Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

भक्तपुरकाे सूर्यविनायकलाई पर्यटकीय गन्तव्य बनाइने

भक्तपुर । सूर्यविनायक नगरपालिकाको पर्यटकीय क्षेत्र रानीकोटबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएसँगै अब भक्तपुरमा व्यावसायिक रूपमा प्याराग्लाइडिङको उडान हुने भएको छ । आगामी चैत पहिलो साताबाट आन्तरिक र बाह्य पर्यटकलाई लक्ष्य गरी प्याराग्लाइडिङको उडान भर्ने गरी पर्यटन मन्त्रालयसँग स्वीकृति लिई उडान भर्ने तयारी गरेको गुण्डु इन्टरनेसनल प्याराग्लाइडिङका अध्यक्ष निर्भयबाबु प्रसाईंले जानकारी दिए । सूर्यविनायकलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्दै पर्यटक भित्र्याउने लक्ष्यका साथ प्रतिनिधिसभा सदस्य महेश बस्नेतको पहलमा प्याराग्लाइडिङको उडान सञ्चालन हुने भएको हो । अध्यक्ष प्रसाईले भने, “भक्तपुरमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ प्याराग्लाइडिङ शुरु गर्न सांसद बस्नेतले हामीलाई आग्रह गरे, उनले रानीकोटबाट उडाएर गुण्डुमा अवतरण गर्ने गरी प्याराग्लाइडिङको उडान भर्न सक्ने सुझाव दिएपछि हामीले लगानी ग¥यौँ, कानूनी प्रक्रिया पूरा गरेर चैत पहिलो सातासम्म प्याराग्लाइडिङको उडान शुरु गर्नेछाँै ।” प्याराग्लाइडिङ सञ्चालनका लागि करीब रु तीन करोडको लगानी रहेको बताउँदै उनले गत शनिबार रानीकोटबाट परीक्षणका रुपमा आठ प्याराग्लाइडिङको उडान सफलतापूर्वक गुण्डुमा अवतरण गरिएकाले अब चैतदेखि नै उडान शुरु गर्ने गरी तयारी गरेको उहाँको भनाइ छ । सूर्यविनायक–८ को पर्यटकीयस्थल रानीकोटबाट उडाएर वडा नं ७ गुण्डु वडाकार्यालय नजिकै अवतरण गर्ने गरी प्याराग्लाइडिङ सञ्चालनको तयारी गरिएको छ । यसका लागि गुण्डुमा १५ रोपनी जग्गा भाडामा लिएको प्रसाईंले बताए । “सात प्याराग्लाइडिङबाट दैनिक ४० उडान भर्ने गरी तयारी गरिएको छ”, उनले भने । उनले भने, “रानीकोटबाट उडेको प्याराग्लाइडिङ गुण्डुमा अवतरण गराउनेछाँैै, आकाशमा ३० देखि ५० मिनेटसम्म उड्ने गरी व्यवस्थापन गरेका छाँै, यसको माग बढेमा थप गर्दै लैजाने छाँै ।” प्याराग्लाइडिङबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्य, काँठक्षेत्रका मनोरम दृश्य, हिमालका दृश्यावलोकन गर्न सकिन्छ भने पाइलटबाबा आश्रम, डोलेश्वर, अनन्तलिङ्गेश्वर मन्दिर, निर्माण हुँदै गरेको अन्तर्राष्ट्रिय चिडियाखानालगायतलाई नजिकबाट नियाल्न सकिन्छ । प्याराग्लाइडिङको सफल उडानसँगै घोडा दौड, साइकलिङमार्फत पर्यटकलाई आकर्षित पार्ने विभिन्न मनोरञ्जनात्मक खेल सञ्चालनमा ल्याउने तयारी छ । सांसद बस्नेतले भक्तपुरमा पर्यटनको विकास गर्न र सरकारले ल्याएको पर्यटन वर्ष २०२० सफल पार्न प्याराग्लाइडिङ सञ्चालनमा ल्याउन आफूले पहल गरेको बताए । उनले सूर्यविनायक नगरपालिका क्षेत्रमा प्रशस्त पर्यटकीय आकर्षणका गन्तव्य रहेकाले ती क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनाउन प्याराग्लाइडिङले महत्वपूर्ण सहयोग पु¥याउने बताए । “रानीकोट र अनन्तलिङ्गेश्वर मन्दिरको डाँडामा भ्यूटावर बन्दैछ, यहाँ घरबासदेखि धार्मिक पर्यटकीय क्षेत्रको रुपमा समेत विकास गर्ने गरी अवधारणा र योजना अगाडि बढाएका छौँ, सूर्यविनायकलाई पर्यटकको आकर्षक गन्तव्यको केन्द्र बनाउँदैछौँ ।” सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरक्षेत्रलाई पूर्वाधार विकास र पर्यटन विकासको वर्षको रुपमा अगाडि बढाइएको बताए ।उनले नागरिकको आर्थिक अवस्था उकास्ने गरी पर्यटकीय गन्तव्य बनाउन नगरपालिकाले काम थालेको बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending