेखे जस्तो, नसुने जस्तो र थाहा नपाएजस्तो नगर्नुस्, विखण्डनको आवाज उठ्नु सामान्य विषय होइन, यसलाई समयमै निस्तेज पार्नुस्, राप्रपाले सरकारलाई पूर्ण सहयोग गर्नेछ । अध्यक्ष थापाले राष्ट्र विखण्डनको पक्षमा गतिविधि गर्नेलाई निगरानी गर्न, नियन्त्रण गर्न र कारबाही गर्न सरकारसंग माग समेत गरेका छन् ।
अध्यक्ष थापाले मधेसका जनता राष्ट्रवादी रहेको बताउदै सीमामा रहेर देशको सिमानाको रक्षामा मधेशका जनताले पहरेदारको काम गरिरहेको उल्लेख गरेका छन्, आज चाहे पहाडका होस् या मधेशका, कुनै पनि देशभक्त नेपाली देश बिभाजन होस् भन्ने चाहना राख्दैनन्, विखण्डनको बीऊ रोप्न खोज्ने तत्वलाई छुट नदिन प्रधानमन्त्री र सरकारलाई दोहोर्याएर आग्रह गरेका छन् ।
राप्रपाले फागुन १५ गते ताप्लेजुङबाट प्रारम्भ गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा जनकपुर आइपुगेको छ । यात्राको आज पाचौं दिन रामजानकी मन्दिरमा पुजाअर्चना र धार्मिक अनुष्ठान गरि पा जनकपुरबाट शुरु भएको छ, आज महोत्तरीको सोहर्वा, पिपरा, जलेश्वर, हरिगोरीगंगा, पडौल, धमौरा, ध्रुबकुण्ड, बिजलपुर, बर्दिबास हुँदै सर्लाहीको इश्वरपुर, भेलही, मलंगवामा आमसभा तथा साना सभाहरु हुने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।
प्रचार विभाग प्रमुख श्रेष्ठका अनुसार यात्रामा ७२ वटा सवारी साधन र ३०० जजा यात्रीहरु नियमित हिडिरहेका छन् । यात्रामा अध्यक्ष कमल थापा, नेताहरू बुद्धिमान तामाङ, टंक ढकाल, राजेन्द्र लिङ्देन सहित पार्टीका पदाधिकारी, सदस्यहरु, भातृ संगठन, विभाग र विभिन्न जिल्लाबाट प्रतिनिधिहरु सहभागी भएका छन् ।
राप्रपाले हिन्दु राष्ट्रको पुनःस्थापना, राजादेखि सबै राजनीतिक शक्ति अटाउने व्यवस्थाका लागि गोलमेच सम्मेलन, संघीयता बारे जनमतसंग्रह, भ्रष्टाचारमा कडाइ गरिनुपर्ने, आर्थिक रुपमा विपन्नलाई आरक्षणको नयाँ व्यवस्था गरिनुपर्ने लगायतका माग गर्दै सरकारलाई ज्ञापनपत्र पेश गरेको छ, सरकारलाई प्रस्तुत गरेको माग आमजनतालाई जानकारी गराउने, आफ्ना माग बारे जनमत सिर्जना गर्ने उद्देश्यले राष्ट्रिय स्वाभिमान यात्रा गरेको प्रचार प्रमुख श्रेष्ठ बताउँछन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: