Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

अन्योलमा खेलकूद, चिन्तित खेलाडी

बाँके। नेपालगन्जलाई केन्द्रमा राखेर आयोजना हुन लागेको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताले बाँकेवासीलाई खुशी तुल्याएको छ । बाँकेवासीसँगै खेलाडी र खेलप्रेमीहरु प्रतियोगिताको प्रतिक्षामा छन् । खेलक्षेत्रमै क्रियाशील खेलाडीका लागि यो महाकुम्भ हो, जसले आफ्नो नामसँगै दाम पनि कमाउन चाहेका छन् । प्रतियोगिताको मिति पटकपटक सारिँदा खेलप्रेमी र खेलाडीहरु भने यति बेला निराश बनेका छन् । “हामीहरुको यो उत्साह र जाँगरमा अङ्कुश लगाउने काम भएको छ । पटकपटक मिति सार्दा खेल क्षेत्रमा आफ्नो क्षमता प्रस्फुटन गर्नबाट बन्देज गराएको जस्तो आभास हामीलाई भइरहेको छ । हामी खेलक्षेत्रमै आफ्नो भविष्य बनाउन चाहन्छौँ”, एक खेलाडीले भने । पटकपटक मिति सारिरहँदा निराश भएका खेलाडीहरुको एउटै आग्रह छ, समयमै प्रतियोगिता सञ्चालन होस् । लामो समयदेखि प्रतियोगिताका लागि तयारी गरिरहेका खेलाडीहरु प्रतियोगिताको मितिमै अन्योल हुँदा मेहनत खेर गइरहेको बताउँछन् । तोकिएको मितिमा प्रतियोगिता नहुनु र पटकपटक मिति सारेर अन्योल हुँदा खेलाडी र खेलक्षेत्रप्रति आयोजकले बेवास्ता गरेको खेलप्रेमी दीपक हमाल बताउछन् । उनी भन्छन्, “खेलाडीलाई अवसर चाहिएको छ, त्यसतर्फ सम्बद्ध पक्षले चासो नदिँदा समस्या भएको छ ।” पटकपटक मिति सारेर आयोजकले खेलाडीलाई दुःख दिन नहुने उनको तर्क छ । प्रतियोगिता सञ्चालन गर्ने खेल मैदान र अन्य भौतिक संरचनाहरु समयमै निर्माण सम्पन्न नहुँदा खेलाडीहरु त्यसको मार परेका छन् । तोकिएको समयमा भौतिक पूर्वाधारहरु नबन्नु र प्रतियोगिताको मिति नतोकिनुले खेलाडीहरु अन्योलमा छन् । यसअघि मङ्सिर २५ गतेदेखि आयोजना हुने भनिएको प्रतियोगिता भौतिक संरचना र बजेट निकासा नभएको भन्दै राष्ट्रिय खेलकूद परिषद् (राखेप) को बोर्ड बैठकले आगामी माघ २५ देखि फागुन ३ गतेसम्म गर्ने निर्णय गरेको थियो । सो मितिमा पनि प्रतियोगिता हुन नसक्दा अन्योलता सिर्जना भएको छ । राखेपले सचिवालय नै स्थापना गरेर काम शुरु गरेको भएपनि यस वर्ष प्रतियोगिता हुनेमा आशङ्का बढेर गएको छ । राष्ट्रिय गौरवको प्रतियोगिताको मिति नै अन्योलमा राखेर खेलाडीलाई हौसला प्रदान गर्नुपर्नेमा मनोबल कमजोर बनाउन नहुने खेलप्रेमी श्याम गिरीको तर्क छ । प्रदेश ५ खेलकूद विकास समितिका अध्यक्ष भीम वलीले यसै वर्ष प्रतियोगिता सञ्चालन हुने दावी गरे। उनले भन्नुभयो, “पूर्वाधारको काम अन्तिम चरणमा पुगेको छ, यसै वर्ष प्रतियोगिता सम्पन्न हुन्छ ।” रङ्गशाला परिसरमै पौडी पोखरी, भारोत्तोलन, सुटिङ रेञ्ज निर्माण, कभर्डहल मर्मत अन्तिम चरणमा रहेको उनले बताए । खजुरामा भलिबल र कोहलपुरमा क्रिकेट मैदानको काम पनि अन्तिम चरणमा पुगेको छ । मैदान अभाव विभिन्न खेलहरुको सङ्गमस्थल नेपालगन्ज रङ्गशालामा यतिबेला पुनःनिर्माणको कार्य भइरहेको छ । प्रतियोगितालाई लक्षित गरी रङ्गशाला पुनःनिर्माणसँगै यसको क्षमता पनि विकास गरिँदैछ । तर प्रतियोगिताको मिति नतोकिँदा यहाँका खेलाडी तथा प्रशिक्षकहरु चिन्तित बनेका छन् । दैनिक हुने खेल अभ्यासमा खेलाडीहरुलाई मैदान अभाव भएको छ । रङ्गशाला पुनःनिर्माण भइरहेकाले खेलाडीहरुलाई अभ्यासका लागि ठाँउ छैन । लामो समयदेखि निर्माण कार्य भइरहेकाले जुडो, तेक्वान्दो, कुस्ती, दौडलगायत खेलका खेलाडीलाई खेल मैदान अभाव भएको हो । प्रतियोगिता भइहाले अभ्यासविनै खेल खेल्नुपर्दा भनेअनुरुप नतिजा प्राप्त गर्न नसकिने खेलप्रेमीहरुको ठहर छ । प्रतियोगितामा समावेश हुने ३७ खेलमध्ये १७ खेल बाँकेमा हुनेछन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending