पोखरा। पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित पशुपतिघाटमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन पहल थालिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने उल्लेख गरेकामा त्यसअनुरुप सरकारले पहल शुरु गरेको हो ।
क्रिकेट रङ्शाला निर्माणका लागि भरतपोखरीस्थित पशुपतिघाट क्षेत्रको जग्गा सरकारी टोलीले मङ्गलबार स्थलगत अवलोकन गरेको छ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन नेतृत्वको टोलीले स्थलगत रुपमै क्रिकेट मैदानको सम्भाव्यता अध्ययन एवं अवलोकन गरेको मन्त्रालयका उपसचिव तेजप्रसाद काफ्लेले जानकारी दिए ।
विसं २०७१ मा तत्कालीन क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाको विशेष पहलमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणका लागि उक्त स्थानलाई उपयुक्त ठहराइएको तत्कालीन पोखरा अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण समितिका सचिव समेत रहेका नेपाल क्रिकेट सङ्घ कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । “उक्त जग्गालाई क्रिकेट मैदान निर्माणका लागि उपयोग गर्ने गरी तत्कालीन समयमा पनि पहल भएको हो,” उनले भने, “भौगोलिक अवस्थिति समेतका आधारमा यो स्थल क्रिकेट मैदानका लागि अत्यन्त उपयुक्त छ ।”
तत्कालीन समितिले उक्त जग्गा क्रिकेट मैदानका लागि उपलब्ध गराइदिन साविकको लेखनाथ नगरपालिकालाई पत्राचार गरी बोर्डबाट पारित समेत भएको थियो । सेती नदीको किनारास्थित झण्डै दुई सय रोपनी क्षेत्रफलको उक्त जग्गाबाट माछापुच्छे« , अन्नपूर्णलगायतका विभिन्न हिमाली दृश्य अवलोकन गर्न सकिन्छ भने वातावरणीय रुपमा पनि स्वच्छ र स्वस्थ छ ।
कृषि पर्यटनमा राम्रो प्रगति गर्दै दूधको शहरका रुपमा परिचित भरतपोखरीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण भएसँगै यो क्षेत्र खेल पर्यटनको समेत आकर्षक गन्तव्य हुने देखिएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: