ताप्लेजुङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा फेरि विद्रोहको कुरा अस्विकार्य रहेको बताएका छन् । ताप्लेजुङको फुङलिङमा आज मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको शुभारम्भ समारोहमा बोल्दै माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने नाममा नेपालीले हिन्दु राष्ट्र र राजसंस्था गुमाएको बताएका छन् ।
अध्यक्ष थापाले भने ०६२ र ६३ को परिवर्तन पछि जबर्जस्ती धर्म परिवर्तन गराइएको छ, हिन्दु बौद्ध किराँत समुदाय धर्म परिवर्तनको निशानामा परेको बताए । उनले देशमा धर्म परिवर्तनको नरोकिए हिन्दु बौद्धिष्ट किराँत अल्पमतमा पर्ने, देश धार्मिक द्वन्द्वमा फस्ने खतरा रहेको बताए ।
१२ वर्षको अवस्थालाइ दृष्टिगत गर्दै परम्परागत शक्ति र परिवर्तनकारी शक्तिका बीचमा सामन्जस्य कायम गरिनुपर्छ उनले भने ।
थापाले भने देश अभिभावकविहिन भएको छ, राजा देखि सबै राजनीतिक शक्ति अटाउने मौलिक प्रजातन्त्रका लागि गोलमेच सम्मेलन गरौं । संघीयता मुलुकले थेग्न नसक्ने देखियो, जनताको प्रत्यक्ष अभिमत बिना लागू गरिएको संघीयता बारे जनमत संग्रह गरिनुपर्छ, दोहोरो तेहोरो करबाट जनतालाई मुक्ति दिलाउन अबिलम्ब पहल गरियोस् ।
१५ दिने स्वाभिमान यात्रा आजबाट औपचारिक रुपमा शुरु भएको छ । समुदघाटन समारोहमा राप्रपाका वरिष्ठ नेता दिपक बोहरा, नेताहरू बुद्धिमान तामाङ, राजेन्द्र लिङ्देन, सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुषराज पुरुषले अभियानको उद्देश्य, औचित्यका बारे धारणा राखेका थिए ।
कार्यक्रममा २२ बुँदे ज्ञापनपत्र बारे समेत जानकारी गराइएको थियो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: