Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

तरकारी खेतीबाटै जीवन सुध्रिएपछि, महिला उत्साहित

दुल्लु । दैलेख पश्चिमको आठबीस नगरपालिका–३ जाक्सी टोलकी पदमा कार्की तरकारी खेतीबाट जीवन सुध्रिदै गएपछि निकै उत्साहित छिन् । उनी मौसमी र बेमौसमी गोलभेँडा, बन्दा, आलु, काउली, मुला, लसुन, प्याज लगाउन सक्षम भएकी छिन् ।

बाँसघारी गौरीशङ्खर कृषक समूहकी अध्यक्ष समेत रहेकी कार्कीले ‘साकार’ नामक परियोजनाको सहयोगबाट तरकारीखेती शुरु गरेकी हुन् । यसअधि तमाखुखेती गर्दै आएकी कार्कीले तरकारीखेतीमार्फत घरखर्च चलाएर वार्षिक रु ३० हजार आम्दानी गरिरहेकी छिन् । आफनो बारीमा फलाएको तरकारी सङ्कलन केन्द्रमा लगेर बेच्ने गरेकी कार्कीले तरकारीको बीउसमेत उत्पादन गर्दै आएको बताइन् ।

उनीमात्र होइन, आठबीस नगरपालिका–४ राकमकर्णालीकी धना माझीले तरकारीखेती शुरु गरेको तीन वर्ष बित्यो । तरकारी खेतीमार्फत राम्रा आम्दानी हुने देखेपछि तरकारीखेती शुरु गरेको उनको भनाइ छ । \'तमाखु लगाउनुभन्दा तरकारी लगाउँदा राम्रो आम्दानी हुने भएपछि तरकारीखेती गर्यौ\', धनाले तरकारी बारीतिर देखाउँदै भनिन्, \'यो सबै तमाखु उत्पादन हुने झाडी हो, अहिले लटरम्म तरकारी फलेको छ ।\'

सोही नगरपालिकाको राकमकर्णालीस्थित वाडगडा टोलकी पदमकला माझीले हाल मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएकी छिन् । परम्परागत रुपमा स्थानीय जातका धान, गहुँ, मकै, कोदो तथा तमाखु लगाउने पदमकलाको बारीबाट उत्पादन भएको खेतीले मुस्किलले तीन महिनामात्रै खान पुग्थ्यो ।

\'श्रीमानले मजदूरी गरेर वार्षिक रु २५ हजार आम्दानी गर्थे, त्यसैले घरखर्च चलाउँथ्यौ\', उनी भन्छन्, \'त्यतिबेला ऋण माग्दा गाउँमा कसैले पत्याउँदैनथे । तरकारी खेतीसम्बन्धी खासै ज्ञान नभएकी पदमकलालाई डिसिए र सोसेक दैलेखमार्फत सञ्चालित साकार परियोजनाले सहयोग गरेको थियो ।\' परियोजनाले मौसमी तथा बेमौसमी तरकारीखेती शुरु गर्न तालीम दिएको उनले बताए ।

\'परम्परागत रुपमा लगाउने खेती छोडेर तरकारीखेती शुरु गरेँ,’ उनले भने \'घरखर्च चलाउन सहज भएको छ, छोरालाई बोडिङ स्कुलमा पढाएको छु ।’ उनी जस्तै यहाँका २७० भन्दा बढी कृषकले व्यावसायिक तरकारी गरिरहेका छन् । तीमध्ये २०७ जना महिला छन् भने ६३ जना पुरुष छन् ।

परियोजनाले यहाँका सात सय घरधुरीलाई समेटेको छ । स्थानीय कृषकले आठबीस नगरपालिका वडा नं ३, ४, ५ र ८ मा गठित ३१ वटा कृषक समूहमार्फत तरकारीखेती गरिरहेका छन् । कृषकलाई बीउ, सिँचाइ कुलो, हाते ट्याक्टर सहयोग गरेको परियोजना संयोजक माधव भट्टराईले बताए ।

कृषकले उत्पादित तरकारी सङ्कलन केन्द्रमा बिक्री गर्ने गरेका छन् । यहाँ दुई वटा तरकारी सङ्कलन केन्द्र सञ्चालनमा छ । यहाँ हाटबजार समेत सञ्चालन हुने गरेको छ । ‘हप्ताको सातै दिन हाट बजार सञ्चालन हुन्छ’, कृषक लक्ष्मी थापाले भनिन्, ‘शनिबार दिनभर हाटबजार चल्छ, अन्य दिन बिहान ८ देखि १० र साँझ ३ देखि ५ बजेसम्म चल्छ, उत्पादन भएको तरकारी सङ्कलन केन्द्र र हाटबजारमा बेच्ने गरका छौँ, यहाँ बिक्री गरेर बचेको तरकारी दैलेख बजार तथा कालिकोट र सुर्खेतसम्म पठाउँछौ ।’

बारीभरि तमाखुको झाडी हुने राकमकर्णाली आसपासमा महिलाले व्यावसायिक रुपमा तरकारीखेती सञ्चालन गर्न थालेपछि यहाँका वासिन्दाले बाह्रैमास तरकारी उपभोग गर्न पाएका छन् । यस क्षेत्रमा राम्रो तरकारी उत्पादन भएसँगै कृषि होमस्टे सञ्चालन गर्ने योजना राखिएको संयोजक भट्टराईले बताए ।

आठबीस नगरपालिकाका नगर प्रमुख खड्गराज उपाध्यायले नगरमा कृषि क्षेत्रको विकास र प्रवद्र्धनका लागि ‘एक वडा एक कृषि कार्यक्रम’ अन्तर्गत हरेक वडामा १५ लाख यसै आर्थिक वर्षमा विनियोजन गरिएको बताए । तरकारी खेतीका लागि २५ प्रतिशत कृषक र ७५ प्रतिशत लगानी नगरपालिकाले गर्नेछ ।

सामाजिक सङ्घ संस्था र नगरको लगानीमा कृषिजन्य जमीनको माटो परीक्षण तथा कृषकको क्षमता विकास गर्ने लक्ष्य नगरपालिकाले लिएको छ । ‘यहाँ कृषि होमस्टे (घरवास)को राम्रो सम्भावना छ’, नगर प्रमुख उपाध्यायले भने, \'रारा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकका लागि पनि राकमकर्णालीलाई होमस्टेसहितको कृषि पर्यटनको विकास गर्छौं ।\'

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies