Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

केन्द्रीय कारागारमा कैदीबन्दीले उत्पादन गरेका ५० लाखको सामग्री बिक्री

काठमाडौँ। केन्द्रीय कारागारस्थित कारखानाले चालू आर्थिक वर्षमा रु ५० लाख बराबरको सामग्री बिक्री गरेको छ । कारखानाले कैदीबन्दीले उत्पादन गरेका सुती र सुतीबाट रङ्गाइबुनाइ गरेका कपडा बिक्री वितरण गरेको हो । कारागार कारखानाका प्रमुख रामहरि ढुङ्गेलले दैनिक १५० कैदीबन्दीले उत्पादन गरेको सामान बिक्री वितरण गरेर चालू आवमा रु ५० लाख आम्दानी गरेको बताउनुभयो । “आम्दानी भएको पैसा कारागार कारखानाअन्तर्गत रहेको पूँजी परिचालन कोषमा जम्मा हुन्छ, उक्त पैसा धागो किन्न र केही पैसा काम गरेबापतको कैदीबन्दीलाई ज्यालास्वरुप दिइन्छ”, उहाँले भन्नुभयो । पूँजी परिचालन कोषमा हाल रु एक करोडभन्दा बढी नगद रहेको छ । कारखानाले गत आवमा मात्र रु ७२ लाख मूल्यबराबरको सामग्री बिक्री वितरण गरेको थियो । कारखानाले हरेक वर्ष ३५ कैदीबन्दीलाई सिलाइबुनाइसम्बन्धी तालिम समेत प्रदान गर्दै आइरहेको ढुङ्गेलले बताए। कैदीबन्दीले उत्पादन गर्ने सामग्री ठमेल, नयाँ सडक र नेपाल वायुसेवा निगममा बिक्री वितरण हुँदै आइरहको छ । एक मिटर कपडा बुनेबापत एउटा कैदीबन्दीले छ रुपैयाँसम्म ज्याला पाउँदै आएको छ । सरकारले कारखानामा काम गर्ने कैदीबन्दीलाई प्रत्येक वर्षको दुई महीनाका दरले कैद भुक्तान समय मिनाहासमेत गर्ने गरेको छ । विसं २०१६ मा तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री हुँदा शुरु भएको कारागार कारखानाले हालसम्म पनि कैदीबन्दीलाई काम लगाउँदै आएको छ । नेपालमा विसं १९७१ बाट कारागार शुरु भएको हो । हाल देशभर ७२ जिल्लामा ७४ कारागार रहेका छन् । काठमाडौँ र दाङमा दुई/दुईवटा कारागार छन् भने धनुषा, बारा र भक्तपुर साथै पछि थपिएका दुई जिल्ला नवलपुर र रुकुम पश्चिममा पनि कारागार छैन । कारागार व्यवस्थापन विभागका अनुसार हाल देशभर २१ हजारको हाराहारीमा कैदीबन्दी रहेका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending